Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सानदार पुनरागमन गरेको छ । आज भएको पहिलो खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले हरायो । पोखराको पाँच खेलमा यो पहिलो जित हो। यो जितबाट पोखराले दुई अंक समेत जोड्यो । कर्णाली भने आजको हारबाट सातौं स्थानमा झरेको छ । पाँच खेलमा कर्णालीले दुई मात्रै जितेको छ । जितका लागि पाएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भयो । जसमा पवन सराफले ३२,अरिफूल स्लामले २४,दिपक डुमेले २२ रन बनाएपनि जितका लागि पर्याप्त भएन । पोखराका महदी हसनले ३, धनन्जय लक्षन,कुशल भुर्तेल र विपिन खत्रीले २/२ विकेट हात पारे । यसअघि कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन बनायो । यो प्रतियोगिताकै उच्च लक्ष्य हो । जसमा युवराज सामराले शतक र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । सामरा १०२ र भुर्तेल ६२ रनमा आउट भए । यी दुबै ब्याटरबीच १३६ रनको कीर्तिमानी साझेदारी भयो। यो जारी सिजनको उच्च साझेदारी हो । सामराको शतक पनि जारी सिजनको पहिलो शतक हो । कर्णालीका कप्तान सोमपाल कामीले २,मार्क वाटले १ विकेट लिए । आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु
OthersJust now

पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु

राबियाका पतिले पेस्तोल मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्। पेस्तोलमा गोली भरिएको छ भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ। ...

अनलाइन खबर
नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय
OthersJust now

नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय

गृह मन्त्रालयले थप गर्न गृहकार्य गरिरहेको दरबन्दी प्रस्ताव स्वीकृत भएमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायको दरबन्दी संख्या केही बढ्नेछ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play