Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने, १ः०.५७४ सेयर स्वाप रेसियो प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने, १ः०.५७४ सेयर स्वाप रेसियो प्रस्ताव
Photo / Coverage: टक्सार

काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । कम्पनीले रोयल फर्मास्युटिकल्स प्राप्ति गर्ने विशेष प्रस्तावसहित१३औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २६ गते चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित कम्पनीको उद्योग परिसरमा बस्ने गरी साधारणसभा बोलाएको हो । सभामा रोयल फर्मास्युटिकल्स लिमिटेडलाई १ः०.५७४ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्ने विशेष प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ । उक्त अनुपात अनुसार रोयल फर्मास्युटिकल्सको १ कित्ता सेयर बराबर ओम मेगाश्री फर्मास्युटिकल्सको ०.५७४ कित्ता सेयर प्रदान गरिनेछ ।यसका साथै प्राप्तिसम्बन्धी प्रारम्भिक समझदारीपत्र र सोको संशोधन, प्राप्ति समिति गठन, स्वतन्त्र मूल्याङ्कनकर्ता तथा कानुनी सल्लाहकारको नियुक्ति, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन र अन्तिम सहमतिपत्र लगायतका सम्पूर्ण कामकारबाही अनुमोदन गर्ने प्रस्ताव पनि सभामा लगिने कम्पनीले जनाएको छ । प्राप्ति प्रक्रिया तथा कम्पनीको अन्य आवश्यक संस्थागत व्यवस्थाका लागि प्रबन्धपत्र र नियमावलीका सम्बन्धित प्रावधानहरू संशोधन गर्ने तथा विशेष प्रस्ताव कार्यान्वयनका सिलसिलामा नियमनकारी निकाय वा अन्य कार्यालयबाट निर्देशन प्राप्त भएमा संशोधन, परिमार्जन वा थपघट गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश छ । विशेष प्रस्तावबाहेक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने सामान्य प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनी समूहबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि तय गरिएको छ । साधारणसभा तथा सञ्चालक निर्वाचन प्रयोजनका लागि कम्पनीले मङ्सिर १५ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यो पनि पढ्नुहोस ओम मेगाश्री फार्मास्युटिकल्सको नोक्सानीमा सुधार, खर्च कटौतीले दियो राहत

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हेर्नुहोस् साताका ७ तस्बिर
Latest NewsJust now

हेर्नुहोस् साताका ७ तस्बिर

काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार - छठका अवसरमा गौरीघाटमा अस्ताउँदो सूर्यलाई दिइयाे अर्घ्य... ...

रातोपाटी
सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई गति दिन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
Latest NewsJust now

सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई गति दिन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुन लागेको हो । ...

कान्तिपुर
विद्यार्थीलाई न्यानो कपडा
Latest NewsJust now

विद्यार्थीलाई न्यानो कपडा

दैलेख समाचारदातादैलेख, मङ्सिर ६ गते । दैलेखका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको डाँडापराजुलस्थित पिपलचौतारा माध्यमिक विद्यालयका २४४ जना विद्यार्थीलाई न्यानो कपडा... ...

गोरखापत्र
बगरबाट बन्यो धार्मिक पर्यटकीय स्थल
Latest NewsJust now

बगरबाट बन्यो धार्मिक पर्यटकीय स्थल

मकवानपुर, मङ्सिर ६ गते । सत्र वर्षअघि राप्ती नदीको बगर र काँसघारी रहेको हेटौँडा उपमहानगरपालिका–९ स्थित त्रिवेणीधाम अहिले धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । स्थानी... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play