Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपीएलको आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ, दर्शकलाई निःशुल्क सटल सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ। अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने प्रतियोगितामा इनड्राइभले आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा सहकार्य गरेको हो। यस साझेदारीमार्फत नेपालमा आफ्नो उपस्थिति विस्तार गर्नुका साथै खेलकुद क्षेत्र र युवा पुस्तासँगको सम्बन्ध थप प्रगाढ बनाउने लक्ष्य कम्पनीले राखेको छ। यात्रु र चालकबीच आपसी सहमतिमा भाडा निर्धारण हुने इनड्राइभको सेवा प्रणाली निष्पक्षता, पारदर्शिता र छनोटको स्वतन्त्रतामा आधारित छ। कम्पनीले यी मूल्यहरू क्रिकेटको खेल भावना र एनपीएलको उद्देश्यसँग मेल खाने विश्वास व्यक्त गरेको छ। प्रतियोगिता अवधिभर क्रिकेटप्रेमीहरूले इनड्राइभ एपमार्फत खेलस्थलसम्म आवतजावत गर्न सक्नेछन्। यात्रुले आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्नेछन् भने चालकले उक्त प्रस्ताव स्वीकार गर्न वा वैकल्पिक भाडा प्रस्ताव गर्न पाउनेछन्। यसरी यात्रु र चालकबीच सहमति भएपछि यात्रा सुरु हुनुअघि नै भाडा निर्धारण हुनेछ। दर्शकको आवतजावतलाई सहज बनाउन इनड्राइभले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान परिसरमा निःशुल्क फ्यान सटल सेवा पनि सञ्चालन गरिरहेको छ। यस सेवाअन्तर्गत गेट नम्बर २ नजिकै रहेको इनड्राइभ पिकअप स्टेसनबाट दर्शकलाई तोकिएका प्रवेशद्वारसम्म पुर्‍याइनेछ। यातायात सुविधासँगै दर्शकको मनोरञ्जनलाई ध्यानमा राखेर कम्पनीले मैदान परिसरमा विभिन्न गतिविधिसमेत सञ्चालन गर्ने भएको छ। इनड्राइभका एक्टिभेसन स्टलबाट दर्शकले निःशुल्क स्लोगन कार्ड, चियरिङ स्टिक र फेस स्टिकर प्राप्त गर्न सक्नेछन्। त्यस्तै, इनड्राइभको मस्कटसँग तस्बिर खिचाउने, मनोरञ्जनात्मक खेलमा सहभागी हुने र दैनिक आकर्षक उपहार जित्ने अवसर पनि दर्शकले पाउनेछन्। यसैगरी, प्रत्येक खेलमा क्यामेरामार्फत एक जना उत्साही दर्शकलाई ‘कुल फ्यान अफ द म्याच’ छनोट गरिनेछ। छनोट हुने दर्शकलाई इनड्राइभका तर्फबाट विशेष उपहार ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ। इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले एनपीएलसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै नेपालको लोकप्रिय क्रिकेट प्रतियोगितासँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले क्रिकेटले देशभरका लाखौँ नेपालीलाई एउटै उत्साहमा जोड्ने उल्लेख गर्दै यस साझेदारीमार्फत क्रिकेटप्रेमीसँग अझ नजिक हुने कम्पनीको उद्देश्य रहेको बताउनुभयो। साथै, दर्शकलाई आपसी सहमतिमा निर्धारण गरिएको उचित भाडामा खेलस्थलसम्म पुग्न र फर्कन सहज बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ। मानन्धरले इनड्राइभको सेवा प्रणाली निष्पक्षता, पारदर्शिता र छनोटको स्वतन्त्रतामा आधारित रहेको उल्लेख गर्दै यी मूल्य क्रिकेटको खेल भावना र एनपीएलको मर्मसँग मेल खाने बताउनुभयो। सहकार्यबाट दर्शकको यात्रालाई सहज बनाउनुका साथै मैदानमा उनीहरूको अनुभवलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि इनड्राइभलाई एनपीएलको आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा स्वागत गर्नुभएको छ। उहाँले समुदायलाई सशक्त बनाउने र सेवामा सहज पहुँच विस्तार गर्ने इनड्राइभको प्रतिबद्धता क्रिकेटमार्फत समावेशिता र खेल भावनालाई प्रवर्द्धन गर्ने क्यानको उद्देश्यसँग मेल खाने बताउनुभयो। यस साझेदारीले प्रतियोगिताको व्यवस्थापनमा सहयोग पुग्नुका साथै दर्शकको समग्र अनुभवलाई अझ उत्कृष्ट बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास खड्काले व्यक्त गर्नुभयो। एनपीएलसँगको सहकार्यलाई इनड्राइभले नेपालमा खेलकुद प्रवर्द्धन र समुदायसँगको सम्बन्ध विस्तार गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरताका रूपमा लिएको छ। स्थानीय चालकका लागि आम्दानीका अवसर सिर्जना गर्दै यात्रुलाई सहज र पारदर्शी यातायात सेवा उपलब्ध गराउँदै आएको कम्पनीले यस सहकार्यबाट चालक, यात्रु र क्रिकेटप्रेमीसँगको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फेरिँदै बङ्गुरपालनको पहिचान
Latest NewsJust now

फेरिँदै बङ्गुरपालनको पहिचान

काठमाडौँ, कात्तिक १६ गते । ‘फोहोरमै रमाउने जनावर’ भन्दै नाक खुम्च्याइने बङ्गुरपालनको पहिचान अहिले फेरिएको छ । सामाजिक अपहेलना र परम्परागत घेरा तोड्दै यो व्यवसाय व्यवस्थित खोर, वैज्... ...

गोरखापत्र
परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्छ : पूर्वमन्त्री भुसाल
Latest NewsJust now

परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्छ : पूर्वमन्त्री भुसाल

ललितपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले जनताका समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्ने बताएकी छन्। सो पार्टीको ललितपुर जिल्ला समितिले महालक्ष्मीस्थानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई... ...

रातोपाटी
एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड वार्नर
Latest NewsJust now

एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड वार्नर

अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौँ आइपुगेका छन्। एनपीएल तेस्रो संस्करणका लागि काठमाडौँ गोर्खाजमा अनुबन्धित उनी आइतबार राति काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। वार्नर अब आज (सोमबार) काठमाडौँ गोर्खाजका तर्फबाट कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदान उत्रनेछन्। ... ...

नेपालखबर
पश्चिमी वायुको प्रभावले मौसम आंशिक बद्ली, उच्च पहाडी भेगमा हिमपात
Latest NewsJust now

पश्चिमी वायुको प्रभावले मौसम आंशिक बद्ली, उच्च पहाडी भेगमा हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ। दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा अहिले हल्का वर्षा तथा हिमपात भइरहेको छ। आज... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play