काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ । मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउँदैछ । एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीलाई एक–एकवटा पल्सर मोटरसाइकल प्रदान गर्नेछ । त्यसैगरी, प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रभाव पार्ने खेलाडीलाई ‘पल्सर पावर प्ले च्याम्पियन’ घोषित गरी २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । दर्शकले ‘पावर प्ले प्रेडिक्सन गेम’मार्फत प्रत्येक खेलको ‘पल्सर पावर प्ले च्याम्पियन’को अनुमान गर्न सक्नेछन् । सही अनुमानबाट अंक बटुल्दै लिडरबोर्डमा अगाडि बढ्ने सहभागीमध्ये शीर्ष तीन जनाले एनपीएल मैदानमा विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने विशेष अवसर पाउनेछन् । साथै, यस खेलमा सहभागीले हरेक म्याचमा स्मार्टवाच जित्ने अवसर पनि पाउनेछन् । मैदानमा रहने ‘पल्सर इन्गेजमेन्ट जोन’मा दर्शकले पल्सरको ‘रिफाइन्ड एन्ड र’ पावरको अवधारणामा आधारित मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिमा सहभागी हुन सक्नेछन् । त्यस्तै, मैदानमा राखिने पल्सर मोटरसाइकलको प्रदर्शनीले दर्शकलाई ब्रान्डका विभिन्न मोडल नजिकबाट अवलोकन गर्ने अवसर दिनेछ । यी गतिविधि मार्फत बजाज पल्सरले खेलकुदको प्रतिस्पर्धालाई सम्मान गर्दै दर्शकको सहभागिता र मैदानमा उनीहरूको अनुभवलाई थप अर्थपूर्ण बनाउने लक्ष्य राखेको छ । The post एनपीएल सिजन–३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एनपीएल सिजन–३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह

Read Complete Original Article
Published originally on कर्पोरट खबर






