Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

किमको चीन भ्रमणबारे दक्षिण कोरियाले बढायो निगरानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
किमको चीन भ्रमणबारे दक्षिण कोरियाले बढायो निगरानी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित चीन भ्रमणबारे दक्षिण कोरियाको गुप्तचर निकायले निगरानी बढाएको छ। दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिना दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँगको भेटमा किमको चीन भ्रमण हुन सक्ने बताएका थिए। दक्षिण कोरियाली प्रसारक केबीएसले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै चीनको सीमावर्ती सहर डान्डोङमा किमको सम्भावित भ्रमणको तयारीस्वरूप आपत्कालीन आदेश जारी गरिएको जनाएको छ। किमले गत अक्टोबरमा पनि उक्त सहरको अघोषित एकदिने भ्रमण गरेका थिए। दक्षिण कोरियाको जासुसी निकायले शनिबार विभिन्न घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ। तर, राष्ट्रपति कार्यालयले सीले किमको भ्रमणबारे केबीएसले उल्लेख गरेअनुसारको कुरा नगरेको स्पष्ट पार्दै उत्तर कोरिया-चीन सम्बन्धको निगरानी भइरहेको जनाएको छ। चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगी हो। संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आफूलाई आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ। किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वार्ता प्रस्तावलाई बेवास्ता गर्दै आएका छन्। विशेषज्ञहरूका अनुसार प्योङयाङले वार्ताका लागि अमेरिकाबाट आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता खोजिरहेको छ जसले वासिङ्टन र सियोलका लागि कूटनीतिक तथा सुरक्षा चुनौती निम्त्याउन सक्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वास्थ्य सेवामा जनशक्ति अभाव पूर्ति गर्न ९७७ दरबन्दी स्वीकृत
Latest NewsJust now

स्वास्थ्य सेवामा जनशक्ति अभाव पूर्ति गर्न ९७७ दरबन्दी स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विशेषज्ञ चिकित्सकदेखि सहायक तहसम्मका ९७७ नयाँ दरबन्दी स्वीकृत गरेको छ। स्वीकृत दरबन्दीमध्ये चालू आर्थिक वर्षमा सातौँ, आठौँ, नवौँ, दसौँ र एघारौँ तहका विभिन्न... ...

रातोपाटी
भेनेजुएलालाई स्वास्थ्य सहयोग गर्ने डब्ल्यूएचओ प्रमुखको प्रतिबद्धता
Latest NewsJust now

भेनेजुएलालाई स्वास्थ्य सहयोग गर्ने डब्ल्यूएचओ प्रमुखको प्रतिबद्धता

काराकास, मङ्सिर १२ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयससले शुक्रबार भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेट गर्नुभएको छ। यो सं... ...

गोरखापत्र
पाकिस्तानमा हुने १४औँ दक्षिण एसियाली खेलकुदको मिति सर्‍यो
Latest NewsJust now

पाकिस्तानमा हुने १४औँ दक्षिण एसियाली खेलकुदको मिति सर्‍यो

काठमाडौँ । पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एसियाली खेलकुद (साग) को मिति पुनः संशोधन गरिएको छ । पाकिस्तान ओलम्पिक संघ (पीओए) ले दक्षिण एसियाका सहभागी राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी)हरूसँग परामर्श... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement