Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

घरजग्गा तथा निर्माण क्षेत्रलाई पुन: चलायमान बनाउन ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
घरजग्गा तथा निर्माण क्षेत्रलाई पुन: चलायमान बनाउन ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुन: चलायमान बनाउने, सुरक्षित तथा गुणस्तरीय आवास निर्माणलाई प्रोत्साहन गर्ने र स्वदेशमै लगानी तथा व्यावसायिक अवसरको वातावरण सिर्जना गर्ने उद्देश्यका साथ ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी २०८३ मंसिर २५ देखि २७ गतेसम्म (डिसेम्बर ११ देखि १३, २०२६) चितवन उद्योग संघको एक्स्पो सेन्टर, भरतपुरमा तीनदिने एक्स्पो आयोजना हुन लागेको हो। पछिल्ला वर्षहरूमा मानिसहरूको आयस्तरमा क्रमिक वृद्धि, सहरीकरण र बसाइँसराइसँगै घरजग्गा तथा आवास क्षेत्रको विस्तार हुँदै आएको भए पनि पछिल्लो समय विभिन्न कारणले यस क्षेत्रको कारोबारमा सुस्तता देखिएको छ। दैनिक ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारी तथा अवसरको खोजीमा विदेशिनु, आर्थिक मन्दी, लगानीको अभाव र देशभित्र अनुकूल व्यावसायिक वातावरण निर्माण हुन नसक्नु यस क्षेत्रको सुस्तताका प्रमुख कारणका रूपमा देखिएका छन्। ‘हरेक अभाव र समस्याभित्र सम्भावना र अवसर पनि हुन्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै घरजग्गा व्यवसायलाई पुन: लयमा फर्काउने, आधुनिक घर निर्माण सामग्री तथा प्रविधिबारे उपभोक्तालाई जानकारी गराउने र स्वदेशमै लगानीका सम्भावना उजागर गर्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। पछिल्लो समय विभिन्न स्थानमा भएका बाढीपहिरो तथा प्राकृतिक विपद्का घटनाले सुरक्षित आवास र व्यवस्थित बस्ती विकासको आवश्यकतालाई थप उजागर गरेका छन्। गास, बास र कपासमध्ये बास अर्थात् सुरक्षित आवास मानिसको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले घर निर्माणलाई केवल भौतिक संरचना निर्माणका रूपमा मात्र नभई सुरक्षित जीवन, गुणस्तरीय बसोबास र दीर्घकालीन लगानीका रूपमा स्थापित गर्नु आजको आवश्यकता रहेको आयोजकको भनाइ छ। वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विदेश पुगेका नेपालीहरूले त्यहाँ देखेका आधुनिक घरका डिजाइन, निर्माण प्रविधि र सामग्रीप्रति आकर्षित हुने क्रम बढिरहेको छ। तर अधिकांश व्यक्तिले जीवनमा एकपटक मात्र घर निर्माण गर्ने र यससम्बन्धी पर्याप्त प्राविधिक ज्ञान तथा अनुभव नहुने भएकाले लागत वृद्धि, समयको बर्बादी र निर्माणको गुणस्तरमा सम्झौता गर्नुपर्ने अवस्था देखिन्छ। अर्कोतर्फ, आवश्यक ज्ञान भए पनि व्यस्तताका कारण घर निर्माणमा प्रत्यक्ष समय दिन नसक्ने उपभोक्ताहरूको समस्या पनि उत्तिकै छ। यस्ता समस्याको समाधानका लागि घर निर्माण गर्न चाहने उपभोक्ता, घरजग्गा व्यवसायी, निर्माण कम्पनी, इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री उत्पादक तथा विक्रेतालाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य एक्स्पोले राखेको छ। एक्स्पोमा घर तथा आवास निर्माणमा प्रयोग हुने आधुनिक निर्माण सामग्री, प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण सेवा र अन्य सम्बन्धित उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिनेछ। साथै घर निर्माणका लागि आवश्यक सरकारी मापदण्ड, भवन संहिता, गुणस्तर तथा सुरक्षा सम्बन्धी विषयमा जानकारी प्रदान गरिनेछ। यसका अतिरिक्त सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी, विषयविज्ञ, इन्जिनियर तथा उपभोक्ताबीच परामर्श, अभिमुखीकरण, अन्तरक्रिया र छलफलका कार्यक्रमसमेत सञ्चालन गरिनेछ। घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाट तथा व्यावसायिक सम्पर्क स्थापित गर्ने व्यवस्था पनि एक्स्पोको प्रमुख आकर्षण रहनेछ। नेपालको भौगोलिक तथा आर्थिक केन्द्रका रूपमा रहेको चितवनमा घरजग्गा तथा निर्माण क्षेत्रको ठूलो सम्भावना रहेको छ। राजधानी काठमाडौं पछिको महत्वपूर्ण आवास तथा निर्माण बजारका रूपमा विकास हुँदै गएको चितवनलगायत देशका सम्भावनायुक्त तथा सुरक्षित जिल्लाहरूमा लगानी प्रवद्र्धन गर्दै आर्थिक गतिविधि चलायमान बनाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ। यसले विदेशमा आफ्नो सीप, अनुभव र क्षमता विकास गरिरहेका नेपाली युवालाई स्वदेशमै फर्किएर उद्यम तथा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नुका साथै देशभित्रै रोजगारी र लगानीका नयाँ अवसर सिर्जना गर्नसमेत सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ। देशमा सम्भावना छैन भन्ने निराशाजनक भाष्यलाई चिर्दै सामूहिक प्रयास, उद्यमशीलता र लगानीमार्फत स्वदेशमै समृद्धि सम्भव छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नु पनि एक्स्पोको महत्वपूर्ण उद्देश्य रहेको छ। तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा देशभरका घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन्। आयोजकले एक्स्पोमा करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ। इच्छुक प्रदर्शकहरूका लागि स्टल बुकिङ खुला भइसकेको आयोजकले जनाएको छ। निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, घरजग्गा व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, लगानीकर्ता, उपभोक्ता, विद्यार्थी तथा सर्वसाधारणले एक्स्पोबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्। सर्वसाधारणको सहभागिता सहज बनाउन एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकका अनुसार ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ केवल घरजग्गा तथा निर्माण सामग्रीको प्रदर्शनी मात्र नभई सुरक्षित आवास, आधुनिक निर्माण प्रविधि, स्वदेशी लगानी, उद्यमशीलता र आर्थिक समृद्धिको सम्भावनालाई एकै ठाउँमा जोड्ने साझा अभियान हो। The post घरजग्गा तथा निर्माण क्षेत्रलाई पुन: चलायमान बनाउन ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हेर्नुहोस् साताका ७ तस्बिर
Latest NewsJust now

हेर्नुहोस् साताका ७ तस्बिर

काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार - छठका अवसरमा गौरीघाटमा अस्ताउँदो सूर्यलाई दिइयाे अर्घ्य... ...

रातोपाटी
सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई गति दिन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
Latest NewsJust now

सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई गति दिन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुन लागेको हो । ...

कान्तिपुर
विद्यार्थीलाई न्यानो कपडा
Latest NewsJust now

विद्यार्थीलाई न्यानो कपडा

दैलेख समाचारदातादैलेख, मङ्सिर ६ गते । दैलेखका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको डाँडापराजुलस्थित पिपलचौतारा माध्यमिक विद्यालयका २४४ जना विद्यार्थीलाई न्यानो कपडा... ...

गोरखापत्र
बगरबाट बन्यो धार्मिक पर्यटकीय स्थल
Latest NewsJust now

बगरबाट बन्यो धार्मिक पर्यटकीय स्थल

मकवानपुर, मङ्सिर ६ गते । सत्र वर्षअघि राप्ती नदीको बगर र काँसघारी रहेको हेटौँडा उपमहानगरपालिका–९ स्थित त्रिवेणीधाम अहिले धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । स्थानी... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play