Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

ओपनएआईले साइबर सुरक्षाका लागि नयाँ मोडेल ल्यायो, के यो पर्याप्त होला?

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओपनएआईले साइबर सुरक्षाका लागि नयाँ मोडेल ल्यायो, के यो पर्याप्त होला?
Photo / Coverage: टेक्नोलोजी खबर

कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी ओपनएआईले साइबर सुरक्षासम्बन्धी जोखिम पहिचान र समाधान गर्न नयाँ एआई मोडेल सार्वजनिक गरेको छ। तर एआईकै सहयोगमा ह्याकरहरूले गम्भीर सुरक्षा कमजोरी पत्ता लगाउन सक्ने क्रम बढिरहेका बेला यो कदम पर्याप्त हुनेमा प्रश्न उठेको छ। स्टार्टअप कम्पनी चार्ज रोबोटिक्सका सहसंस्थापक तथा प्रमुख प्रविधि अधिकृत म्याक्स जस्टिचले ओपनएआईको एआई मोडेल प्रयोग गरेर गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएका छन्। उक्त कमजोरीको दुरुपयोग भएको अवस्थामा ह्याकरहरूले उबुन्टु अपरेटिङ सिस्टम चलिरहेका सर्भरमाथि नियन्त्रण कायम गर्न सक्ने जोखिम थियो। उबुन्टु खुला स्रोतमा आधारित लिनक्स अपरेटिङ सिस्टम हो, जुन विश्वभर व्यापक रूपमा प्रयोग हुन्छ। टेकक्रञ्चका अनुसार साइबर सुरक्षामा रुचि राख्ने जस्टिचले यसअघि पनि सोही सफ्टवेयरको कोडमा सुरक्षा कमजोरी फेला पारेका थिए। उनले टेकक्रन्चसँग कुरा गर्दै गत जुलाईमा सार्वजनिक भएको ओपनएआईको जीपीटी ५.६ सोल मोडेल प्रयोग गरेर नयाँ कमजोरी पत्ता लगाएको बताएका छन्। उनले यो काम ओपनएआईको ‘डेब्रेक ब्लु’ कार्यक्रममार्फत गरेका थिए। उक्त कार्यक्रमले साइबर सुरक्षा अनुसन्धानकर्तालाई शक्तिशाली एआई मोडेल प्रयोग गर्ने पहुँच दिन्छ। जस्टिचका अनुसार उनले पहिले नै कमजोरी फेला पारेर सुधार गरिएको कोड पुनः एआई मोडेललाई दिए। त्यसपछि केही वर्षअघि समाधान गरिएको उक्त समस्याजस्तै वा त्योभन्दा गम्भीर कमजोरी खोज्न निर्देशन दिए। एआई मोडेलले दुई घण्टाभित्रै नयाँ कमजोरी पत्ता लगाएको उनले बताए। उनका अनुसार उक्त कमजोरी निकै जटिल थियो र मानिसले सजिलै पत्ता लगाउन सक्ने खालको थिएन। उनले यो समस्या डेबियन परियोजनालाई जानकारी गराएपछि त्यसको समाधानका लागि सुरक्षा अद्यावधिक जारी गरिएको थियो। अहिलेसम्म उक्त कमजोरीको दुरुपयोग भएको प्रमाण भने फेला परेको छैन। तर सामान्य प्रयोगकर्ताले समेत एआईको सहयोगमा यस्ता गम्भीर सुरक्षा कमजोरी पत्ता लगाउन सक्ने घटनाले साइबर सुरक्षामा नयाँ चुनौती थपिएको देखाएको छ। जस्टिचले सामाजिक सञ्जालमा लेख्दै आगामी केही महिनामा एआईको सहयोगमा निकै गम्भीर सुरक्षा कमजोरी फेला पर्ने र तिनको दुरुपयोग हुन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार अहिलेसम्म सुरक्षा परीक्षण नगरिएका सफ्टवेयरको कोड वा बाइनरी फाइल शक्तिशाली एआई मोडेललाई दिएर कमजोरी खोज्ने अभ्यासले ठूलो जोखिम निम्त्याउन सक्छ। यसैबीच ओपनएआईले साइबर सुरक्षामा केन्द्रित नयाँ मोडेल ‘च्याटजीपीटी साइबर’ सार्वजनिक गरेको छ। कम्पनीले यसलाई आफ्नो ‘डेब्रेक रेड’ कार्यक्रमअन्तर्गत साइबर सुरक्षा अनुसन्धानकर्ताको उच्च तहका प्रयोगकर्तालाई उपलब्ध गराउने जनाएको छ। उक्त कार्यक्रमले सुरक्षा कमजोरी खोज्ने र तिनको परीक्षण तथा विकास गर्ने अनुसन्धानकर्तालाई आवश्यक उपकरण उपलब्ध गराउँछ। ओपनएआईले यसअघि नै यही मोडेल प्रयोग गरेर लिनक्स कर्नेलमा सुरक्षा कमजोरी खोजी समाधानका लागि अद्यावधिक तयार पारेको जनाएको थियो। कम्पनीका अनुसार यस क्रममा ९४८ सम्भावित समस्या पहिचान भएका थिए। त्यस्तै, वेब ब्राउजर फायरफक्समा ८१ नयाँ सुरक्षा कमजोरी फेला पारिएको थियो। कम्पनीले आफ्नो लक्ष्य डेब्रेक कार्यक्रमलाई विस्तार गरी सबै आकारका संस्थाहरू, स्वतन्त्र अनुसन्धानकर्ता र खुला स्रोत सफ्टवेयर विकासकर्तालाई उन्नत साइबर सुरक्षा अनुसन्धानको पहुँच उपलब्ध गराउनु रहेको जनाएको छ। ओपनएआईका अनुसार डिजिटल पूर्वाधारको सुरक्षा गर्ने निकायसँग एआईबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न सीमित समय मात्र छ। भविष्यमा एआई मोडेल अझ शक्तिशाली र ह्याकिङका लागि सहज रूपमा उपलब्ध हुने भएकाले अहिले नै सुरक्षा कमजोरी पहिचान र समाधान गर्नुपर्ने कम्पनीको भनाइ छ। तर साइबर सुरक्षा विज्ञहरूका लागि यो चुनौती थप जटिल बन्दै गएको छ। एआईले तीव्र गतिमा नयाँ सुरक्षा कमजोरी पत्ता लगाउन थाले पनि तिनलाई समाधान गर्ने जनशक्ति र स्रोतसाधन पर्याप्त नहुन सक्छन्। जस्टिचले आफूले केही सुरक्षा कमजोरी पत्ता लगाउन सदस्यता र एआई प्रयोगका लागि करिब पाँच हजार अमेरिकी डलर खर्च गरेको बताएका छन्। ओपनएआईले डेब्रेक कार्यक्रमबाहेक महत्त्वपूर्ण डिजिटल पूर्वाधारको सुरक्षामा काम गर्ने साइबर सुरक्षा विशेषज्ञलाई सहयोग गर्न एक अर्ब अमेरिकी डलरको कार्यक्रम पनि घोषणा गरेको छ। यसमा विद्युत् प्रसारण प्रणाली र खानेपानी आपूर्तिजस्ता महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने विज्ञहरू समावेश छन्। तर डेब्रेक कार्यक्रममाथि पनि प्रश्न उठेका छन्। जस्टिचका अनुसार ओपनएआईले हालै डेब्रेक ब्लु मोडेलको क्षमता घटाएको देखिन्छ। यसले सुरक्षा कमजोरी पत्ता लगाउन मोडेलको उपयोगिता कम गरेको उनको भनाइ छ। सम्भावित दुरुपयोग रोक्न पहुँच सीमित गर्नु उचित हुन सक्ने भए पनि साइबर सुरक्षा अनुसन्धानकर्तालाई शक्तिशाली एआई प्रयोग गर्न नदिँदा उनीहरू कमजोर अवस्थामा पुग्ने विज्ञहरूको चिन्ता छ। अर्कोतर्फ, खराब नियत भएका व्यक्तिहरूले सुरक्षा नियन्त्रण हटाइएका खुला स्रोत एआई मोडेल प्रयोग गर्न सक्ने जोखिम छ। ओपनएआईका अनुसार हाल डेब्रेक कार्यक्रममा केही हजार साइबर सुरक्षा विशेषज्ञ मात्र सहभागी छन्। तर सम्भावित ह्याकरहरूको संख्या त्योभन्दा निकै ठूलो हुन सक्छ। एआई कम्पनीहरूले साइबर सुरक्षामा पर्याप्त स्रोतसाधन लगानी गरिरहेका छन् कि छैनन् भन्ने प्रश्न पनि उठेको छ। ओपनएआईका अनुसन्धानकर्ता एरिक वालेसले खुला स्रोत सफ्टवेयरका सुरक्षा कमजोरी पत्ता लगाउन र समाधान गर्न कम्पनीले आफ्नो शक्तिशाली कम्प्युटिङ स्रोतको उल्लेख्य हिस्सा निःशुल्क रूपमा परिचालन गरिरहेको बताएका छन्। तर लिनक्समा सुरक्षा कमजोरी खोज्ने काममै १२ लाख अमेरिकी डलर खर्च भएको थियो। यो तरल पदार्थको गतिशास्त्रसँग सम्बन्धित चर्चित समस्याको सम्भावित समाधान खोज्न कम्पनीले खर्च गरेको करिब ६० लाख डलरको एआई टोकन लागतभन्दा कम हो। विश्वले प्रयोग गरिरहेका डिजिटल पूर्वाधारलाई एआईबाट उत्पन्न हुन सक्ने साइबर जोखिमबाट जोगाउन समय सीमित रहेको अवस्थामा सुरक्षा अनुसन्धान र कमजोरी समाधानको काम अझ तीव्र बनाउनुपर्ने देखिएको छ। The post ओपनएआईले साइबर सुरक्षाका लागि नयाँ मोडेल ल्यायो, के यो पर्याप्त होला? appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ब्लु ओरिजिनले सार्वजनिक गर्‍यो न्यु ग्लेन रकेटका लागि तेस्रो चरण र नयाँ इन्जिन
TechnologyJust now

ब्लु ओरिजिनले सार्वजनिक गर्‍यो न्यु ग्लेन रकेटका लागि तेस्रो चरण र नयाँ इन्जिन

अमेरिकी अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले आफ्नो शक्तिशाली रकेट ‘न्यु ग्लेन’ का लागि तेस्रो चरण विकास गरेको घोषणा गरेको छ। कम्पनीले नोभेम्बर ५ मा नयाँ चरणसँगै पहिलो चरणमा प्रयोग हुने नयाँ इन्जिन विकास गरिरहेको जानकारी पनि दिएको हो। जेफ बेजोसको कम्पनीका अनुसार जीएस३ नाम दिइएको नयाँ चरणले न्यु ग्लेन रकेटको क्षमता र उपयोगितालाई थप विस्तार गर्नेछ। यसबाट भूस्थिर कक्षमा उपग्रहहरूको समूह (स्याटेलाइट ...

टेक्नोलोजी खबर
इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना  लागू गर्ने
TechnologyJust now

इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना लागू गर्ने

युरोपेली सङ्घ (इयू) ले विद्यालयका बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्रको परीक्षण सुरु गर्ने योजना बनाएको बिहीबार जनाएको छ। द्रूत गतिमा विकास भइरहेको प्रविधिको शिक्षामाथिको प्रभावलाई सम्बोधन गर्ने प्रयासको अंशका रूपमा यो कदम चालिएको हो। “यसले साना विद्यार्थीहरूलाई एआई कसरी काम गर्छ भन्ने बुझ्न, यसले दिएको जानकारी जाँच्न, हेरफेर पहिचान गर्न र कहिले बन्द गर्ने भन्ने जान्न सहयोग गर्नेछ,” युरोपेली आयोगकी उपाध्यक्ष रोक्साना ...

टेक्नोलोजी खबर
अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड
TechnologyJust now

अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ। टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ। सेवाग्राहीलाई सहज रूपमा घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवले जानकारी ...

टेक्नोलोजी खबर
स्टारलिंक मोबाइलले आफ्ना फाइभजी बेस स्टेशनहरू क्वालकम प्लेटफर्ममा विकास गर्ने
TechnologyJust now

स्टारलिंक मोबाइलले आफ्ना फाइभजी बेस स्टेशनहरू क्वालकम प्लेटफर्ममा विकास गर्ने

क्वालकमले अमेरिकामा स्टारलिंक मोबाइलको स्थलीय नेटवर्क विकास गर्न स्पेसएक्ससँग सहकार्य गरिरहेको घोषणा गरेको छ। कम्पनीले आफ्नो नेटवर्कका लागि क्वालकम ड्रागनविङ्ग क्यूआरयू १०० क्यूडियु१०० र्यान (Qualcomm Dragonwing QRU100 र QDU100 RAN) प्लेटफर्महरू तथा ‘लेयर १’ सफ्टवेयरको प्रयोग गर्नेछ। क्वालकमका अनुसार, ‘ओपन’ र ‘भर्चुअल’ र्यान प्रयोगका लागि डिजाइन गरिएका यी ५जी रेडियो चिपहरूले उच्च क्षमताको ‘म्यासिम मिमो’ रेडियो र बेसबेन्ड प्रविधिलाई ऊर्जा-कुशल प्रशोधन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play