Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

कुमारी बैंकको नाफा १.७ प्रतिशतले बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुमारी बैंकको नाफा १.७ प्रतिशतले बढ्यो
Photo / Coverage: टक्सार

काठमाडाैँ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा सामान्य वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार बैंकको नाफा १.७० प्रतिशतले बढेको हो। बैंकको सञ्चालन नाफामा भने उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा ३२.३९ प्रतिशतको वृद्धि हो। यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा भने ठूलो गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड २० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २ अर्ब ९ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ। यसमा २८.१९ प्रतिशतको गिरावट देखिएको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ६.३६ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो। त्यस्तै, बैंकको कर्जा तथा सापटी प्रवाह ७.६८ प्रतिशतले बढेर २ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको कर्जा तथा सापटी २ खर्ब ७२ अर्ब २० करोड रुपैयाँ थियो। बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ८.७२ प्रतिशत पुगेको छ। खराब कर्जामा भएको यो वृद्धि बैंकका लागि चुनौतीपूर्ण देखिएको छ। यता, बैंकको कोषको लागत (कस्ट अफ फन्ड) भने घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ४.२९ प्रतिशत रहेको कोषको लागत चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.४३ प्रतिशत कायम भएको छ। यसमा २०.०५ प्रतिशतको कमी आएको हो। बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा चुक्ता पुँजीमा परिवर्तन भएको छैन। त्यस्तै, बैंकको जगेडा तथा कोष ५.०७ प्रतिशतले बढेर १८ अर्ब ८१ करोड ६३ लाख रुपैयाँ पुगेको छ। बैंकको पुँजी पर्याप्तता अनुपात ८.५४ प्रतिशतबाट बढेर ९.१५ प्रतिशत पुगेको छ। तर, वितरणयोग्य मुनाफा भने १४ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक ३९ अर्ब १९ करोड रुपैयाँ रहेको थियो। त्यस्तै, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज ६४.४१ प्रतिशतले घटेर ४४ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो चार्ज १ अर्ब २६ करोड ४१ लाख रुपैयाँ थियो। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ११ पैसाबाट बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ। यसमा १.७० प्रतिशतको वृद्धि भएको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि १७० रुपैयाँ ७१ पैसाबाट बढेर १७२ रुपैयाँ ३१ पैसा पुगेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
Latest NewsJust now

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म... ...

रातोपाटी
सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि
Latest NewsJust now

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९... ...

रातोपाटी
लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै
Latest NewsJust now

लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले लिभरपुलमाथि १–० गोलको महत्त्वपूर्ण जित हात पारेको छ । खेलमा आर्सनलका लागि काई हार्भाट्सले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले... ...

रातोपाटी
कालीगण्डकी बाढीको भएन अध्ययन
Latest NewsJust now

कालीगण्डकी बाढीको भएन अध्ययन

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १५ गते । गत असोज दोस्रो साता कालीगण्डकी नदीमा आएको विनासकारी बाढीले म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जाका विभिन्न क्षेत्रमा अरबौँ रुपियाँ बराबरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play