Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : रसेल चम्किँदा विराटनगरको दोस्रो जित, उक्लियो पहिलो स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : रसेल चम्किँदा विराटनगरको दोस्रो जित, उक्लियो पहिलो स्थानमा
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा अहिले विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ।

जितका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो।

जसमा सैफ हुसेनले ७१ र विशाल सुस्लिङले ४३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।

विराटनगरका आन्द्रे रसेलले ४ विकेट हात पारे।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनायो ।

जसमा लोकेश बम,इमरान शेख र आन्द्रे रसेलले अर्धशतक हिर्काए। इमरानले ५६,रसेलले ५२ र बमले ५० रन जोडे। शेख र बमबीच १०७ रनको प्रतियोगिताकै उच्च साझेदारी समेत भयो।

विराटनगरका अभिषेश तिवारीले २ र मोइन अलीले १ विकेट लिए।

चार खेलबाट दुई जित निकालेको विराटनगर शिर्ष स्थानमा उक्लिएको छ।

जनकपुर भने तेस्रो स्थानमा छ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ।

दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ। लुम्बिनी आज आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ।

अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ। आज तेस्रो खेल खेल्न लागेको पोखरालाई प्रतियोगितामा पहिलो जित निकाल्नुपर्ने दबाब छ।

प्रतियोगितामा ८ टोली सहभागी छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो
OthersJust now

कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशन अन्तर्गत हालसम्म २६ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ । साथै सात जिल्लाको उद्घाटन भएको पनि जानकारी गराइएको छ । २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी भएको जानकारी गराइएको छ । मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले २६ जिल्लामा नयाँ नेतृत्व आएको र चार जिल्लामा उद्घाटन ...

पर्दाफास
सभामुखलाई भेटेर कांग्रेसले भन्यो- संसद्लाई लामो समय खाली राख्न हुँदैन
OthersJust now

सभामुखलाई भेटेर कांग्रेसले भन्यो- संसद्लाई लामो समय खाली राख्न हुँदैन

‘गम्भीर विषयहरू आएको र आएका विषयमा संसद् बाहिर छलफल गर्नभन्दा संसदमा छलफल हुनुपर्ने र यसका लागि छिटो संसद बैठक बोलाउनुपर्ने भनेर सभामुखलाई भनेको छु’, उनले भने । ...

अनलाइन खबर
पोखराविरुद्ध बलिङ गर्दै लुम्बिनी, अर्जुन कुमाल पहिलो रोजाइमा
OthersJust now

पोखराविरुद्ध बलिङ गर्दै लुम्बिनी, अर्जुन कुमाल पहिलो रोजाइमा

साविक विजेता लुम्बिनी लायन्सको कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोज्दै पोखरालाई ब्याटिङको निम्तो दिएको छ । ...

अनलाइन खबर
पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन
OthersJust now

पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीले प्रकाशित भएका समाचारहरू कसरी भए भन्नेबारे बुझ्नका लागि मात्रै उक्त कार्य गरेको जिकिर गरे । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play