Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड वार्नर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड वार्नर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्। एनपीएल तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजमा अनुबन्धित उनी आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। वार्नर अब आज (सोमबार) काठमाडौँ गोर्खाजका तर्फबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान उत्रनेछन्। आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै छन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र सन् २०२१ मा टी-२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख सदस्य थिए। यस्तै, सन् २०२१ को टी-२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ मा चुनिएका थिए। वार्नरले अस्ट्रेलियाबाट ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी-२० अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार रन बनाएका छन्। वार्नरले १४२ माथिको स्ट्राइक रेटमा टी-२० क्रिकेटमा तीन हजार २७७ रन बनाएका छन्। उनको नाममा आठ हजार ७८६ टेस्ट र ६ हजार ९३२ एकदिवसीय रन छ। उनले पछिल्लोपटक अस्ट्रेलियाबाट सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा खेलेका थिए। सन् २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा अविजित ३३५ रन बनाएका थिए। आज कर्णालीविरुद्ध मैदान उत्रँदा काठमाडौं गोर्खाज जारी प्रतियोगितामा पहिलो जित हासिल गर्ने दाउमा हुनेछ। यसअघि खेलेको एक मात्र खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग ८ विकेटले हारेको छ। आज कर्णालीविरुद्धको यो खेल काठमाडौंका लागि प्रतियोगितामा पुनरागमन गर्ने महत्त्वपूर्ण अवसर हुनेछ। यसका लागि विश्वस्तरीय ब्याटर वार्नर काठमाडौंगोर्खाज टोलीको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमपातमा ४  दिनदेखि फसेका ६ भारतीय पर्यटकको उद्धार
Latest NewsJust now

हिमपातमा ४  दिनदेखि फसेका ६ भारतीय पर्यटकको उद्धार

नुमला र वाग्ला पास क्षेत्रबाट उद्धार गरिएका तीन महिला र तीन पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ। ...

कान्तिपुर
एनआरएनए पदाधिकारीको क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न
Latest NewsJust now

एनआरएनए पदाधिकारीको क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

गोदावरी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धिका लागि आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ र स्विस सरकारको सहकार्यमा सञ्चालित MiRiDeW परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा कार्यशाला आयोजना गरिएको थियो । कार्यशालामा खाडी सहयोग परिषद् (जीसीसी) अन्तर्गतका बहराइन, कुवेत, साउदी ...

नेपालन्युज
मधेस प्रदेश सरकार गठनबारे दलहरुबिच सघन संवाद भइरहेको छः प्रचण्ड
Latest NewsJust now

मधेस प्रदेश सरकार गठनबारे दलहरुबिच सघन संवाद भइरहेको छः प्रचण्ड

महोत्तरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास... ...

रातोपाटी
अब जेमिनाईमै फाइल हेर्न र सम्पादन गर्न सकिने
Latest NewsJust now

अब जेमिनाईमै फाइल हेर्न र सम्पादन गर्न सकिने

काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न मिल्ने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड नगरी वा अर्को एप नखोली जेमिनाईमै आवश्यक परिवर्तन गर्न सक्ने भएका छन् । यो सुविधाबाट प्रयोगकर्ताले कागजात, पीडीएफ, प्रस्तुति, स्प्रेडसिट र कोडलगायतका फाइल सम्पादन गर्न सक्नेछन् । फाइललाई ठूलो आकारमा खोलेर त्यसमा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play