Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

एचएमडीले देखायो प्रभावशाली क्यामरा फोनको झलक, के ‘नोकिया प्योरभ्यु’ फर्किँदैछ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एचएमडीले देखायो प्रभावशाली क्यामरा फोनको झलक, के ‘नोकिया प्योरभ्यु’ फर्किँदैछ ?
Photo / Coverage: टेक्नोलोजी खबर

एचएमडीको पहलमा ‘नोकिया प्योरभ्यू’ स्मार्टफोनको पुनरागमन हुन सक्छ। एचएमडीद्वारा जारी गरिएको एउटा नयाँ ‘टिजर’ ले कम्पनीको क्यामरामा केन्द्रित फोन छिट्टै बजारमा आउन सक्ने संकेत गरेको छ। उक्त टिजरमा ‘PureView’ लोगो र फोनको क्यामरा मोड्युल देखाइएको छ, जसले आगामी डिभाइसले फोटोग्राफी र भिडियोग्राफीको गुणस्तरलाई प्राथमिकता दिने कुरा स्पष्ट पार्छ। नोकिया प्योरभ्यू (Nokia PureView) बजारमा फर्कन सक्छ। एचएमडीले ‘प्योरभ्यू (PureView)’ लोगो अंकित एउटा नयाँ फोनको टिजर सार्वजनिक गरेको छ, जसले यो डिभाइस छिट्टै आउन सक्ने अनुमानलाई बल पुर्‍याएको छ। यसमा पछाडिको भागमा ठूलो, गोलाकार क्यामेरा मोड्युल देखिन्छ; नोकियान्यूजका अनुसार, यो मोड्युलभित्र चारओटा क्यामराहरू छन्- जसमा मुख्य सेन्सर, अल्ट्रा-वाइड लेन्स र पेरिस्कोप टेलिफोटो लेन्स समावेश हुन सक्छन्। यस सेटअपमा एलईडी फ्ल्यास पनि राखिएको छ। साथै, टिजरमा अप्टिक्स (लेन्स प्रविधि) मा विशेषज्ञता राख्ने जर्मन कम्पनी ‘स्नाइडर-क्रोइजनाख (Schneider-Kreuznach)’ को लोगो पनि देखिन्छ। ‘प्योरभ्यू’ ब्रान्डिङ पहिलो पटक कम्पनीले ‘नोकिया ८०८ प्योरभ्यू’ मार्फत ल्याएको थियो। सानो आकारको भए तापनि, उक्त डिभाइसमा ४१ मेगापिक्सेलको क्यामरा, ४ इन्चको डिस्प्ले र १४०० एमएएचको निकाल्न मिल्ने ब्याट्री थियो। ५१२ एमबी र्याम र ३६०x६४० पिक्सेलको स्क्रिन रिजोलुसन रहेको सो फोनले आफ्नो क्यामरा क्षमताका कारण निकै चर्चा कमाएको थियो। यसमा ०.३ मेगापिक्सेलको फ्रन्ट-फेसिङ क्यामरा पनि समावेश थियो। एचएमडीको यो नयाँ फोनको नाम के हुनेछ भन्ने अझै स्पष्ट छैन। कम्पनीले विशेष मोडेलको नामबारे कुनै संकेत दिएको छैन, तर ‘प्योरभ्यू’ ब्रान्डिङलाई भने प्रस्ट रूपमा देखाएको छ। त्यसैले, हामीले फेरि एकपटक ‘नोकिया प्योरभ्यू’ नामको फोन देख्न पाउने सम्भावना प्रबल छ। टिजरबाट यो कुरा स्पष्ट हुन्छ कि यो क्यामरामा केन्द्रित डिभाइस हुनेछ। लेन्सहरूको बनोट पनि निकै अनौठो देखिन्छ; यसमा वर्गाकार लेन्स पनि देख्न सकिन्छ। कम्पनीले छिट्टै नै क्यामेरासम्बन्धी प्राविधिक विवरणहरू सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ। The post एचएमडीले देखायो प्रभावशाली क्यामरा फोनको झलक, के ‘नोकिया प्योरभ्यु’ फर्किँदैछ ? appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सिद्धार्थ बैंकलाई भिसा इन्टरनेसनलद्वारा दुई उत्कृष्टता अवार्ड प्रदान
TechnologyJust now

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेसनलद्वारा दुई उत्कृष्टता अवार्ड प्रदान

९ मंसिर, काठमाडौं। सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलद्वारा आयोजित “Visa Leadership Conclave” कार्यक्रममा दुई वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ । बैंकले कार्ड व्यवसायमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा निम्न अवार्डहरू भिसाद्वारा बैंकलाई प्रदान गरिएको छ । Excellence in Consumer Prepaid Cards Business Excellence in Consumer Credit Cards Business ग्राहकलाई सुरक्षित, छरितो तथा […] The post सिद्धार्थ बैंकलाई ...

आइसिटी फ्रेम
विद्युतीय सवारीको बिक्री घट्दा शाओमीको तेस्रो त्रैमासिक नाफा ५७ प्रतिशतले घट्यो
TechnologyJust now

विद्युतीय सवारीको बिक्री घट्दा शाओमीको तेस्रो त्रैमासिक नाफा ५७ प्रतिशतले घट्यो

चिनियाँ प्रविधि कम्पनी शाओमीको सन् २०२६ को तेस्रो त्रैमासिक खुद नाफा ५७ प्रतिशतले घटेको छ। विद्युतीय सवारीसाधन र स्मार्टफोन दुवै व्यवसायको आम्दानी घटेपछि कम्पनीको नाफा विश्लेषकहरूको अनुमानभन्दा कम भएको हो। हङकङमा सूचीकृत कम्पनीले जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा समायोजित खुद नाफा ४ अर्ब ९० करोड युआन (७३ करोड ५६ लाख ५० हजार अमेरिकी डलर) रहेको जनाएको छ। एलएसईजीको तथ्याङ्कअनुसार विश्लेषकहरूले औसतमा ५ अर्ब ...

टेक्नोलोजी खबर
अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : मन्त्री महावीर पुन
TechnologyJust now

अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : मन्त्री महावीर पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।इजरायली राजदूतावासमा मंगलबार अपराह्न ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारले नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकता दिएर बेग्लै मन्त्रालयसमेत स्थापना गरेको बताए ।“सम्माननीय प्रधानमन्त्री अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट नै राष्ट्रलाई समृद्धिको मार् ...

आइसिटी समाचार
भारतमा नेपालीले क्यूआरबाटै भुक्तानी गर्न पाउने, सहमति जुटेसँगै तयारी तिव्र
TechnologyJust now

भारतमा नेपालीले क्यूआरबाटै भुक्तानी गर्न पाउने, सहमति जुटेसँगै तयारी तिव्र

काठमाडौं । नेपाली नागरिकले अब भारतमा पनि क्यूआर कोड स्क्यान गरेर सहजै भुक्तानी गर्न पाउने भएका छन् । नेपाल र भारतका भुक्तानी सेवा प्रदायकबीच सेवा सञ्चालनका लागि सकारात्मक सहमति जुटेसँगै आगामी एक महिनाभित्रै यो सुविधा सुरु गर्ने तयारी भएको छ ।प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि क्यूआर भुक्तानी सेवा कार्यान्वयन गर्ने विषयले गति लिएको हो । यसअघि लामो समयदेखि प्रक्रियामा ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement