Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

कर्णाली याक्सबाट खेल्न डेभिड मिलर नेपाल आइपुगे

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली याक्सबाट खेल्न डेभिड मिलर नेपाल आइपुगे
Photo / Coverage: नेपालन्युज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका स्टार ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। कर्णाली याक्समा अनुबन्ध भएका मिलर बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। नेपाल आइपुगेका मिलरलाई कर्णाली याक्सका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए। ३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलरले अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका चर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत छुट्टै पहिचान बनाएका छन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग, पाकिस्तान सुपर लिगलगायत विभिन्न टी–२० प्रतियोगिता खेलिसकेका छन्। आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले पहिलो पटक आईपीएल उपाधि जित्दा मिलरले टोलीको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले एनपीएलको आकर्षण बढाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। दक्षिण अफ्रिकाका लागि मिलरले १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र नौ अर्धशतकसहित दुई हजार ८०४ रन बनाएका छन्। उनले भारत र बंगलादेशविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिए। समग्र टी–२० क्रिकेटमा भने उनले ५८४ खेल खेल्दै चार शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन बनाएका छन्। सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा शतक प्रहार गर्दै उनले कीर्तिमानसमेत बनाएका थिए। यस्तै, आईपीएलमा पञ्जाबबाट खेल्दै रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ३८ बलमै शतक बनाएका थिए। जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ। तीनमध्ये दुई खेलमा जित निकालेको कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रो खेलमा विराटनगरलाई चार विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग चार विकेटले हार बेहोरेको थियो। अब कर्णाली याक्सले शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतीय विदेश सचिव मिस्रीले आज परराष्ट्र, अर्थ र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्रीले आज परराष्ट्र, अर्थ र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं । दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् । मिस्री आज बिहान नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री बालेन शाहको मङ्सिर पहिलो सातादेखि हुने भनिएको भारत भ्रमणको तयारीका लागि उनी नेपाल आएका हुन् । उनले आज […] ...

लोकपथ
सार्वजनिक संस्थानको स्वायत्तता सुनिश्चित गर्ने चुनौती
Latest NewsJust now

सार्वजनिक संस्थानको स्वायत्तता सुनिश्चित गर्ने चुनौती

नेपाल सरकारले हालै जारी गरेको सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२ ले सार्वजनिक संस्थानहरूको व्यवस्थापनलाई नयाँ दिशातर्फ उन्मुख गर्ने अपेक्षा जगाएको छ। उक्त नीतिको पहिलो बुँदामै 'सार्वजनिक संस्थानको व्यवस्थापनमा... ...

रातोपाटी
दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
Latest NewsJust now

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु

काठमाडौँ । बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ सुरु भएको छ । भट्टको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको छ । भट्टका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play