Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एमालेले एक दिन अगाडी सार्‍यो केन्द्रिय कमिटीको बैठक

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेले एक दिन अगाडी सार्‍यो केन्द्रिय कमिटीको बैठक
Photo / Coverage: पर्दाफास

नेकपा एमालेले केन्द्रिय कमिटीको बैठकलाई एक दिन अगाडी सारेको छ । एमालेको मंगलवार बसेको स्थायी कमिटिको बैठकले केन्द्रिय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रिय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकले मंसिर २ र ३ गतेका लागि तोकिएको राष्ट्रिय भेलामा प्रश्तुत गर्ने एजेण्डा समेत पारित गरेको छ । एमालेको राष्ट्रिय भेलामा स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा बनाएको उपमहासचिव भट्टले बताए । राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनलाई मुख्य एजेण्डाका रूपमा अगाडी बढाउने उनले बताए । उनकाअनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रश्तुत गर्नेछन् । त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रश्तुत गर्ने उनले जानकारी दिए । उनकाअनुसार उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र र अर्का उपाध्यक्ष विष्णु पौडेलले एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रश्तुत गर्नेछन् । त्यसैगरी, पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिवले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भट्टले जानकारी दिए । बैठकमा भेलाको तयारीबारे संगठन विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी गराएको उनले बताए । राष्ट्रिय भेलामा पार्टी पुनर्गठनको विषयमा भने छलफल नहुने उनले जानकारी दिए । उक्त विषय केन्द्रिय समितिले यसअघि नै टुंग्याइसकेकोले अब थप छलफल आवश्यक नरहेको उनको भनाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशमा अस्थिर सत्ता : नेताहरूमा निष्ठा र नैतिकताको खडेरी
OthersJust now

मधेशमा अस्थिर सत्ता : नेताहरूमा निष्ठा र नैतिकताको खडेरी

राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा भन्छन्– मधेशमा मात्र होइन, देशकै राजनीतिमा नैतिकताको खडेरी छ । पदका लागि राजनीतिक निष्ठा र सिद्धान्त बिर्सिइएको छ । ...

अनलाइन खबर
क्रसिङ नजिकिँदा उखु मूल्यमा रस्साकस्सी, ८ रुपैयाँ मात्रै बढ्ने भन्दा भड्किए किसान
OthersJust now

क्रसिङ नजिकिँदा उखु मूल्यमा रस्साकस्सी, ८ रुपैयाँ मात्रै बढ्ने भन्दा भड्किए किसान

अघिल्लो वर्षको तुलनामा जम्मा ८ रुपैयाँमात्र मूल्यवृद्धि गर्ने गरी लागत प्रतिवेदन पेस गरिएपछि किसान प्रतिनिधिहरू आक्रोशित बनेका छन् । ...

अनलाइन खबर
निद्रामा हातखुट्टा चलाउने, चिच्याउने बानी कुनै रोगको संकेत हो ?
OthersJust now

निद्रामा हातखुट्टा चलाउने, चिच्याउने बानी कुनै रोगको संकेत हो ?

निद्राको समयमा प्राय मानिस शान्त रहन्छ । जब मान्छे मस्त निद्रामा हुन्छ, त्यति बेला श्वास फेर्ने र हल्का चलमलाउने बाहेकका गतिविधि हुँदैनन् । तर यो कुरा सबैमा लागू हुँदैन । कोही–कोही निद्रामै बोल्ने, चिच्याउने, हातगोडा धेरै चलाउने जस्ता अनियत्नित गतिविधिहरू गरिरहेका हुन्छन् । सपनामा देखेर त्यसको प्रतिक्रिया भौतिक रूपमा देखाउने बानी पनि धेरैको हुन्छ ।… ...

अनलाइन खबर
बर्दियामा ब्राउनसुगर सहित एक जना पक्राउ
OthersJust now

बर्दियामा ब्राउनसुगर सहित एक जना पक्राउ

१ मंसिर, बर्दिया । बर्दियामा लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सावित साईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play