Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं उपत्यकामा २४ घण्टामा ६५० सवारीसाधनमाथि ट्राफिक कारबाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं उपत्यकामा २४ घण्टामा ६५० सवारीसाधनमाथि ट्राफिक कारबाही
Photo / Coverage: पर्दाफास

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५० सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ माघ २४ गते बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १६४ जनामाथि कारबाही गरिएको छ। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११२, सिसीटिभी निगरानीबाट ३९, रातो बत्ती उल्लङ्घन गर्ने २०, सवारीको अवस्था ठीक नभएका १८ र अनावश्यक हर्न बजाउने ७ जनामाथि कारबाही गरिएको छ। यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने २ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २८८ सवारीसाधनमाथि कारबाही गरिएको विवरणमा उल्लेख छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप
OthersJust now

ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप

२४ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्ध भइरहेका प्रदर्शनका बीच सामाजिक सञ्जालमा फर्जी पोस्ट र भिडियोहरू फैलाइएको पाइएको छ। युरोपेली सङ्घ (ईयू) को एक आन्तरिक रिपोर्टका अनुसार, रुससँग जोडिएका नेटवर्कहरूले आप्रवासीविरुद्ध घृणा फैलाएर मानिसहरूलाई भड्काउने प्रयास गरेका थिए। यसका साथै इजरायल र अमेरिकाको मागा अर्थात् मेक अमेरिका ग्रेट अगेन आन्दोलनसँग जोडिएका अकाउन्टहरूले पनि… ...

अनलाइन खबर
उत्तर भारतमा शाकाहारी, दक्षिणमा मांसाहारी : खानपान परम्परा कसरी फरक ?
OthersJust now

उत्तर भारतमा शाकाहारी, दक्षिणमा मांसाहारी : खानपान परम्परा कसरी फरक ?

दक्षिण भारतका धेरै ठाउँमा दीपावलीको बिहान मटन करी खाने परम्परा छ । दीपावलीलाई सामान्यतया उत्तर भारतको पर्व मानिए पनि समयक्रमसँगै यो दक्षिण भारतमा पनि लोकप्रिय पर्वका रूपमा स्थापित भएको छ । अहिले दक्षिण भारतमा पनि दीपावली ठूलो र महत्वपूर्ण पर्व बनिसकेको छ । यस्तोमा तमिलनाडुमा दीपावलीका दिन मटन करी खाने परम्परा कसरी सुरु भयो भन्ने… ...

अनलाइन खबर
धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ
OthersJust now

धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२४ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत राति अर्थात् सोमबार राति स्थानीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play