Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ : जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीबारे छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ : जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीबारे छलफल
Photo / Coverage: पर्दाफास

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा आज नेपाल पभिलियनमा सञ्चालन भएको उक्त विशेष अन्तरक्रिया कार्यक्रममा ऊर्जा पूर्वाधारमा जलवायु परिवर्तनले पारेको असर, क्षति न्यूनीकरण र स्वच्छ ऊर्जामा लगानी अभिवृद्धिका विषयमा गहन छलफल भएको थियो । प्रतिनिधिसभा सदस्य सागर ढकालको अध्यक्षतामा भएको उक्त सत्रमा एसियाली प्रविधि संस्थान (एआईटी) थाइल्यान्डका प्राध्यापक प्राडा शोभाकर ढकालले प्रमुख वक्ताका रूपमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण मिडल इस्ट टेक्निकल युनिभर्सिटी टर्कीएका होराइजन युरोप एमएससीए पोस्टडक्टोरल शोधकर्ता डा मुकेश घिमिरेले गरेका थिए । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार इ शिरीष पाण्डे, इप्पानकी कार्यसमिति सदस्य ज्योति गैरे र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) दक्षिण कोरियाका वित्तीय रणनीतिक सहयोग एकाइ प्रमुख गुल्शन वशिष्ठ सहभागी थिए । छलफलको पहिलो चरणमा ऊर्जा पूर्वाधारमा हालैको क्षति र जलवायु उत्थानशीलताको आवश्यकता विषयमा चर्चा भएको थियो । ऊर्जा मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले ऊर्जा पूर्वाधारमा हालै भएका क्षतिहरूबारे जानकारी गराएका थिए । इप्पानकी सदस्य गैरेले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रका चुनौतीहरू प्रस्तुत गरेकी थिइन् । जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले जलवायु क्षति र उत्थानशील पूर्वाधारसम्बन्धी क्षेत्रीय अनुभव तथा विश्वव्यापी नवीन प्रवृत्तिका बारेमा जानकारी गराएका थिए । छलफलको दोस्रो चरणमा जलवायु उत्थानशील ऊर्जा पूर्वाधारका लागि योजना र लगानी विषयमा चर्चा गरिएको थियो । ऊर्जा मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले जलवायु जोखिम सामना गर्न सरकारी योजना, रणनीति, ऊर्जा समिश्रण र ब्याट्री इनर्जी स्टोरेज सिस्टमको आवश्यकताबारे जानकारी गराएका थिए । इप्पानकी सदस्य गैरेले पूर्वाधारसँग जोडिएका निजी क्षेत्रका चुनौती र जोखिमबारे आफ्नो धारणा राखेकी थिइन् । जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले आफ्नो संस्थाको ऊर्जा लगानी अनुभव, वित्तीय संयन्त्र र नेपालको विशेष उदाहरणका रूपमा एनआईएफआरएको ग्रीन ऊर्जा बन्डबारे चर्चा गरेका थिए । कार्यक्रममा सांसद ढकालले भोटेकोशी क्षेत्रको स्थलगत अनुभव र अन्तर्राष्ट्रिय सिकाइ सुनाएका थिए । ऊर्जा मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार पाण्डेले यस कार्यक्रमले नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर ऊर्जा पूर्वाधारमा बढ्दो जलवायु जोखिम, नेपालका उत्थानशीलताका प्राथमिकताहरू र जलवायु उत्थानशील एवं स्वच्छ ऊर्जा प्रणालीमा लगानी जुटाउने उपायहरूका बारेमा गहन छलफल गराएको बताए । यसबाट जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीको वातावरण बनाउन मद्दत पुग्ने उनको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक
OthersJust now

एनपीएल : चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे। याे जितले सुदूरपश्चिम ८ अंक जाेड्दै प्लेअफनजिक पुगेकाे छ। तेस्रो हार ब्यहाेरेकाे जनकपुरकाे भने प्लेअफकाे सम्भावना न्यून बनेको छ। जितका लागि पाएकाे १२१ रनको लक्ष्य पछ्याएकाे जनकपुर १९.५ ओभरमा ९३ रनमा समेटियाे। जनकपुरका लागि तृतराज दासले २१ र ...

पर्दाफास
घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकस
OthersJust now

घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकस

सडकमा सवारी चालकहरूले अनुशासनहीन काम गर्दा तिहारमा घर पुग्न हतारिएका यात्रु घण्टौंसम्म सडकमा नै अलपत्र परेको प्रहरीको दाबी छ । ...

अनलाइन खबर
लो स्कोरिङ खेलमा जनकपुरमाथि सुदूरपश्चिमको रोमाञ्चक जित
OthersJust now

लो स्कोरिङ खेलमा जनकपुरमाथि सुदूरपश्चिमको रोमाञ्चक जित

६ खेलमा चौथो जित हात पारेको सुदूरपश्चिम ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । शीर्ष स्थानको काठमान्डु गोर्खाज समान अंक जोडेपनि सुदूरपश्चिम रनरेटमा पछि छ । ...

अनलाइन खबर
तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा
OthersJust now

तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा

तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन् । विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि पछिल्लो समय उपभोक्ताको संख्या बढ्दा पनि प्रतिव्यक्ति खरिदको मात्रा घटेकाले व्यापार सामान्य रहेको उनीहरूको भनाइ छ । काठमाडौंस्थित त्रिपुरेश्वरमा ४० वर्षदेखि सञ्चालनमा रहेको बाग्मती स्विट्सका व्यवसायी शिवराम खत्रीले तिहारमा हुनुपर्ने व्यापार यस वर्ष ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play