Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना
Photo / Coverage: पर्दाफास

गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति, अहिंसा, करुणा, सहिष्णुता र मानवताको सन्देशलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर औपचारिक रूपमा स्थापना गरिएको छ । संस्थागत संरचना निर्माणमा मात्र सीमित नभई गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाले विश्व समुदायलाई दिनुभएको शान्ति, अहिंसा, समानता, स्वतन्त्रता, न्याय र मानव मर्यादाको दर्शनलाई नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबिच जोड्ने अभियानका रूपमा यसलाई अघि बढाइने नेपाल प्रतिनिधि टायम कट्टेलले बताए । उनका अनुसार इन्द्र कट्टेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । ‘हजारौँ वर्षअघि नेपालबाट विश्वभर फैलिएको बुद्धको शान्ति, अहिंसा, करुणा र मैत्रीको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ । द्वन्द्व, असहिष्णुता, विभाजन र हिंसाबाट प्रभावित वर्तमान विश्वमा बुद्धको दर्शनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न तथा नेपालको ऐतिहासिक पहिचान र विश्वप्रतिको योगदानलाई थप स्थापित गर्ने उद्देश्यसहित नेपाल च्याप्टर गठन गरेका हौँ,’ उनले बताए । नेपाल प्रतिनिधि कट्टेलका अनुसार महात्मा गान्धीले सत्य, अहिंसा र शान्तिपूर्ण आन्दोलनमार्फत विश्वलाई परिवर्तनको मार्ग देखाएका थिए भने नेल्सन मण्डेलाले समानता, मेलमिलाप, स्वतन्त्रता र सामाजिक न्यायको ऐतिहासिक उदाहरण प्रस्तुत गरेका थिए । गौतम बुद्धसहित यी तीन महान् व्यक्तित्वका विचार र जीवनदर्शनलाई साझा मानवीय मूल्यका रूपमा विश्वभर प्रवर्द्धन गर्नु फाउन्डेसनको मूल उद्देश्य रहेको उनले बताए । फाउन्डेसनको साझा सन्देश छ, ‘शान्ति भनेको द्वन्द्वको अनुपस्थिति मात्र होइन, मानवता, करुणा र पारस्परिक सम्मानको उपस्थिति पनि हो ।’ ‘गान्धी–मण्डेला फाउन्डेसन’ अन्तर्राष्ट्रिय, गैरराजनीतिक तथा गैरनाफामूलक सामाजिक संस्था हो । यसको मुख्य कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ । फाउन्डेसनले विश्वका विभिन्न क्षेत्र तथा देशमा अन्तर्राष्ट्रिय सम्बन्ध, सहकार्य र गतिविधिमार्फत गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाको दर्शन तथा जीवन मूल्यको प्रवर्द्धन गर्दै आएको छ । यसका साथै विश्व शान्ति, अहिंसा, मानव अधिकार, सामाजिक न्याय र मानवताको संरक्षण, विभिन्न देशका नागरिकबिच जनस्तरीय सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, शिक्षा, युवा सहभागिता तथा सामाजिक सहकार्यलाई पनि फाउन्डेसनले प्राथमिकतामा राखेको छ । नेपाल च्याप्टर स्थापनाले नेपाल र भारतबिचको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । नेपाल र भारतबिचको सम्बन्ध भौगोलिक सीमामा मात्र सीमित छैन । दुवै देशको सभ्यता, संस्कृति, आध्यात्मिक दर्शन, सामाजिक परम्परा तथा जनस्तरीय सम्बन्धमा गहिरो ऐतिहासिक निकटता रहँदै आएको छ । गौतम बुद्धको जन्मभूमि नेपाल र महात्मा गान्धीको सत्य तथा अहिंसाको दर्शनले विश्वमा पहिचान स्थापित गरेको भारतबिचको साझा विरासतलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न नेपाल च्याप्टरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । नेपाल च्याप्टरले विशेष गरी नेपाल र भारतका युवा, विद्यार्थी, कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता, सांस्कृतिक संस्था तथा शान्तिका पक्षधर व्यक्तित्वबिच सहकार्य र संवादका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ । आगामी दिनमा विभिन्न कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने पनि च्याप्टरले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्राफिकको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा
OthersJust now

ट्राफिकको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा

१ मंसिर, काठमाडौं । चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत नियमविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने,… ...

अनलाइन खबर
हिमाली मुद्दा औपचारिक एजेन्डाबाहिर, जलवायु वित्तमा फेरि अर्को मार्गचित्र
OthersJust now

हिमाली मुद्दा औपचारिक एजेन्डाबाहिर, जलवायु वित्तमा फेरि अर्को मार्गचित्र

नेपालले उठाएको मूल मागलाई औपचारिक एजेन्डाका रूपमा स्वीकार गर्नुको सट्टा अध्यक्षीय परामर्श, सहायक निकायका संवाद र आगामी सम्मेलनमा छलफल गर्ने प्रक्रियातर्फ सारिएको देखिन्छ । यो विषयलाई पूर्ण रूपमा अस्वीकार गरिएको भन्नुभन्दा पनि यसको राजनीतिक र संस्थागत प्राथमिकता कमजोर पारिएको भन्नु बढी सान्दर्भिक हुन्छ । ...

अनलाइन खबर
रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव
OthersJust now

रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव

१ मङ्सिर, रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले धनी छ । यहाँका गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता पर्यटकीय गन्तव्य स्वदेश तथा विदेशमा परिचित भए पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन् । यस्तै, ओझेलमा परेको तर नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको स्थान हो, डिल्पु कुण्ड । समुद्री सतहबाट करिब… ...

अनलाइन खबर
भाटभटेनीको टंगाल शाखा आजदेखि २४ सै घण्टा खुल्ने
OthersJust now

भाटभटेनीको टंगाल शाखा आजदेखि २४ सै घण्टा खुल्ने

ग्राहकहरूले रातिको समयमा पनि किनमेल गर्न सकुन् भन्ने उद्देश्यले टंगाल शाखा चौबिसै घण्टा खुला गर्न लागिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play