Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण, एक वर्षमा १६३ हेक्टर मात्रै नियन्त्रण

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण, एक वर्षमा १६३ हेक्टर मात्रै नियन्त्रण
Photo / Coverage: पर्दाफास

कर्णाली प्रदेशमा ३ हजार १८८.१७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । वन संरक्षणको जिम्मेवारी पाएका सरकारी निकायले अतिक्रमण नियन्त्रणका प्रयास गरिरहे पनि ठूलो क्षेत्रफल अझै अतिक्रमणकै अवस्थामा रहेको सरकारी तथ्यांकले देखाएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार प्रदेशका विभिन्न जिल्लामा गरी ३ हजार १८८.१७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । आर्थिक वर्ष २०८२÷८३ मा भने १६३.०३ हेक्टर वन क्षेत्रको अतिक्रमण नियन्त्रण गरिएको छ । जिल्लागत विवरणअनुसार सबैभन्दा बढी वन क्षेत्र जाजरकोटमा अतिक्रमण भएको छ । जाजरकोटमा १ हजार २२५.५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । त्यसपछि सल्यानमा ६४४.०५ हेक्टर र दैलेखमा ४१७.९६ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । त्यस्तै, जुम्लामा २६५.७४ हेक्टर, मुगुमा २५५.६६ हेक्टर, भेरी क्षेत्रमा १५२.९७ हेक्टर, सुर्खेतमा ७४.८९ हेक्टर, रुकुम पश्चिममा ७२.२ हेक्टर, हुम्लामा ६५ हेक्टर र कालिकोटमा १४.२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको विवरणमा उल्लेख छ । यी तथ्यांकले वन अतिक्रमण कुनै एक जिल्लाको मात्र समस्या नभई प्रदेशव्यापी चुनौती भएको देखाउँछन् । विशेषगरी जाजरकोट, सल्यान र दैलेखमा अतिक्रमणको ठूलो हिस्सा केन्द्रित छ । यी तीन जिल्लामा मात्रै २ हजार २८७.५१ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । जुन जिल्लागत विवरणबाट देखिएको कुल अतिक्रमणको करिब ७२ प्रतिशत हो । अतिक्रमण ठूलो, नियन्त्रणको गति कमजोर वन अतिक्रमण नियन्त्रणतर्फको प्रगति भने चुनौतीपूर्ण देखिएको छ । मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा १६३.०३ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको छ । यसमध्ये भेरी क्षेत्रमा मात्रै १५२.०२ हेक्टर नियन्त्रण गरिएको छ । यो एक वर्षमा नियन्त्रण गरिएको कुल क्षेत्रफलको करिब ९३ प्रतिशत हो । त्यस्तै, कालिकोटमा ३.५ हेक्टर, दैलेखमा २.३ हेक्टर, मुगुमा २ हेक्टर, सुर्खेतमा १.५ हेक्टर, रुकुम पश्चिममा १.०५ हेक्टर र जाजरकोटमा ०.६६ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको छ । जाजरकोटमा मात्रै १ हजार २२५.५ हेक्टर वन क्षेत्र अतिक्रमणमा रहे पनि एक वर्षमा ०.६६ हेक्टर मात्रै नियन्त्रण भएको विवरणले देखाउँछ । सल्यानमा ६४४.०५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको भए पनि उक्त वर्षको नियन्त्रण विवरण उपलब्ध छैन । यसले अतिक्रमण बढी भएका जिल्लामा नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्नुपर्ने देखाउँछ । वन अतिक्रमण केवल सरकारी जग्गा कब्जाको विषय मात्र होइन । यसले वनको क्षेत्रफल, जैविक विविधता, जलाधार क्षेत्र र वातावरणीय सन्तुलनमा समेत असर पार्न सक्छ । वन क्षेत्रको संरक्षणका लागि तथ्यांक संकलन र अतिक्रमण हटाउने अभियानसँगै नियमित अनुगमन, सीमांकन र थप अतिक्रमण रोक्ने प्रभावकारी कार्ययोजना आवश्यक हुन्छ । वन संरक्षणको जिम्मेवारी बोकेका सरकारी निकायले अतिक्रमण हटाएको क्षेत्रफल मात्र होइन, नयाँ अतिक्रमण रोक्न गरेका प्रयास र त्यसको नतिजासमेत सार्वजनिक गर्नुपर्ने देखिन्छ । अन्यथा हरेक वर्ष अतिक्रमणको तथ्यांक संकलन हुने तर वन क्षेत्र संरक्षणको उपलब्धि न्यून रहने अवस्था दोहोरिन सक्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रस्तावित न्यायाधीश पाण्डे भन्छन्-न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु
OthersJust now

प्रस्तावित न्यायाधीश पाण्डे भन्छन्-न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीश भएपछि राजनीतिक प्रभाव र सम्बन्धलाई अदालतभित्र प्रवेश गर्न नदिने बताएका छन् । संसदीय सुनुवाइ समितिमा नेकपा एमालेकी सांसद पद्मा अर्यालले भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित मुद्दामा प्रश्न गरेपछि जवाफ दिँदै पाण्डेले न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोलेर न्याय सम्पादन गर्ने गरेको बताएका हुन् । 'भुटानी शरणार्थी… ...

अनलाइन खबर
प्रस्तावित न्यायाधीशको सुनुवाइमा उठ्यो ५२ पदाधिकारीको मुद्दामा सर्वोच्चको ढिलाइबारे प्रश्न
OthersJust now

प्रस्तावित न्यायाधीशको सुनुवाइमा उठ्यो ५२ पदाधिकारीको मुद्दामा सर्वोच्चको ढिलाइबारे प्रश्न

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा संसदीय सुनुवाइबिनै नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीको मुद्दामा सर्वोच्च अदालतले गरेको ढिलाइबारे प्रश्न उठेको छ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूसँग प्रश्न गर्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्याय खोज्ने अन्तिम थलो सर्वोच्च अदालतले राष्ट्रिय महत्त्वका मुद्दामा वर्षौंसम्म निर्णय नगर्नु न्यायिक विश्वसनीयतामाथिकै प्रश्न भएको बताए… ...

अनलाइन खबर
इन्डिया फाइट लिगमा नेपाली एमएमए फाइटर कोसिसको सानदार जित
OthersJust now

इन्डिया फाइट लिगमा नेपाली एमएमए फाइटर कोसिसको सानदार जित

६ असार, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा भएको इन्डिया फाइट लिग (आईएफएल) मा सानदार जित हात पारेका छन् । कोसिसद्ये मोहद सैफलाई पहिलो राउण्डमै टेक्निकल नकआउटका आधारमा पराजित गरेका हुन् । ‘दी अनस्टपेबल’ निकनेमले परिचित कोसिससले दिल्ली फ्रेन्चाइजको प्रतिनिधित्व गर्दै खेलिरहेका छन् । फ्रेन्चाइज बेस्ड मिक्स मार्सल आर्ट्स कम्पिटेसन (आईएफएल) मा ६… ...

अनलाइन खबर
कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
OthersJust now

कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

यही कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै उक्त ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play