काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ६ विकेट गुमाउदै १८० रन बनाएको हो । कर्णालीका लागि अरिफुल इस्लामले ४४ रन बनाए भने हुसैन तलतले ४० रन बनाएका थिए । त्यस्तै पवन सराफले ३० रन बनाए भने गुलशन झाले २० र मार्क वाटले १७ रन बनाए । त्यसैगरी काठमाडौँका बलर करण केसीले २ विकेट लिए भने शहाब आलम, जहानदाद खान, देव शाह र सनतोष यादवले एक एक विकेट लिए । The post कर्णालीविरुद्ध जितका लागि काठमाडौंलाई १८१ रन आवश्यक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
कर्णालीविरुद्ध जितका लागि काठमाडौंलाई १८१ रन आवश्यक

Read Complete Original Article
Published originally on कर्पोरट खबर






