Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

एलबीईएफ कलेजमा ‘एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे काठमाडौँ २०२६’ भव्यताका साथ सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
एलबीईएफ कलेजमा ‘एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे काठमाडौँ २०२६’ भव्यताका साथ सम्पन्न
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेशन फाउन्डेशन (एलबीईएफ) कलेजको प्राङ्गणमा आज ‘एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे काठमाडौँ २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। एडब्लुएस स्टुडेन्ट बिल्डर ग्रुप एलबीईएफका लिडर मोहित भण्डारीको नेतृत्वमा आयोजित यस तेस्रो वार्षिक सम्मेलनमा काठमाडौँ उपत्यका तथा बाहिरका विभिन्न कलेजका सयौँ विद्यार्थी, प्रविधि उत्साही र सूचना प्रविधि क्षेत्रका विज्ञहरूको उत्साहजनक सहभागिता रहेको थियो। किताबी ज्ञान र व्यावहारिक प्रविधि क्षेत्रबिचको दूरी कम गर्ने मुख्य उद्देश्यका साथ आयोजित एकदिने सम्मेलनमा मुख्य प्रवचन (किनोट सेसन), प्यानल छलफल, समानान्तर प्राविधिक सत्र तथा कार्यशालाहरू सञ्चालन गरिएका थिए। कार्यक्रमका आयोजक एवं एडब्लुएस स्टुडेन्ट बिल्डर ग्रुप एलबीईएफका लिडर मोहित भण्डारीले यस मञ्चमार्फत विभिन्न कलेजका विद्यार्थीहरूले एआई, क्लाउड कम्प्युटिङ, डेभअप्स, साइबर सुरक्षा र नेटवर्किङका क्षेत्रमा व्यावहारिक ज्ञान हासिल गर्ने अवसर पाएको बताए। ‘अन्तर्राष्ट्रिय कम्पनी तथा नेपालको प्रविधि क्षेत्रमा लामो अनुभव बटुलेका विज्ञहरूलाई एउटै मञ्चमा ल्याएर विद्यार्थीहरूलाई नयाँ र व्यावहारिक अनुभव प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो’ भण्डारीले भने। क्लाउड पूर्वाधार र कोडिङभन्दा बाहिरको करियरमा किनोट वक्ताहरूको जोडकार्यक्रमका प्रमुख अतिथि एवं पारामाउन्ट कम्प्युटर सिस्टम्स (युएई र ओमान) का आईटी सर्भिसेज प्रमुख तथा स्टेलर कम्प्युटर सिस्टम्सका प्रबन्ध निर्देशक अमित कुमार शर्माले नेपालजस्तो विकासोन्मुख मुलुकका लागि क्लाउड प्रविधिको रणनीतिक महत्त्वबारे विशेष प्रवचन दिएका थिए। क्लाउड प्रविधिले महँगो भौतिक पूर्वाधारको बाध्यता हटाएर नेपाली युवा तथा स्टार्टअपहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्ने बाटो खोलिदिएको उल्लेख गर्दै शर्माले सुरुवाती चरणदेखि नै प्रणालीको सुरक्षा र आर्किटेक्चरमा ध्यान दिन सुझाव दिए। उनले क्लाउड सुरक्षामा देखिने ९० प्रतिशत समस्याहरू प्रणालीको गलत कन्फिगरेसनका कारण हुने भएकाले जिम्मेवार भएर प्रविधि निर्माण गर्न विद्यार्थीहरूलाई आग्रह गरे। त्यस्तै, अर्का किनोट वक्ता रिभकेटर एलएलसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्बित भट्टराईले प्रविधि क्षेत्रमा दिगो करियर निर्माण गर्न सामान्य कोडिङ ज्ञानमात्र पर्याप्त नहुने बताउनुभयो। मार्केटिङ र फाइनान्सको पृष्ठभूमिबाट प्रविधि कम्पनीको नेतृत्वसम्म पुगेको आफ्नो अनुभव साझा गर्दै भट्टराईले निरन्तरता र समयअनुसारको अनुकूलन क्षमता नै सफलताको कडी भएको धारणा राखे। यसैगरी, कार्नोभेसन इन्कका सीईओ उपेन्द्र प्रसाद न्यौपानेले पनि किनोट वक्ताका रूपमा सम्बोधन गर्दै वर्तमान प्रविधि बजारमा नवप्रवर्तन र दक्ष जनशक्तिको आवश्यकतामाथि प्रकाश पारेका थिए। फिजिकल एआई ल्याब र ‘एलबीईएफ एडुशिल्ड’ को घोषणाआयोजक संस्था एलबीईएफ कलेजका अध्यक्ष ई. पङ्कज जालानले नेपालमा पहिलो पटक स्नातक तहमा क्लाउड इन्जिनियरिङको पठनपाठन सुरु गरेर एलबीईएफले प्रविधि शिक्षामा अग्रणी भूमिका निर्वाह गरिरहेको बताए। देशभरका २० भन्दा बढी कलेजहरूमा विस्तार भएको विद्यार्थी समुदायको सक्रियताको प्रशंसा गर्दै उनले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइका लागि कलेजले चाँडै नै नेपालको पहिलो ‘फिजिकल मल्टिडिसिप्लिनरी एआई ल्याब’ सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो। साथै, विद्यार्थीहरूको शैक्षिक निरन्तरताको सुनिश्चितताका लागि कलेजले आगामी सातादेखि ‘एलबीईएफ एडुशिल्ड’ नामक विशेष बीमा योजना लागू गर्न लागेको समेत उनले घोषणा गरे। एआई, डेभअप्स र विश्वबजारका अवसरबारे प्यानल छलफलसम्मेलनको मुख्य आकर्षणका रूपमा कार्नोभेसन इन्कका सीईओ उपेन्द्र प्रसाद न्यौपानेको सहजीकरणमा समसामयिक प्रविधि र करियर अवसरसम्बन्धी विशेष प्यानल छलफल सम्पन्न भयो। उक्त सत्रमा प्यानलिस्टका रूपमा सहभागी विज्ञहरूले आ–आफ्नो क्षेत्रको अनुभव साटेका थिए । उक्त प्यानल छलफलमा कमिट स्मार्टकी एआई/डेभअप्स आर्किटेक्ट देवी भट्टराई, मेजर लिग ह्याकिङकी सफ्टवेयर इन्जिनियर रशिका कार्की, रिभकेटर एलएलसीका संस्थापक तथा सीईओ सम्बित भट्टराई र स्मार्ट सोलुसन्स टेक्नोलोजीका संस्थापक तथा सीईओ निराज गोर्खाली सहभागी थिए । वक्ताहरूले आधुनिक डेभअप्स प्रणालीमा एआईको प्रयोग, विश्वस्तरीय ओपन-सोर्स समुदायमा नेपाली विद्यार्थीहरूको सहभागिता र शैक्षिक अध्ययनपछि कर्पोरेट प्रविधि क्षेत्रमा प्रवेश गर्दा ध्यान दिनुपर्ने व्यावहारिक पक्षहरूबारे गहन छलफल गरेका थिए। सन् २०२४ देखि सुरु भएको एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे नेपालको विद्यार्थी डेभलपर समुदायका लागि एक महत्त्वपूर्ण वार्षिक उत्सवका रूपमा स्थापित हुँदै गएको छ। अमेजन वेब सर्भिसेज (एडब्लुएस) को विश्वव्यापी ‘एडब्लुएस स्टुडेन्ट बिल्डर ग्रुप्स’ पहलको सहयोगमा आयोजित यस निःशुल्क सम्मेलनले आगामी पुस्ताका नेपाली प्रविधि निर्माताहरूलाई विश्वस्तरीय ज्ञान, प्रमाणपत्र तयारी र व्यावसायिक नेटवर्किङको बलियो आधार प्रदान गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी
Latest NewsJust now

किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी

साेल । उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित चीन भ्रमणबारे दक्षिण कोरियाको गुप्तचर निकायले निगरानी बढाएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिना दक्षिण... ...

रातोपाटी
हरिनारायण साहले मधेसलाई दिलाए १०औँ राष्ट्रिय खेलकुदको पहिलो पदक
Latest NewsJust now

हरिनारायण साहले मधेसलाई दिलाए १०औँ राष्ट्रिय खेलकुदको पहिलो पदक

• कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साका हरिनारायण साहले कांस्य पदक जितेका छन्। • साहको यो उपलब्धिले मधेस प्रदेशका लागि पहिलो पदकको रूपमा मान्यता पाएको छ। • उनले लामो समयको मेहनत र अनुशासनका साथ शारीरिक सुगठनतर्फ मेन्स क्लासिकल ओपन स्पर्धामा तेस्रो स्थान हासिल गरेका हुन्। ...

नेपालबहस
भारतले राज्यको सीट सङ्ख्या ५० प्रतिशत वृद्धि गर्ने
Latest NewsJust now

भारतले राज्यको सीट सङ्ख्या ५० प्रतिशत वृद्धि गर्ने

नयाँ दिल्ली, मङ्सिर १२ गते । भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्ले... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement