काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि कटाक्ष छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै इतर पक्षका महतले अरूमाथि आरोप लाग्दा पदबाट हटाउनुपर्ने माग गर्नेहरूले आफूमाथि आरोप लाग्दा भने प्रतिवाद गर्नुको कारण के हो भन्दै प्रश्न गरे । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा थापामाथि बिचौलियासँग १८ करोड रुपैयाँको चलखेल गरेको आरोप सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै महतले राजनीतिक नेतृत्वले नैतिकता र जवाफदेहिताको उदाहरण प्रस्तुत गर्नुपर्ने बताए । उनले भने, ‘अरूलाई पर्दाखेरि त यिनीहरू सबै खत्तम हुन्, हटाउनुपर्छ भन्ने साथीहरू आज आफूमाथि त्यस्तै आरोप लागेपछि कसरी हाम्रो विरुद्ध यस्तो भयो भन्दै हुनुहुन्छ।’ पार्टीभित्र फरक मत, प्रतिस्पर्धा र बहसलाई सम्मान गर्ने पुरानो परम्परा कमजोर हुँदै गएको भन्दै उनले विशेष महाधिवेशन पक्षधरको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए ।
गगनलाई महतको प्रश्न- अरूमाथि आरोप लाग्दा पद छाड्नुपर्ने, आफूमाथि लाग्दा चाहिँ किन आपत्ति ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



![सरस्वतीनगर टोलसुधार समितिले गर्यो टोलमा सरसफाइ [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/saraswatinagar-tolsudhar-samiti-83-7-21%20(21).jpeg)


