Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई सतर्क रहन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई सतर्क रहन निर्देशन
Photo / Coverage: पर्दाफास

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताएका छन् ।

ओलीले आफूहरू बसिरहेको स्थानसम्म एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए ।

पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न नचिनेका व्यक्तिहरू सहजै पुग्दा महत्वपूर्ण समय खेर जाने भन्दै उनले स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन चुस्त बनाउन निर्देशन दिए । उनले भेलामा सहभागी सबै नेता तथा कार्यकर्तालाई परिचयपत्र लगाउन पनि आग्रह गरे । ‘बैठकलाई पूर्ण रूपमा शान्त, अनुशासित र मर्यादित बनाउनुपर्छ । आपसी भेटघाट र कुराकानीका लागि खाना खाने, खाजा तथा विश्रामको समय प्रयोग गरौँ, बैठकको समय होइन । सुरक्षाका दृष्टिले स्वयंसेवक साथीहरूले पनि विशेष ध्यान दिनुपर्छ । अपरिचित व्यक्तिको प्रवेश, भेटघाट र आवतजावतलाई व्यवस्थित गर्नुपर्छ’ उनले भने ।

परिचयपत्रले सहभागीको पहिचान स्थापित गर्ने र स्वयंसेवक तथा सुरक्षाकर्मीलाई व्यक्ति चिनाउन सहज हुने उनको भनाइ छ । बैठकका बेला अनावश्यक कुराकानी नगर्न र पूर्ण शान्त वातावरण कायम गर्न पनि ओलीले निर्देशन दिए ।

भेटघाट र कुराकानीका लागि खाना, खाजा तथा विश्रामको समय उपयोग गर्न आग्रह गर्दै उहाँले राष्ट्रिय भेलालाई अनुशासित कार्यक्रमका रूपमा सम्पन्न गर्नुपर्ने बताए । ‘सबै प्रतिनिधि तथा नेताहरूले आफ्नो परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्छ । सांस्कृतिक वा अन्य कारणले लगाउन नमिल्ने साथीहरूले परिचयपत्र साथमा राख्नुपर्छ र आवश्यक पर्दा देखाउनुपर्छ । आजको कार्यक्रम दिउँसो २ बजेसम्म सम्पन्न गर्ने लक्ष्य राख्दै सबैलाई अनुशासित, जिम्मेवार र मर्यादित रूपमा सहभागी हुन आग्रह गर्दछु । कार्यक्रमलाई अनुशासनको नमूना बनाउँदै निर्धारित कार्यसूचीअनुसार अघि बढौँ’ उनले भने ।

ओलीले निर्धारित समयभित्र कार्यक्रम सम्पन्न गर्नेगरी अनुशासित भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भविष्यप्रति आशावादी युवाको सूचीमा नेपाल तेस्रो
OthersJust now

भविष्यप्रति आशावादी युवाको सूचीमा नेपाल तेस्रो

३ मंसिर, काठमाडौं । भविष्यप्रति आशावादी युवाहरूको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा परेको छ । बेलायतस्थित अक्सफोर्ड स्कोलास्टिका एकेडेमीले गरेको विश्वव्यापी सर्वेक्षणमा नेपाली युवाले व्यक्तिगत भविष्यप्रतिको आशावाद (Personal Optimism) मा पूर्णाङ्क अर्थात् ५ मध्ये ४.२४ अंक प्राप्त गर्दै ४१ देशमध्ये तेस्रो स्थान हासिल गरेको हो । श्रीलंका ४.३२ अंकसहित पहिलो र केन्या ४.३१ अंकसहित दोस्रो… ...

अनलाइन खबर
पुरुषहरूलाई पनि चाहिन्छ भावनात्मक सहयोग
OthersJust now

पुरुषहरूलाई पनि चाहिन्छ भावनात्मक सहयोग

जब भावनात्मक कुरा आउँछ महिला र पुरुषलाई फरक दृष्टिले हेर्ने गरिन्छ । पुरुष भावनामा बग्नु हुँदैन, सधैँ बलियो हुनुपर्छ, जस्तो कठिन परिस्थितिमा पनि आँसु झार्नु हुँदैन भन्ने सामाजिक मान्यता रहन्छ । बाल्यकालदेखि नै केटाहरूलाई रुनु हुँदैन, आफ्ना समस्या अरूसामु व्यक्त गर्नु हुँदैन र ‘मर्दलाई पीडा हुँदैन’ भन्ने कुरा सिकाइन्छ । यही कारण पुरुषहरू आफ्ना भावना… ...

अनलाइन खबर
फुटपाथ अतिक्रमणविरुद्ध राजविराजमा स्थानीयको प्रदर्शन
OthersJust now

फुटपाथ अतिक्रमणविरुद्ध राजविराजमा स्थानीयको प्रदर्शन

३ मंसिर, सप्तरी । सप्तरीको राजविराजस्थित हुलाकी सडक खण्डअन्तर्गत अदालत रोडमा फोहोर व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको र फुटपाथ अतिक्रमण गरी पसल सञ्चालन गर्न दिएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । ‎ ‎नियमित रूपमा फोहोर नउठाउँदा सडक दुर्गन्धित बनेको तथा पैदलयात्रीका लागि निर्माण गरिएको फुटपाथमा पसल राख्न दिँदा आवतजावतमा समस्या भएको भन्दै स्थानीयले विरोध जनाएका… ...

अनलाइन खबर
वंशजको नागरिकता निरन्तरता भए विदेशमा रहेका नेपालीबाट १० गुणासम्म लगानी बढ्छ : डा.काफ्‌ले
OthersJust now

वंशजको नागरिकता निरन्तरता भए विदेशमा रहेका नेपालीबाट १० गुणासम्म लगानी बढ्छ : डा.काफ्‌ले

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्‌लेले विदेशमा रहेका वंशजका नेपाली नागरिकलाई पुरानै नागरिकताको निरन्तरता दिए नेपालमा लगानी उल्लेख्य रूपमा बढ्ने बताएका छन् । उनले विदेशमा रहेका नेपालीलाई मतदान, राजनीतिक सहभागिता र लगानीको अवसर दिनुपर्ने बताए । प्रविधिको विकाससँगै विदेशमा रहेका वंशजका नेपाली नागरिकलाई अनलाइन मतदानको व्यवस्था गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘प्रविधिले एकदमै सजिलो बनाएको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play