काठमाडौं । नेकपा एमालेले राष्ट्रिय भेलाको तयारीका लागि मङ्सिर १ गते स्थायी कमिटी बैठक बोलाएको छ । काठमाडौंमा मङ्सिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको पूर्वतयारी तथा आवश्यक छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार स्थायी कमिटी बैठक मङ्सिर १ गते मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । राष्ट्रिय भेलापछि एमालेले थप दुईवटा महत्वपूर्ण बैठक पनि आयोजना गर्ने भएको छ । मङ्सिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला र ५ गते केन्द्रीय कमिटी बैठक बस्ने पार्टीले जनाएको छ ।
एमालेको राष्ट्रिय भेलाअघि ओलीले बोलाए स्थायी कमिटी बैठक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






