Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एनपीएल-३ मा कुन टोलीका कप्तानको प्रदर्शन कस्तो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल-३ मा कुन टोलीका कप्तानको प्रदर्शन कस्तो ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । उपाधि विजेताको टुङ्गो लाग्न अब तीन खेल बाँकी छन् । प्रतियोगितामा सहभागी टोलीका कप्तानको व्यक्तिगत प्रदर्शन हेर्दा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी सफल देखिएका छन् । ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिमलाई प्लेअफसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले आठ खेलमा २०२ रन बनाएका छन् । यस क्रममा तीन अर्धशतक प्रहार गरेका उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । बलिङतर्फ उनले पाँच विकेट लिएका छन् । पहिलो संस्करणको एनपीएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका ऐरीले कार पुरस्कार जितेका थिए । यस संस्करणमा पनि उनको प्रदर्शनले उक्त पुरस्कार जित्ने सम्भावना बलियो बनाएको छ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको प्रदर्शन पनि सन्तोषजनक छ । उनको नेतृत्वमा लुम्बिनी फाइनलमा पुगेको छ । रोहितले सात खेलमा १२१ रन बनाउनुका साथै चार विकेट लिएका छन् । उनले गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार पुरस्कार जितेका थिए । काठमाडौं गोर्खाजका कप्तान करण केसीले पनि यस संस्करणमा राम्रो प्रदर्शन गरेका छन् । उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनाएको छ । करणले सात खेलमा आठ विकेट लिनुका साथै ८९ रन बनाएका छन् । चितवन राइनोजका कप्तान जिम्बाम्वेका अलराउन्डर सिकन्दर रजाको व्यक्तिगत प्रदर्शन भने अपेक्षाअनुसार हुनसकेको छैन । उनको नेतृत्वमा चितवन प्लेअफमा पुगे पनि उनले पाँच खेलमा ५६ रनमात्र बनाएका छन् । बलिङतर्फ उनले पाँच विकेट लिएका छन् । कर्णाली याक्सले यस संस्करणमा सुरुआती खेलमा सोमपाल कामी र लिग चरणको अन्त्यतिर डेभिड मिलरलाई कप्तानको जिम्मेवारी दिएको थियो । सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाएका छन् । बलिङतर्फ उनले ८।९० को इकोनोमी रेटमा १० विकेट लिएका छन् । त्यस्तै, मिलरले कर्णालीका लागि चार खेलमा एक अर्धशतकको मद्दतमा ११० रन बनाएका छन् । यस संस्करणमा उनको उच्च स्कोर अविजितको ९३ रन हो । मिलरले पहिलोपटक एनपीएल खेलेका हुन् । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोलीको प्रदर्शन उतारचढावपूर्ण रह्यो । विराटनगर प्लेअफमा पुग्न सकेन । सन्दीपले सात खेलमा सात विकेटमात्र लिए । पाँच खेलमा उनी विकेटविहीन रहे । ब्याटिङतर्फ पनि उनको प्रदर्शन उल्लेखनीय हुन सकेन । पोखरा एभेन्जर्सले सुरुआती खेलमा कुशल भुर्तेललाई कप्तान बनाएको थियो । टोलीको लगातार खराब प्रदर्शनपछि लिग चरणको अन्त्यतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो । कुशलले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाएका छन् । बलिङतर्फ उनले छ विकेट लिएका छन् । त्यस्तै, करुणारत्नेले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट लिएका छन् । जनकपुर बोल्ट्सले यस संस्करणमा अमेरिकाका अलराउन्डर हरमित सिंहलाई कप्तान बनाएको थियो । उनको नेतृत्वमा जनकपुर अङ्कतालिकाको पुछारमा रह्यो । यद्यपि, व्यक्तिगत रूपमा हरमितले बलिङमा राम्रो प्रदर्शन गरे । उनले सात खेलमा ११ विकेट लिनुका साथै ९० रन बनाएका छन् । एनपीएलः ‘एलिमिनेटर’मा आज काठमाडौँ र चितवन भिड्दैतेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज हुने ‘एलिमिनेटर’ खेलमा काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दै छन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ः०० बजे सुरु हुने खेलको विजेता टोलीले क्वालिफायर–२ मा स्थान बनाउनेछ । उक्त खेलमा विजेताले क्वालिफायर–१ मा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम मङ्गलबार भएको क्वालिफायर–१ मा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको थियो । आजको खेलमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ । जारी प्रतियोगितामा काठमाडौँले लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हार व्यहोरेको थियो । चितवनले सात खेलमध्ये तीनमा जित, तीनमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । लिग चरणमा यी दुई टोलीबीच भएको पहिलो भेटमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको थियो । पहिलो खेलमा बेहोरेको हारको बदला लिँदै क्वालिफायर–२ मा पुग्ने लक्ष्यसहित चितवन मैदान उत्रनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँ भने चितवनविरुद्धको जितलाई निरन्तरता दिने योजनामा हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जुम, सीएनएनदेखि एचएसबीसीसम्मका वेबसाइट ह्याक, क्रिप्टो चोरीदेखि आइफोनमा भाइरस पुर्‍याउने प्रयास
Latest NewsJust now

जुम, सीएनएनदेखि एचएसबीसीसम्मका वेबसाइट ह्याक, क्रिप्टो चोरीदेखि आइफोनमा भाइरस पुर्‍याउने प्रयास

विश्वका चर्चित कम्पनी तथा सञ्चारमाध्यमका वेबसाइट साइबर आक्रमणमा परेका छन्। जुम, एचएसबीसी, इक्विफ्याक्स, सीएनएन, सेल्सफोर्स र आइकियासहित विश्वका धेरै प्रयोगकर्ता पुग्ने वेबसाइटमा खराब जाभास्क्रिप्ट कोड घुसाएर क्रिप्टोकरेन्सी चोरी गर्नेदेखि आइफोनमा हानिकारक कोड पठाउने प्रयास भएको सुरक्षा अनुसन्धानकर्ताले बताएका छन्। साइबर सुरक्षा अनुसन्धानकर्ता स्कट हेल्मेका अनुसार १७८ वटा ... ...

नेपालखबर
नेतृत्व र प्रदर्शनमा कप्तानहरूको प्रतिस्पर्धा
Latest NewsJust now

नेतृत्व र प्रदर्शनमा कप्तानहरूको प्रतिस्पर्धा

काठमाडौँ, मङ्सिर २ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ ।उपाधि विजेताको टुङ्गो लाग्न अब तीन खेल बाँकी छन् । प्रतियोगि... ...

गोरखापत्र
महादेवटार सुरुङ ‘ब्रेकथ्रु’ गर्दै राष्ट्रपतिले भने: काठमाडौँ-मधेसको दुरी घटाउँछ, सद्‌भाव बढाउँछ
Latest NewsJust now

महादेवटार सुरुङ ‘ब्रेकथ्रु’ गर्दै राष्ट्रपतिले भने: काठमाडौँ-मधेसको दुरी घटाउँछ, सद्‌भाव बढाउँछ

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुर महादेवटार सुरुङको (३.३९९ मिटर) बुधबार ‘ब्रैक थ्रु’ गरेका छन्।  समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि... ...

नेपालखबर
इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र दूरसञ्चार सेवा दस्तुरको विवरण बुझाउन प्राधिकरणको निर्देशन
Latest NewsJust now

इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र दूरसञ्चार सेवा दस्तुरको विवरण बुझाउन प्राधिकरणको निर्देशन

काठमाडौं । दूरसञ्चार सेवा दस्तुर (टीएससी)दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न अनुरोध गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई उक्त निर्देशन भएको हो । प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था कार्यान्वयन गर्ने क्रममा दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरी सेवा प्रदान गरिरहेका सबै इन्टरनेट सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको हो । प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play