Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

कार्तिक मसान्तसम्म साढे बीस अर्बभन्दा बढी मूल्य बराबरको स्मार्टफोन आयात

Share:WhatsAppFacebookX (Twitter)Telegram
कार्तिक मसान्तसम्म साढे बीस अर्बभन्दा बढी मूल्य बराबरको स्मार्टफोन आयात
Photo / Coverage: टेक्नोलोजी खबर

नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को चौथो महिना अर्थात् कार्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा स्मार्टफोन आयात विगतका वर्षमा झैँ उल्लेख्य रुपमा बढेको देखिएको छ। यस अवधिमा २० अर्ब ६८ करोड ३३ लाख ९५ हजार रुपैयाँ बराबरको ८ लाख ७१ हजार १३३ थान स्मार्टफोन आयात भएको हो। चालु आवको यो अवधिमा स्मार्टफोन आयातबाट सरकारले ३ अर्ब ८५ करोड ८२ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा नाम नखुलेको एकसहित ६१ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ। नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट १६ अर्ब २४ करोड २५ लाख ५३ हजार रुपैयाँ बराबरको ७ लाख ५९ हजार ३३६ थान स्मार्टफोन आयात भएको छ। भारतबाट ३ अर्ब ९० करोड २ लाख ९२ हजार रुपैयाँ बराबरको १ लाख ६ हजार ३९४ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। बाँकी ५९ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएको छ। ती मध्ये उत्कृष्ट दश आयात विवरण तालिका यस प्रकार छ: क्र. सं. देश विवरण (थान) रकम (हजारमा) १ अस्ट्रेलिया ८६५ १०६६८५ २ क्यानडा १४४ १७५३८ ३ चीन ७५९३३६ १६२४२५५३ ४ भारत १०६३९४ ३९००२९२ ५ जापान ११०५ ९४३७८ ६ दक्षिण कोरिया २०५ १६७७६ ७ मलेसिया ५६८ ३५९९ ८ यूएई ३८२ ३९२०२ ९ बेलायत २७२ ३३७७४ १० अमेरिका १३३७ १७२१७० The post कार्तिक मसान्तसम्म साढे बीस अर्बभन्दा बढी मूल्य बराबरको स्मार्टफोन आयात appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल–फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न: व्यापार, पर्यटन र लगानी विस्तारमा विशेष जोड
TechnologyJust now

नेपाल–फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न: व्यापार, पर्यटन र लगानी विस्तारमा विशेष जोड

१० मंसिर, काठमाडौं। नेपाल-फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको चौथो वार्षिक साधारणसभा फिनिस राजदूत पेट्री पुभाक्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली उत्पादनको फिनल्यान्ड बजारमा निर्यात प्रवर्द्धन, लगानी भित्र्याउने तथा पर्यटन, स्वच्छ ऊर्जा, शिक्षा र सूचना प्रविधिका क्षेत्रमा द्विपक्षीय व्यावसायिक सहकार्य विस्तार गर्ने विषयमा […] The post नेपाल–फिनल्यान्ड चेम्बरको ...

आइसिटी फ्रेम
एक्स्ट्रिम विन्टर अफर सुरु : क्यान स्क्यान गरी सुनको क्यान जित्ने अवसर
TechnologyJust now

एक्स्ट्रिम विन्टर अफर सुरु : क्यान स्क्यान गरी सुनको क्यान जित्ने अवसर

१० मंसिर, काठमाडौं। जाडो मौसमको सुरुवातसँगै लोकप्रिय पेय पदार्थ ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ ले आफ्ना उपभोक्ताहरूका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘विन्टर अफर’ अन्तर्गत क्यान स्क्यान गरेर ‘सुनको क्यान’ जित्न सकिने विशेष अभियान ल्याएको हो । ६ जना भाग्यशाली विजेताले सुनको क्यान पाउने क्लासिकसहित पाँच फरक स्वाद (फ्लेभर) मा नेपाली बजारमा उपलब्ध एक्स्ट्रिम […] The post एक्स्ट्रिम विन्टर ...

आइसिटी फ्रेम
भारतको रिलायन्सले स्टारलिङ्कसँग प्रतिस्पर्धा गर्न ‘लिओ नेटवर्क’को लागि साझेदारहरू खोज्दै
TechnologyJust now

भारतको रिलायन्सले स्टारलिङ्कसँग प्रतिस्पर्धा गर्न ‘लिओ नेटवर्क’को लागि साझेदारहरू खोज्दै

रिलायन्स इन्डस्ट्रीजले आफ्नो योजनाबद्ध १,६०० ओटा भूउपग्रहसहितको पृथ्वीको तल्लो कक्ष (लिओ) ब्रोडब्यान्ड तारामण्डललाई समर्थन गर्न उत्पादन साझेदारीको खोजी गरिरहेको छ। यो स्पेसएक्सको स्टारलिङ्कको भारतीय-नियन्त्रित विकल्प प्रदान गर्न डिजाइन गरिएको द इकोनोमिक टाइम्सले यस विषयमा परिचित अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। यस विषयमा जानकारी भएका व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिए अनुसार, कम्पनीले भारतीय स्याटेलाइट निर्माताहरू, प्रविधि स्टार्टअपहरू र औद्योगिक समूहहरूसँग ...

टेक्नोलोजी खबर
अमेजनको कार बिक्री सेवा पहिलोपटक अमेरिकाबाहिर पुग्यो, बेलायतमा विस्तार हुँदै
TechnologyJust now

अमेजनको कार बिक्री सेवा पहिलोपटक अमेरिकाबाहिर पुग्यो, बेलायतमा विस्तार हुँदै

अमेजनले आगामी वर्षको सुरुदेखि बेलायतमा कार बिक्री सुरु गर्ने भएको छ। यससँगै कम्पनीको ‘अमेजन अटोज’ सेवा पहिलोपटक अमेरिकाबाहिर विस्तार हुन लागेको हो। यस सेवामार्फत ग्राहकले नयाँ तथा पुराना कारका मोडेल हेर्न, वित्तीय सुविधाका दर तुलना गर्न र गाडी आरक्षित गर्न सक्नेछन्। यद्यपि, खरिद प्रक्रिया पूरा गर्न भने ग्राहकले सम्बन्धित डिलरकहाँ नै पुग्नुपर्नेछ। अमेरिकामा सेवा सुरु गर्दा जस्तै बेलायतमा पनि हुन्डाई पहिलो ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement