Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा हिमपातको पनि सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । विभागले राति कोसी, मधेस, लुम्बिनी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतले फेरि जित्यो साफ च्याम्पियनसिपको उपाधि
Latest NewsJust now

भारतले फेरि जित्यो साफ च्याम्पियनसिपको उपाधि

बंगलादेशको ढाकास्थिति नेसनल स्टेडियममा भएको फाइनलमा भारतले एक गोलले पछाडि रहेको स्थितिबाट पाकिस्तानलाई २–१ ले हराएको हो । ...

कान्तिपुर
इलिमिनेटरमा आज चितवन र काठमाण्डु खेल्दै, जित्ने टोलीले सुदूरपश्चिमसँग खेल्ने
Latest NewsJust now

इलिमिनेटरमा आज चितवन र काठमाण्डु खेल्दै, जित्ने टोलीले सुदूरपश्चिमसँग खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत बुधबार इलिमिनेटरमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे हुने खेलमा दुवै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play