Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना लागू गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना  लागू गर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

युरोपेली सङ्घ (इयू) ले विद्यालयका बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्रको परीक्षण सुरु गर्ने योजना बनाएको बिहीबार जनाएको छ। द्रूत गतिमा विकास भइरहेको प्रविधिको शिक्षामाथिको प्रभावलाई सम्बोधन गर्ने प्रयासको अंशका रूपमा यो कदम चालिएको हो। “यसले साना विद्यार्थीहरूलाई एआई कसरी काम गर्छ भन्ने बुझ्न, यसले दिएको जानकारी जाँच्न, हेरफेर पहिचान गर्न र कहिले बन्द गर्ने भन्ने जान्न सहयोग गर्नेछ,” युरोपेली आयोगकी उपाध्यक्ष रोक्साना मिन्जाटुले भनिन्। ब्रसेल्सले १५ वर्षका विद्यार्थीका लागि सन् २०२७/२०२८ शैक्षिक सत्रदेखि नयाँ शैक्षिक कार्यक्रम सुरु गर्ने लक्ष्य राखेको छ। विश्वभरका शिक्षक र विद्यार्थीहरू कक्षाकोठामा कृत्रिम बुद्धिमत्ताको प्रभावसँग जुधिरहेका बेला यो कदम आएको हो। इयूले आफ्ना २७ सदस्य राष्ट्रहरूको शिक्षा नीतिमाथि नियन्त्रण राख्दैन। तर उसले बालबालिकालाई सुरक्षित रूपमा एआई प्रयोग गरी पढाउने उपाय खोज्ने प्रयासहरूलाई पहिलेदेखि नै समर्थन गर्दै आएको छ। यससँगै ब्रसेल्सले किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालमा पहुँच सीमित गर्ने कानुन पनि अगाडि बढाइरहेको छ । मिन्जाटुले यी दुई पहलहरू एकअर्कासँग बाझिने खालका नभएको जोड दिइन्। “एआईले ‘ट्युटोरिङ’, व्यक्तिगत सिकाइ केही शैक्षिक प्रक्रियाहरूलाई साँच्चिकै बढावा दिन सक्छ”, उनले भनिन, “प्रविधि र एआई प्रयोग गर्ने यी तरिकाहरू प्लेटफर्महरूका लत लाग्ने एल्गोरिदमसँग कुनै सम्बन्ध राख्दैनन्।” रासस/एएफपी The post इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना लागू गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ब्लु ओरिजिनले सार्वजनिक गर्‍यो न्यु ग्लेन रकेटका लागि तेस्रो चरण र नयाँ इन्जिन
TechnologyJust now

ब्लु ओरिजिनले सार्वजनिक गर्‍यो न्यु ग्लेन रकेटका लागि तेस्रो चरण र नयाँ इन्जिन

अमेरिकी अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले आफ्नो शक्तिशाली रकेट ‘न्यु ग्लेन’ का लागि तेस्रो चरण विकास गरेको घोषणा गरेको छ। कम्पनीले नोभेम्बर ५ मा नयाँ चरणसँगै पहिलो चरणमा प्रयोग हुने नयाँ इन्जिन विकास गरिरहेको जानकारी पनि दिएको हो। जेफ बेजोसको कम्पनीका अनुसार जीएस३ नाम दिइएको नयाँ चरणले न्यु ग्लेन रकेटको क्षमता र उपयोगितालाई थप विस्तार गर्नेछ। यसबाट भूस्थिर कक्षमा उपग्रहहरूको समूह (स्याटेलाइट ...

टेक्नोलोजी खबर
अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड
TechnologyJust now

अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ। टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ। सेवाग्राहीलाई सहज रूपमा घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवले जानकारी ...

टेक्नोलोजी खबर
ओपनएआईले साइबर सुरक्षाका लागि नयाँ मोडेल ल्यायो, के यो पर्याप्त होला?
TechnologyJust now

ओपनएआईले साइबर सुरक्षाका लागि नयाँ मोडेल ल्यायो, के यो पर्याप्त होला?

कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी ओपनएआईले साइबर सुरक्षासम्बन्धी जोखिम पहिचान र समाधान गर्न नयाँ एआई मोडेल सार्वजनिक गरेको छ। तर एआईकै सहयोगमा ह्याकरहरूले गम्भीर सुरक्षा कमजोरी पत्ता लगाउन सक्ने क्रम बढिरहेका बेला यो कदम पर्याप्त हुनेमा प्रश्न उठेको छ। स्टार्टअप कम्पनी चार्ज रोबोटिक्सका सहसंस्थापक तथा प्रमुख प्रविधि अधिकृत म्याक्स जस्टिचले ओपनएआईको एआई मोडेल प्रयोग गरेर गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएका छन्। उक्त ...

टेक्नोलोजी खबर
स्टारलिंक मोबाइलले आफ्ना फाइभजी बेस स्टेशनहरू क्वालकम प्लेटफर्ममा विकास गर्ने
TechnologyJust now

स्टारलिंक मोबाइलले आफ्ना फाइभजी बेस स्टेशनहरू क्वालकम प्लेटफर्ममा विकास गर्ने

क्वालकमले अमेरिकामा स्टारलिंक मोबाइलको स्थलीय नेटवर्क विकास गर्न स्पेसएक्ससँग सहकार्य गरिरहेको घोषणा गरेको छ। कम्पनीले आफ्नो नेटवर्कका लागि क्वालकम ड्रागनविङ्ग क्यूआरयू १०० क्यूडियु१०० र्यान (Qualcomm Dragonwing QRU100 र QDU100 RAN) प्लेटफर्महरू तथा ‘लेयर १’ सफ्टवेयरको प्रयोग गर्नेछ। क्वालकमका अनुसार, ‘ओपन’ र ‘भर्चुअल’ र्यान प्रयोगका लागि डिजाइन गरिएका यी ५जी रेडियो चिपहरूले उच्च क्षमताको ‘म्यासिम मिमो’ रेडियो र बेसबेन्ड प्रविधिलाई ऊर्जा-कुशल प्रशोधन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play