Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

ओलीको दाबी- ‘आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएका छन्’

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलीको दाबी- ‘आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएका छन्’
Photo / Coverage: पर्दाफास

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचन एमालेलाई अनुकूल बन्दै गएको बताएका हुन् । उनले एमालेले स्थानीय तहको निर्वाचन र प्रदेश तहको निर्वाचनको तयारीलाई गम्भीर भएर लाग्ने बताए। उनले स्थानीय तह र प्रदेश सभा निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको उल्लेख गरे । स्थानीय तह निर्वाचन केवल स्थानीय सरकार गठनमा सीमित नरहेको उल्लेख गर्दै उनले यसले राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता तयार गर्ने बताए । स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्वपूर्ण हुने उनको भनाई छ । त्यस्तै, प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रियसभा निर्वाचनका लागि थप मतभार भएका मतदाता चयन गर्ने उनले बताए । प्रदेश सभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता समेत हुने भएकाले आगामी निर्वाचनहरू एक अर्कासँग अन्तरसम्बन्धित रहेको उनको भनाई छ । आगामी दिनमा स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने उल्लेख गर्दै यी सबै निर्वाचनलाई रणनीतिक महत्वका साथ लिनुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचनलाई फोकस गरेर संगठन निर्माण गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए। कार्यकर्ताबीचमा एकता नहुँदा एमालेले निर्वाचनमा धक्का व्यहोर्नुपरेको उनको भनाई छ । उनले निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमा नै कारबाही गर्न पनि निर्देशन दिए। उनले गत फागुनमा भएको निर्वाचन भदौ २३ र २४ गते भएको अराजकलाई वैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरेर गरिएको आरोप लगाए । उनका अनुसार उक्त निर्वाचन राज्यशक्तिको प्रयोग गरेर शान्तिपूर्ण रूपमा बुथ कब्जा गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छु : देउवा
OthersJust now

मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छु : देउवा

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूको बलिदानबाट बनेको काँग्रेस पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने बताएका छन् । शनिवार काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै देउवाले आफूलाई व्यक्तिगत रूपमा केही चाहना नभए पनि पार्टीका लागि अन्तिम समयसम्म लडिरहने बताएका हुन् । पार्टीकै सहयोगका कारण आफू पाँचपटक प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै उनले पार्टीप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताए । उनले काँग्रेस ...

पर्दाफास
अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र
OthersJust now

अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र

२८ कात्तिक, महोत्तरी । महोत्तरीको गौशाला बजारस्थित अतिक्रमित सरकारी जग्गा खाली गराउन नगरपालिकाले आवश्यक सुरक्षा व्यवस्थाको माग गर्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेको छ । गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले शुक्रबार प्रधानमन्त्री शाहलाई पत्र लेख्दै गौशाला बजारस्थित सरकारी जग्गा खाली गराउने कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरेका हुन् । सुरक्षा व्यवस्थाका लागि… ...

अनलाइन खबर
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गतेसम्म समय
OthersJust now

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गतेसम्म समय

मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दाबी पेस गर्ने समय २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म तोकिएको छ । प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आह्वान गरेका हुन् । उक्त व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई ...

पर्दाफास
सांसदहरुलाई रविको निर्देशन- ‘जनताको मालिक होइन, सेवक बनेर काम गर्नुहोस्’
OthersJust now

सांसदहरुलाई रविको निर्देशन- ‘जनताको मालिक होइन, सेवक बनेर काम गर्नुहोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् । छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदहरुलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए । सभापति लामिछाने छठ पर्व मनाउने सन्दर्भमा शनिबार जनकपुर आइपुगेका हुन् । उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन नभई आफ्नो अमूल्य मत दिएका मतदाताहरुको जीवनशैलीमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play