Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

घाँसेमैदान सफा गरेपछि सहजै रुपमा देखिन थाले वन्यजन्तु

Share:WhatsAppFacebookX (Twitter)Telegram
घाँसेमैदान सफा गरेपछि सहजै रुपमा देखिन थाले वन्यजन्तु
Photo / Coverage: नेपालन्युज

चितवन।जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ। यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक रुचाउँछन्। वर्षात सकिएसँगै जीप सफारी सञ्चालन गरिँदै आएको छ। बर्षातको समयमा भने बाटो बिग्रने भएकाले निकुञ्जले जङ्गल सफारी बन्द गर्दै आएको छ। दसैँअघि निकुञ्जभित्रका सडक मर्मत सकेर जीप सफारी सञ्चालनमा आउने ल्याइने गरिएको छ। निकुञ्जले यस वर्ष बाटोसँगै घाँसेमैदानको व्यवस्थापनको काम पनि अघि बढाएको छ। त्यस कार्यले निकुञ्जभित्र जीपमा सफारी गर्नेले टाढा–टाढासम्मका वन्यजन्तु हेर्न सहज भएको छ। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार यस पटक जीप सफारी सुरु गरिँदा बाटो छेउका ८५ हेक्टर घाँसेमैदान सफा गरिसकिएको छ। उनका अनुसार पहिलो प्राथमिकता जीप सफारी गर्ने बाटो छेउका घाँसेमैदानलाई दिइएको छ। सूचना अधिकारी तिवारीले भने, “सुरुमा बाटो नजिक सफा गरेर पछि भित्रि ठाउँको घाँसेमैदान व्यवस्थापन गर्दैछौं।” निकुञ्जभित्र सफा भएपछि जीप सफारी गर्नेले दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गौरी गाई, भालु, मृग प्रजातिका चित्तललगायतका वन्यजन्तु, चरा सजिलै देख्न पाएका छन्। उनले निकुञ्ज घुम्न आउनेले सहजै वन्यजन्तु देख्न पाउन भन्न घाँसेमैदानको काम छिटो सुरु गरिएको बताए। यस वर्ष जीपमा सफारी गर्नेले धेरै वन्यजन्तु देखिएको प्रतिक्रिया दिएको पनि उनले बताए । निकुञ्जको कसराबाट २३ वटा, मेघौलीबाट १३ वटा र सौराहाबाट ३२ वटा जीप निकुञ्जभित्र सेवा दिँदै आएका छन। ती जीपबाट सौराहाबाट कसरा, कसराबाट रिउ खोला किनार सम्म र भित्रि भागमा पर्यटक घुमाउने गरिएको छ। रिउ खोलाको पानी नघटेकाले नवलपरासी तिरबाट भने जीप छिर्न सकेका छैनन्। छिट्टै रिउ खोलामा बाटो बनाएर अमलटारीसम्म जीप पुर्‍याइने तिवारीको भनाइ छ। चितवन निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ। यहाँ सन् २०२५ को गणना अनुसार १४५ वटा पाटेबाघ छन्। देशभर यसको संख्या ४२९ छ। यस्तै एक सिङ्गे गैँडा यहाँ ६९४ वटा छन्। देशभर गैँडाको संख्या ७५२ रहेको छ। पाँच वर्षयता गैँडाको गणना नभएकाले यसको संख्या बढेको अनुमान छ। निकुञ्ज घुम्ने अधिकांश पर्यटकले गैँडालगायतका वन्यजन्तु सहजै देख्न सक्छन् भने कहिलेकाहीँ बाघ समेत देख्ने गरिएको छ। निकुञ्जमा बाघ देख्नेलाई भाग्यमानी समेत भन्ने गरिएको छ। निकुञ्ज बाहिरका सामुदायिक वनमा समेत जीप र हात्ती सफारी गरिँदै आएको छ। चितवनमा पर्यटक डुङ्गा र पैदलका माध्यमबाट पनि निकुञ्ज घुम्ने गरेको पाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्पेनमा नजिकिँदै निर्वाचन, सर्वेक्षणले प्रधानमन्त्री सान्चेजलाई तनाव
Latest NewsJust now

स्पेनमा नजिकिँदै निर्वाचन, सर्वेक्षणले प्रधानमन्त्री सान्चेजलाई तनाव

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले गत महिना आकस्मिक आमनिर्वाचन घोषणा गर्दा उनलाई लागेको थियो, ‘आवास सङ्कटप्रतिको आक्रोश र दक्षिणपन्थी अतिवादी शक्तिको उदयप्रतिको चिन्ताले वामपन्थी मतदाता उनको समाजवादी पार्टीको पक्षमा... ...

रातोपाटी
एआई नीतिबारे छलफल गर्दै ईयू नेता
Latest NewsJust now

एआई नीतिबारे छलफल गर्दै ईयू नेता

काठमाडाैँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै त्यसबाट प्राप्त हुने अवसर उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली सङ्घ (इयु) का नेताहरूले शुक्रबार पहिलोपटक डब्लिनमा छलफल... ...

रातोपाटी
छठ पर्वका सामग्री किन्न बजारमा लाग्न थाल्यो भीड
Latest NewsJust now

छठ पर्वका सामग्री किन्न बजारमा लाग्न थाल्यो भीड

काठमाडौं । छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भीड लागेको छ । छठ पर्वको मुख्य दिन नजिकिदै जाँदा काठमाडौंको कालीमाटी, कुलेश्वर लगाएतका स्थानमा छठ पर्वका लागि किनमेल गर्नेहरुको घुँइचो लागेको हो । छठका लागि विशेष रुपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्वदेशमा नै उपलब्ध भएपनि उखु लगायत अन्य फलफूल भने भारत लगाएतका ...

केन्द्रबिन्दु
रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी
Latest NewsJust now

रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

सम्भावित हिमताल विस्फोटबाट तामाकोशी र सुनकोशी तटीय बस्ती जोगाउन प्रशासनले पूर्वसूचना प्रणाली जडानका लागि सम्बन्धित निकायसँग पहल थालेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play