काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुई महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेस– प्रिन्सिपल क्लाइन्ट’ अवार्डबाट सम्मान गरिएको हो । यस सम्मानले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आफ्ना डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै लगेको बैंकले जनाएको छ । बैंकलाई प्राप्त यस प्रतिष्ठित सम्मानले डिजिटल बैंकिङको क्षेत्रमा बैंकले चाल्दै आएका नवीनतम पहल र निरन्तर प्रयासहरूलाई थप पुष्टि गरेको बैंकले जनाएको छ । बैंकले आफ्ना भरपर्दो डेबिट कार्ड सेवा र आधुनिक डिजिटल बैंकिङ सेवाहरूमार्फत ग्राहकहरूलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको छ । प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको मुख्य प्राथमिकता रहँदै आएको बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरि १९६ शाखाहरू, १७६ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैकिङ्ग सेवा प्रदान गदै आइरहेको छ ।
एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुई प्रतिष्ठित अवार्ड प्रदान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






