Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन

Share:WhatsAppFacebookX (Twitter)Telegram
करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन
Photo / Coverage: टेक्नोलोजी खबर

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ। प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो। सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न आज बिहिबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ। मन्त्रालयका खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन् भने विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको छ। अनौपचारिक अध्ययनअनुसार इ-एमआईएस प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीका विवरणहरू दोहोरिएका छन्। यसरी प्रणालीमा देखिएको दोहोरो प्रविष्टिका आधारमा राज्य कोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोषाक, पाठ्यापुस्तक तथा अन्य सेवा-सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै मन्त्रालयले छानबिन अघि बढाएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए। “हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौँ। यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ। अब यसबारे थप छानबिन गरेर दोषीलाई कारबाही हुन्छ,” मन्त्री पोखरेलले भने। गठित समितिले इ-एमआईएस प्रणालीमा यति ठूलो संख्यामा विवरण दोहोरिनुको प्राविधिक कमजोरी वा नियतवश गरिएको बद्मासीबारे विस्तृत अध्ययन गर्नेछ। गलत तथ्याङ्क पेश गरेर राज्य कोषको दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई हदैसम्मको कारबाहीका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने स्पष्ट कार्यादेश समितिलाई दिइएको छ। प्रणालीमा रहेका दोहोरो र फर्जी विवरणहरू हटाएर इ-एमआईएसलाई पूर्ण रूपमा पारदर्शी, सुरक्षित र वास्तविक तथ्याङ्कमा आधारित बनाउन मन्त्रालयले यो कदम चालेको बताएको छ। The post करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
TechnologyJust now

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यात्रु आगमन कक्षमा लगेज सङ्कलन क्षेत्रमा लाइभ फिड सुरु गरिएको हो। यो सेवाबाट अन्तरराष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्। यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन ...

टेक्नोलोजी खबर
सन् २०४० सम्म सिक्सजीले विश्व अर्थतन्त्रमा १.२४ ट्रिलियन डलर योगदान गर्ने अनुमान
TechnologyJust now

सन् २०४० सम्म सिक्सजीले विश्व अर्थतन्त्रमा १.२४ ट्रिलियन डलर योगदान गर्ने अनुमान

छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी) ले सन् २०४० सम्म विश्व अर्थतन्त्रमा थप १.२४ ट्रिलियन अमेरिकी डलर योगदान गर्न सक्ने एक अध्ययनले देखाएको छ। मोबाइल सञ्चालकहरूको विश्वव्यापी संस्था जीएसएमएको प्रतिवेदनअनुसार सिक्सजी प्रविधिको विस्तारबाट विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सन् २०४० सम्म ०.७ प्रतिशत वृद्धि हुन सक्छ। तर आवश्यक फ्रिक्वेन्सी (स्पेक्ट्रम) उपलब्ध नभए यो आर्थिक अवसरको ठूलो हिस्सा गुम्न सक्ने प्रतिवेदनले चेतावनी दिएको ...

टेक्नोलोजी खबर
यामाहा नेपालको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ ग्रान्ड प्राइज विजेता घोषणा, RayZR खरिदमा १० लाख जित
TechnologyJust now

यामाहा नेपालको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ ग्रान्ड प्राइज विजेता घोषणा, RayZR खरिदमा १० लाख जित

२० कात्तिक, काठमाडौं। चाडपर्वको खुसीसँगै १० लाख ३ हजार रुपैयाँको उपहार! यामाहा नेपालको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत ग्रान्ड प्राइज विजेता घोषणा यामाहा नेपालको चाडपर्व लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले Yamaha RayZR 125-FI Street Rally Hybrid खरिद गरी १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्नुभएको छ। बाइकर्ज बुटवलबाट […] The post यामाहा नेपालको ...

आइसिटी फ्रेम
एप्पल आईफोन १८ सिरिज सार्वजनिक गर्ने तयारीमा, डिस्प्ले ६.३ इन्चको हुन सक्ने संभावना
TechnologyJust now

एप्पल आईफोन १८ सिरिज सार्वजनिक गर्ने तयारीमा, डिस्प्ले ६.३ इन्चको हुन सक्ने संभावना

अमेरिकी डिभाइस निर्माता एप्पलले हालै ‘आईफोन १८ प्रो’ सिरिज सार्वजनिक गरेको छ। यसपछिको आईफोन मोडल अर्को वर्षको सुरुतिर बजारमा आउन सक्छ। यो स्मार्टफोनमा ओएलईडी डिस्प्ले र नयाँ पुस्ताको चिपसेट हुने अपेक्षा गरिएको छ; यद्यपि, कम्पनीले यस डिभाइसका बारेमा आधिकारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन। ‘डिजिटल च्याट स्टेसन’ नामक टिपस्टरले माइक्रोब्लगिङ प्लेटफर्म ‘वेइबो’मा गरेको पोस्टमा उल्लेख गरेअनुसार, एप्पलको आईफोन १८ सिरिजमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play