नेपाल टेलिकमले सञ्चार माध्यमहरुमा कम्पनीको खरिद प्रक्रिया वारेमा भ्रमपूर्ण र अपुष्ट समाचारहरु प्रकाशन/प्रसारण भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले आज एक विज्ञप्ति प्रकाशित गरी सस्तो र भरपर्दो दूरसञ्चार सेवाहरु सर्वसुलभ रुपमा सबैलाई उपलब्ध गराउदै, देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउने तथा सहरी क्षेत्रदेखि लिएर देशका अति विकट स्थानमा समेत सेवा उपलब्ध गराउने कार्यमा कम्पनी क्रियाशील रहेको प्रस्ट्याएको छ। खरिद प्रक्रिया सम्बन्धमा कम्पनीको आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिद सम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्ट्यान्डर्ड बीआइडी डकुमेन्टको आधारमा आवश्यक खरिद प्रक्रिया अपनाउने गरेको कम्पनीले बताएको छ। कम्पनीले नयाँ प्रविधि अवलम्बन, गुणस्तरीय सेवाको उपलब्धता, नेपाल सरकारको नीतिगत लक्ष्य प्राप्ति तथा कम्पनीको व्यावसायिकतालाई मध्यनजर गरी विभिन्न कार्य गर्दै आएको दावी गरेको छ। कम्पनीको खरिद प्रक्रिया लगायतका विषयहरुमा सूचना/समाचार प्रकाशन/प्रसारण पूर्व आवश्यक हुने आधिकारिक विवरणहरु कम्पनीका प्रवक्ता, सूचना अधिकारी, सह–प्रवक्ता एवम् सूचना तथा प्रकाशन शाखाबाट सहज रुपमा उपलब्ध भइरहेको र सो सुविधाको उपयोग गर्न कम्पनीले आग्रह गरेको छ। The post कम्पनीका कामकारबाही बारे आधिकारिक सूचना प्रयोग गर्न र भ्रमपूर्ण तथा अपुष्ट समाचार नछाप्न नेपाल टेलिकमको आग्रह appeared first on Technology Khabar.
कम्पनीका कामकारबाही बारे आधिकारिक सूचना प्रयोग गर्न र भ्रमपूर्ण तथा अपुष्ट समाचार नछाप्न नेपाल टेलिकमको आग्रह

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






