Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत, सबैभन्दा लामो सुरुङको ब्रेकथ्रु

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत, सबैभन्दा लामो सुरुङको ब्रेकथ्रु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ब्रेकथ्रु भएको छ। ३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेकथ्रु गरेका हुन्। सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएसँगै द्रुतमार्गको सुरुङ निर्माणले थप गति लिने नेपाली सेनाले अपेक्षा गरेको छ। सेनाका अनुसार द्रुतमार्गमा सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो। महादेवटार सुरुङको ब्रेकथ्रुसँगै आयोजनाको सुरुङ निर्माण कार्यले थप गति पाउने विश्वास गरिएको छ। आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको सेनाले जनाएको छ। उच्च प्रविधियुक्त पुललगायत अन्य संरचना निर्माणको काम पनि जारी छ। यद्यपि, ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवाद भने अझै चुनौतीका रूपमा रहेको छ। उक्त क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको विवाद समाधानका लागि पहल भइरहेको र समस्या टुंगिएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने सेनाले जनाएको छ। महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। करिब ७३ किलोमिटर लामो आधुनिक द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराई/मधेशबीचको दूरी तथा यात्रा समय घट्नुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चसमेत कम हुने उनले बताए। द्रुतमार्गले भौतिक पूर्वाधार विकाससँगै सामाजिक तथा आर्थिक रूपान्तरणमा समेत योगदान पुर्‍याउने राष्ट्रपति पौडेलको भनाइ थियो। यसले राजधानी र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उनले उल्लेख गरे। उनका अनुसार द्रुतमार्ग सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण र क्षेत्रीय आर्थिक गतिविधिको विस्तारमा समेत सहयोग पुग्नेछ। राष्ट्रपति पौडेलले आफूले द्रुतमार्गको तेस्रोपटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै नेपाली सेनाले हासिल गरेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे। विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता र प्रतिबद्धता प्रशंसनीय रहेको उनले बताए। आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार, नेपाली सेना, निर्माण व्यवसायी र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा पनि उनले जोड दिए। कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति थियो। नेपाली सेनाले आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जुम, सीएनएनदेखि एचएसबीसीसम्मका वेबसाइट ह्याक, क्रिप्टो चोरीदेखि आइफोनमा भाइरस पुर्‍याउने प्रयास
Latest NewsJust now

जुम, सीएनएनदेखि एचएसबीसीसम्मका वेबसाइट ह्याक, क्रिप्टो चोरीदेखि आइफोनमा भाइरस पुर्‍याउने प्रयास

विश्वका चर्चित कम्पनी तथा सञ्चारमाध्यमका वेबसाइट साइबर आक्रमणमा परेका छन्। जुम, एचएसबीसी, इक्विफ्याक्स, सीएनएन, सेल्सफोर्स र आइकियासहित विश्वका धेरै प्रयोगकर्ता पुग्ने वेबसाइटमा खराब जाभास्क्रिप्ट कोड घुसाएर क्रिप्टोकरेन्सी चोरी गर्नेदेखि आइफोनमा हानिकारक कोड पठाउने प्रयास भएको सुरक्षा अनुसन्धानकर्ताले बताएका छन्। साइबर सुरक्षा अनुसन्धानकर्ता स्कट हेल्मेका अनुसार १७८ वटा ... ...

नेपालखबर
नेतृत्व र प्रदर्शनमा कप्तानहरूको प्रतिस्पर्धा
Latest NewsJust now

नेतृत्व र प्रदर्शनमा कप्तानहरूको प्रतिस्पर्धा

काठमाडौँ, मङ्सिर २ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ ।उपाधि विजेताको टुङ्गो लाग्न अब तीन खेल बाँकी छन् । प्रतियोगि... ...

गोरखापत्र
महादेवटार सुरुङ ‘ब्रेकथ्रु’ गर्दै राष्ट्रपतिले भने: काठमाडौँ-मधेसको दुरी घटाउँछ, सद्‌भाव बढाउँछ
Latest NewsJust now

महादेवटार सुरुङ ‘ब्रेकथ्रु’ गर्दै राष्ट्रपतिले भने: काठमाडौँ-मधेसको दुरी घटाउँछ, सद्‌भाव बढाउँछ

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुर महादेवटार सुरुङको (३.३९९ मिटर) बुधबार ‘ब्रैक थ्रु’ गरेका छन्।  समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि... ...

नेपालखबर
इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र दूरसञ्चार सेवा दस्तुरको विवरण बुझाउन प्राधिकरणको निर्देशन
Latest NewsJust now

इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र दूरसञ्चार सेवा दस्तुरको विवरण बुझाउन प्राधिकरणको निर्देशन

काठमाडौं । दूरसञ्चार सेवा दस्तुर (टीएससी)दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न अनुरोध गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई उक्त निर्देशन भएको हो । प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था कार्यान्वयन गर्ने क्रममा दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरी सेवा प्रदान गरिरहेका सबै इन्टरनेट सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको हो । प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play