काठमाडौं-काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विष्णु घिमिरेका अनुसार आइतबार बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा सो तापक्रम देखिएको हो। शनिबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस मापन गरिएको थियो। बिहान ८:४५ बजे गरिएको अन्तिम मापनमा पनि तापक्रम सोही कायम रहेको थियो। महाशाखाका अनुसार आजको वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गरिनेछ। सो समयसम्म तापक्रममा केही परिवर्तन हुन सक्ने सम्भावना रहेको छ। कहिलेकाहीँ प्रारम्भिक मापनमा देखिएको तापक्रम नै अन्तिम मापनमा पनि कायम रहने गरेको मौसमविद्हरू बताउँछन्।
काठमाडौंको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन

Read Complete Original Article
Published originally on नेपालन्युज






