Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
Photo / Coverage: कर्पोरट खबर

गण्डकी । गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो । गत वर्षको अक्टुबरमा ३७ हजार ७६ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबरमा बढी पर्यटक आउने गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए । एक महिनाको अवधिमा भित्रिएका कुल ४१ हजार ७५८ पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार २०७ र बाँकी अन्य देशका पर्यटक रहेका छन् । सन् २०२६ सुरु भएयता सबैभन्दा बढी गत जुनमा एक लाख आठ हजार ७०३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा कडरियाले जानकारी दिए । उनका अनुसार उक्त याममा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । दश महिनाको अवधिमा सबैभन्दा कम जनवरीमा २० हजार ६३ पर्यटक भित्रिएका उनको भनाइ छ । “अक्टुबर–नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले यतिबेला पर्यटकको सङ्ख्या बढ्ने गर्छ”, उनले भने । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटककोसमेत रोजाइमा पर्दै आएको छ । संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । The post एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘सरयु–कमला एक्सप्रेस’ले जोड्दै राम र सीताको जन्मभूमि
Latest NewsJust now

‘सरयु–कमला एक्सप्रेस’ले जोड्दै राम र सीताको जन्मभूमि

जनकपुरधाम । भारतको अयोध्याबाट जनकपुरधामका लागि पहिलोपटक सिधा रेल चढेर आउँदै गरेका यात्रुलाई स्वागत गर्न जनकपुरधाम अहिले सिँगारिँदै छ। रामको जन्मभूमि अयोध्याबाट सीताको जन्मभूमि जनकपुरधामसम्म रेलमार्फत आउन लागेका श्रद्धालु तथा... ...

रातोपाटी
रंगशाला बनेपछि मात्र क्रिकेट व्यावसायिक बन्छ : सुभास शाही
Latest NewsJust now

रंगशाला बनेपछि मात्र क्रिकेट व्यावसायिक बन्छ : सुभास शाही

आठवटै फ्रेन्चाइजका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको घोषणा कति सम्भावनायुक्त छ ? यसले नेपाली क्रिकेटको भविष्य बदल्न सक्छ ? अनि घोषणा र कार्यान्वयन बीचको दूरी कसरी घटाउने ? नेपाली क्रिकेटको विकास, व्यवसायीकरण र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका खेलकुद अभियन्ता सुभास शाहीसँग कान्तिपुर टेलिभिजनका रुपा खड्काले गरेको कुराकानीको सम्पादित अंश : ...

कान्तिपुर
१९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान ‘द्विपक्षीय सम्झौता’ पुनरावलोकन गर्न सकिने
Latest NewsJust now

१९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान ‘द्विपक्षीय सम्झौता’ पुनरावलोकन गर्न सकिने

काठमाडौँ । भारत र नेपालले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन् । दुवै देशका प्रधानमन्त्रीबिच सोमबार नयाँ दिल्लीमा भएको... ...

रातोपाटी
दोलखामा ३ हजार ६२१ मतदाताको हटाइयो नाम
Latest NewsJust now

दोलखामा ३ हजार ६२१ मतदाताको हटाइयो नाम

सुजन काफ्ले दोलखा, मङ्सिर ७ गते । जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदाता नामावली शुद्धीकरण अभियानअन्तर्गत जिल्लाको ३ हजार ६२१ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ ।दोहोरो नाम दर्त... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement