Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

काभ्रेमा विदेशी नागरिकको शङ्कास्पद गतिविधि, निगरानी बढाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
काभ्रेमा विदेशी नागरिकको शङ्कास्पद गतिविधि, निगरानी बढाइँदै
Photo / Coverage: केन्द्रबिन्दु

काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकको विभिन्न स्थानमा केही महिनादेखि विदेशी नागरिकको शङ्कास्पद गतिविधि गरेको पाइएपछि स्थानीय प्रशासनसहित सुरक्षा निकायले निगरानी बढाएका छन् । शङ्कास्पद गतिविधि गरेको आरोपमा बितेका दुई दिनमा विभिन्न स्थानबाट ७६ जना विदेशी नागरिकलाई पक्राउ गरिएको छ । ‘निगरानी’लाई विशेष प्राथमिकता दिइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लास्थित सुरक्षा निकायलाई चनाखो रही विशेष रुपमा जिल्लाका सबै स्थानका होटल–रिसोर्टमा अनुगमन गर्न भनिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँका अनुसार विशेषगरी प्र्यटकीय क्षेत्रका होटल–रिसोर्टलाई ‘अनुगमन’मा प्राथमिकता दिइनेछ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले मङ्गलबार र बुधबार काभे्रपलाञ्चोकको पाँचखाल र पनौतीको बल्थलीका होटलमा बसी शङ्कास्पद गतिविधि गरेको आरोपमा उक्त सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरिएको छ । मङ्गलबार जिल्लाको पाँचखाल नगरपालिका–७ स्थित ह्वाईट पार्क रिसोर्टबाट पाँच महिलासहित ३६ चिनियाँ नागरिक र बुधबार पनौती नपा–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र पाँच चिनियाँ गरी ४० विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका चिनियाँ तथा जापानी नागरिकको साथबाट ठूलो सङ्ख्यामा ल्यापटप, मोबाइल, ट्याबलगायतका डिजिटल उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ । पाँचखाल–७ शिखरपुरबाट मङ्गलबार नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले प्रयोग गर्दै आएका ४९ कम्प्युटर ९ल्यापटप० र १५५ थान मोबाइलको जिल्ला प्रहरी कार्यालय हुँदै थप प्राविधिक अनुसन्धानका लागि प्रहरीको केन्द्रीय प्रयोगशाला पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ गरिएका चिनियाँ नागरिकलाई बुधबार अध्यागमन विभागमा बुझाइएको छ । थाङ्का बनाउने र पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै उक्त रिसोर्टमा तीन महिनादेखि ती नागरिक बस्दै आएका थिए । स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा उनीहरुका गतिविधि शङ्कास्पद देखिएको र रिसोर्टका दुई कोठामा ल्यापटप तथा मोबाइल फोन फेला परेको प्रहरीले जनाएको हो । यस्तै बुधबार बिहान बल्थलीस्थित बल्थली माउण्टेन रिसोर्टमा प्रहरीले छापा मार्ने क्रममा रिसोर्टभित्र छुट्टाछुट्टै क्याबिन निर्माण गरिएको तथा ‘टिकटक’का करिब ३०÷३५ बुथ, टेलिफोन, प्रहरी स्टेसन, अन्र्तवार्ता कक्षलगायतको अस्थायी संरचना निर्माण गरिएको पाइएको प्रहरीले जनाएको छ । बुधबार नियन्त्रणमा लिइएका ४० जापानी र चिनियाँ नागरिकलाई हिरासतमा राखिएको तथा उनीहरुका डिजिटल उपकरणबारे प्राविधिकद्वारा अनुसन्धान भइरहेको विष्टले बताउनुभयो । पछिल्ला केही महिनादेखि चिनियाँलगायत विदेशी नागरिकको बसोबास रहेको र उनीहरु बसेको होटल तथा रिसोर्टमा अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएपछि विदेशीले अवैध गतिविधि गरेको गुनासा आएपछि प्रशासन र प्रहरीले मङ्गलबार र बुधबार पाँचखाल र पनौतीको होटल तथा रिसोर्टमा छापा मारेको हो । क्रमशः अन्य स्थानका होटल–रिसोर्टमा निरीक्षण/अनुगमनलाई निरन्तरता दिइने प्रजिअ अधिकारीले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय क्षेत्र मानिएका जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट, नगरकोटलगायका क्षेत्रमा विदेशीको बसाई तथा गतिविधिबारे ‘संयन्त्र’ द्वारा थप सूचना लिइने क्रम जारी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
थोरङ्ला पास हुँदै चार महिनामा आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
Latest NewsJust now

थोरङ्ला पास हुँदै चार महिनामा आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

५ हजार ४१६ मिटर उचाइको साहसिक पदमार्ग पार गर्दै पर्यटकले अन्नपूर्ण हिमशृङ्खलाको दृश्य अवलोकनसहित मुक्तिनाथसम्म यात्रा गरेका छन्। ...

कान्तिपुर
२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला
Latest NewsJust now

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

काठमाडौं । २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सकिएको छ । बुधबार सुरु भएको भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा... ...

रातोपाटी
मंसिर ७ देखि ‘काठमाडौं जलवायु कार्य सप्ताह’
Latest NewsJust now

मंसिर ७ देखि ‘काठमाडौं जलवायु कार्य सप्ताह’

काठमाडौं महानगरपालिकाको आयोजनामा आगामी मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ। जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्य अघि बढाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको हो।   महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कार्य... ...

नेपालखबर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा  मुद्दा दायर
Latest NewsJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा मुद्दा दायर

काठमाडौँ, मङ्सिर ३ गते । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा तथा पदस्थापन भएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत (राप द्वितीय श्रेणी) रामबाबु प्रसाद च... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play