Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

कहाली लाग्ने ऋणको भारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कहाली लाग्ने ऋणको भारी
Photo / Coverage: हिमालय टाइम्स

नेपालले बेहोरिरहेको ऋणको भारी कहाली लाग्ने खालको छ । ऋणले ऋण बढाउँछ धनले धन बढाउँछ भन्ने उक्तिलाई मान्ने हो भने नेपालले सुरुदेखि नै ऋणले ऋण बढाएको अवस्थाको सामना गर्दै आइरहेको छ । सुरुदेखि नै गरिबीको चपेटामा पर्दै आएको हाम्रो देश विदेशी मुलुकहरूसँग अनुदान र ऋण लिएर चलाउनु परिरहेको छ । यस्तो ऋणको अवस्था हेर्ने हो भने अब तिर्न नै हम्मे पर्ने अवस्थामा पुगिसकेको छ । किन भने, नेपालको वार्षिक बजेट लगभग २० खर्ब हुँदै आएकोमा त्यसभन्दा डेढ रकम अर्थात् डेढ वर्षको वार्षिक बजेट बराबरको ऋण हामी नेपालीहरूले आफ्नो थाप्लामा बोक्नुपरेको छ । सरकार फेरिइरहन्छन् तर हाम्रो प्रवृत्ति भने आफूभन्दा पहिलेको सरकारलाई दोष दिएर त्यस सरकारले थुपारेका कुँडाकर्कटलाई आफूले सफा गर्दै गरेको बताएर आफू पन्छने खालको छ । पञ्चायत व्यवस्था समाप्तिपछि बनेको सरकारले पञ्चायतलाई दोष दियो, त्यसपछि बनेका सरकारले आफूभन्दा पहिलेका सरकारहरूलाई दोष दिए, माओवादी सशस्त्र विद्रोहपछि बनेको माओवादीको सरकारले त्यस पहिलेका एमाले र कांग्रेसका सरकारहरूलाई दोष दियो । यसो गर्दै हाम्रो राज्य प्रणाली र आर्थिक प्रणालीसमेत अगाडि बढिरहेको छ । आफ्नो देश सञ्चालन गर्नका लागि अरूसँग ऋण लिनुपर्ने, अनुदान माग गर्नुपर्ने र कतिपय अवस्थामा सापटी र न्यूनतम ब्याजदरमा ऋण लिएर देश चलाउनुपर्ने अवस्थालाई विडम्बनापूर्ण मान्नुपर्छ तर परम्परादेखि नै यसरी नै चल्दै आएको छ र ऋणको भार भने घटेको छैन झन्झन् बढ्दै गइरहेको छ र हालका दिनमा आइपुग्दासम्ममा अब नेपालका प्रत्येक व्यक्तिले एक लाख ऋणभार बेहोर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । यो गरिब नेपाली र नेपाल राष्ट्रका लागि अत्यन्त कहालीलाग्दो अवस्था हो । यस्तो ऋणलाई अब विदेशीहरूले मिनाहा गरिदिएनन् भने अब नेपाल कसरी सञ्चालन गर्ने भन्ने अवस्था सिर्जना हुनसक्छ । विश्व बैंक, एशियाली विकास बैंकलगायतका बैंकहरूले त्यसरी ऋण मिनाहा गरिदिन्छन् भन्ने अपेक्षा पनि गर्न सकिँदैन । किनभने, बैंकङ कारोबार भनेको ऋण लगानी गरेर ब्याज असुलेर नाफा गर्ने उद्देश्य रहेको हुन्छ । राणा शासनकालदेखि नै राष्ट्रलाई शोषण गरेर राज्यकोषको पैसा शासकहरूले हिनामिना गरी त्यसबाट निजी भोगविलास गर्नेगरेका थिए तर वैदेशिक ऋण भने त्यस्तो परिमाणमा थिएन । पछिपछि वैदेशिक ऋण लिने प्रवृत्ति सुरु भयो र त्यो बढ्दै गयो । एकातिर हामीले हाम्रा उत्पादनहरूलाई प्रवर्द्धन गर्न र विदेश निकासी गर्न सकेका छैनौं । अर्कातिर दिनप्रतिदिन परनिर्भर बन्दै गएर सम्पूर्ण उपभोग्य चिजवस्तुहरू विदेशबाट पैठारी गरी उपभोग गर्ने गरेका छौं । एकताका धानचामल, दलहन, तेलहनजस्ता उपभोग्य वस्तुहरू उत्पादन गरी विदेश निकासी गर्ने हाम्रो देश अहिले तिनै वस्तुहरूमा परनिर्भर बन्नपुगेको छ । त्यस्ता वस्तुहरू छिमेकी देश भारतलगायत विभिन्न मुलुकहरूबाट पैठारी गरेर उपभोग गर्दै आइरहेको छ । पछिल्लो दशकहरूमा हाम्रो देशको प्रमुख आय भनेको विप्रेषण बन्न पुगेको छ । युवाहरू जति विदेशमा श्रम बेच्न गएका छन् । तीन करोडभन्दा कम जनसंख्या भएको मुलुकमा हाल यहाँ केटाकेटी र बुढाबुढीमात्र रहेका र अनेकौं कारणले विदेश जाने अवस्था र अवसर नमिलेका व्यक्तिहरूमात्र बसेका छन् । यसरी हेर्दा जनसंख्याको झण्डै एकतिहाइ मानिसहरू हाल देशबाहिर छन् । पढ्न गएका विद्यार्थीहरू बाहेक अरू सम्पूर्ण व्यक्तिहरू श्रमबजारमा श्रम बेच्नकै लागि गएका छन् । ती विशेषगरी खाडी मुलुकमा बढी छन् र मलेशिया, दक्षिण कोरिया, जापानलगायतका देशमा पनि आफ्नो श्रम बेचिरहेका छन् । तिनीहरूले पठाएको पैसाले नै देशको अधिकांश आवश्यकताको परिपूर्ति हुँदै आइरहेको छ । यस्तो अवस्थालाई सुखद् मान्न निश्चय पनि सकिँदैन । गत एक वर्षभन्दा केही अगाडि नेपालले कल्पनै नगरेको एउटा विद्रोहको सामना गर्नुपर्‍यो । त्यस सामनापछि लगभग छ महिना अन्तरिम सरकार बन्यो र त्यसले गराएको निर्वाचनपछि एउटा पूर्णबहुमतको सरकार बन्नपुगेको छ । यस सरकारले निश्चय पनि राम्रा काम गर्छ र पूर्ववर्ती सरकारहरूका जस्ता अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्ति दोहोर्‍याउँदैन भन्ने नेपाली जनताको अपेक्षा हो तर अहिलेसम्म भ्रष्टाचार र अनियमितताका कुराहरू बाहिर नआए पनि यस सरकारले पनि तदारुबताका साथ काम गर्न नसकेको भने देखिएकै छ । यो युवाहरूको सरकार हो । अहिले बनेका सम्पूर्ण प्रधानमन्त्री, मन्त्रीहरू युवावयका छन् । यिनले आफ्नो सम्पूर्ण ऊर्जा र विवेक देशको हितमा र नागरिकहरूको भलाइमा प्रयोग गर्छन् भन्ने आशा र अपेक्षामा नेपाली जनताहरू बसेका छन् । विदेशमा पढेका सुयोग्य र बौद्धिक व्यक्तित्व जो राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि बनिसक्नुभएको छ डा.स्वर्णिम वाग्ले उहाँ अर्थमन्त्री हुनुहुन्छ । आर्थिक क्षेत्रमा उहाँको विद्वता प्रयोग हुन्छ र देशले समग्र रूपमा काँचुली फेर्न नसके पनि आफ्नो मुहार भने फेर्छ भन्ने अपेक्षा अहिले पनि गरिएकै छ तर यो कहालीलाग्दो ऋणभार घटाउने खालका कुनै योजना र कार्यक्रमहरू भने यस सरकारले पनि ल्याएको पाइँदैन । नेपालले सबैभन्दा ठूलो खर्च पेट्रोलियम पदार्थ र सुनमा गरिरहेको छ । पेट्रोलियम पदार्थ दैनिक प्रयोगमा आउने यातायातहरूमा खपत हुँदै आएको छ भने सुन विलासी वस्तुका रूपमा प्रयोग हुने गरेको छ तर यिनै वस्तुमा नेपालको ठूलो धनराशि खर्च हुनेगरेको छ । नेपालले विश्वका १३७ भन्दा धेरै मुलुकहरूसँग व्यापारिक सम्बन्ध स्थापित गरेको छ तर ती सबैसँग प्राय घाटाको सौदा हुँदै आएको छ । विडम्बना के छ भने तीनचार दशकअगाडि धानचामल निकासी गर्दै आएको नेपालले अहिले चार महिनाको अन्तरालमा साढे पाँच अर्बको धानचामल आयात गर्नुपरेको छ । यसरी आयात गरिएका खाद्यवस्तुको गुणस्तर पनि हाम्रो आफ्नो स्थानीय उत्पादनजस्तो हुन सक्दैन । त्यसकारणले एकातिर हामी हाम्रो धन गुमाइरहेका छौं भने अर्कातिर विदेशबाट ल्याएका वस्तुहरूमा भएको मिसावट र रासायनिक पदार्थको प्रयोगले गर्दा स्वास्थ्य पनि कमजोर बनाइरहेका छौं । दिनप्रतिदिन ऋणभार कम गर्न नसक्ने र बढाउँदैमात्र जाने हो भने हामी यस्तो ऋणको भारीबाट कहिल्यै पनि मुक्त हुन सक्नेछैनौं । हाम्रो गरिब मुलुक दिनप्रतिदिन अझै गरिब हुँदैजाने र नेपालीहरूले गरिबीको मार अझै भोग्दै जानुपर्ने अवस्था सामुमा आइसकेको छ । यस्तो अवस्थाबाट नेपालीको थाप्लामाथिको जातो र अंग्रेजीमा भन्ने गरिएको डेमोक्लेसको तरबार उखान चरितार्थ भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण
Latest NewsJust now

विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण

गोरखापत्र समाचारदाता काठमाडौँ, मङ्सिर ११ गते । भोटेकोशी हिमबाढीको विपत्बाट आमा वा बुवा वा दुवै अभिभावक गुमाएका शिशु तथा बालबालिकाका लागि सरकारले राज्यका तर्फबाट अभिभावकत्व दिने कार... ...

गोरखापत्र
मलेसिया ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पक्राउ, एक अर्ब ६९ करोड विदेश गएको खुलासा
Latest NewsJust now

मलेसिया ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पक्राउ, एक अर्ब ६९ करोड विदेश गएको खुलासा

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी तरिकाले रकम असुली गरी विदेश पठाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ । अनुसन्धान सुरु भएपछि भारत पुगेका उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरी उच्च स्रोतले उनलाई भारतबाटै नियन्त्रणमा लिएको बताए पनि प्रहरी मुख्यालयले भने नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । अर्याल पक्राउ ...

हिमालय टाइम्स
नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
Latest NewsJust now

नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपाल र युरोपबिच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै आर्थिक साझेदारी थप सुदृढ बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ आयोजना हुने भएको छ। यही नोभेम्बर २९ र ३० मा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। नेपाली व्यवसायी संघ युरोप (नेबा युर... ...

नेपालखबर
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो स्थानमा
Latest NewsJust now

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो स्थानमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ । नयाँ मर्यादाक्रमअनुसार यसअघि सातौँ स्थानमा रहनुभएकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो वरीयतामा उक्लिनुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम प्रधानमन्त्रीको सिफारिसमा हेरफेर गरिएको ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement