Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एआई नियमनमा ट्रम्पको असहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई नियमनमा ट्रम्पको असहमति
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ। चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए। एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य नहुने उनको भनाइ थियो। ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने वार्तामा एआईको तीव्र विकास र त्यसबाट उत्पन्न चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ। साइबर आक्रमण, जैविक हतियार निर्माणमा एआईको दुरुपयोग, सैन्य प्रयोग तथा सामूहिक निगरानी यस क्षेत्रका प्रमुख सुरक्षा चुनौती हुन्। यसैबीच, एआई एजेन्टको अनियन्त्रित प्रयोगप्रति पनि चिन्ता बढेको छ। ओपनएआईका बटहरू अस्ट्रेलियाको सरकारी पोर्टलसहित विभिन्न वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरेको घटना सार्वजनिक भएको छ। यसअघि ट्रम्प र सीबीच एआईसम्बन्धी घटनामा तत्काल सूचना आदानप्रदान गर्न सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको थियो। सीले एआई मानव नियन्त्रणमा रहनुपर्ने र त्यसका लागि कानूनी व्यवस्था तथा प्राविधिक निगरानी आवश्यक रहेको बताउँदै आएका छन्। उता, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एआईको विश्वव्यापी नियमन अभावले ठूलो जोखिम निम्त्याउने चेतावनी दिँदै यसका लागि अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न ढिलाइ गर्न नहुने बताएका छन्।–रासस The post एआई नियमनमा ट्रम्पको असहमति appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यूरोपेली आयोगमाथि साइबर आक्रमण भएको पोलिटिकोको रिपोर्ट
TechnologyJust now

यूरोपेली आयोगमाथि साइबर आक्रमण भएको पोलिटिकोको रिपोर्ट

यूरोपेली आयोगमाथि साइबर आक्रमण भएको र त्यसबाट ठूलो मात्रामा व्यक्तिगत विवरणमा पहुँच पुगेको हुन सक्ने पोलिटिकोले बिहीबार जनाएको छ। यूरोपेली आयोगले आक्रमणको अधिकांश प्रभाव नियन्त्रणमा लिएको विश्वास गरे पनि त्यसबाट भएको क्षतिको पूर्ण विवरण अझै स्पष्ट नभएको एक युरोपेली संघका अधिकारीलाई उद्धृत गर्दै पोलिटिकोले उल्लेख गरेको छ। यूरोपेली आयोगले बिहीबार बिहान यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको तत्काल जवाफ दिएको छैन। पोलिटिकोका अनुसार ...

टेक्नोलोजी खबर
पलान्टिरका कर्मचारीमाथि जासुसी र दुर्व्यवहार गरेको आरोपमा रुसी नागरिकविरुद्ध मुद्दा
TechnologyJust now

पलान्टिरका कर्मचारीमाथि जासुसी र दुर्व्यवहार गरेको आरोपमा रुसी नागरिकविरुद्ध मुद्दा

अमेरिकी न्याय मन्त्रालय (डीओजे) ले सिलिकन भ्यालीस्थित प्रविधि तथा रक्षा क्षेत्रमा काम गर्ने एक कम्पनीका कर्मचारीमाथि जासुसी र दुर्व्यवहार गरेको आरोपमा एक रुसी नागरिकविरुद्ध अभियोग दर्ता गरेको छ। मन्त्रालयले आफ्नो विज्ञप्तिमा कम्पनीको नाम उल्लेख नगरे पनि ब्लुमबर्गका अनुसार उक्त कम्पनी पलान्टिर हो। युक्रेनले युद्धका क्रममा कम्पनीको सफ्टवेयर प्रयोग गरेको विषयलाई लिएर रुसी अधिकारीहरूले ती व्यक्तिलाई यस्तो काम गर्न लगाएको बताइएको ...

टेक्नोलोजी खबर
अमेजनका मालिक जेफ बेजोसको दाबी- ‘नयाँ जेम्स बन्डको छनोट तीन दिन अघि मात्र भएको हो’
TechnologyJust now

अमेजनका मालिक जेफ बेजोसको दाबी- ‘नयाँ जेम्स बन्डको छनोट तीन दिन अघि मात्र भएको हो’

नयाँ जेम्स बन्डको रूपमा रोबर्ट प्याटिनसनको छनोट घोषणा हुनुभन्दा तीन दिन अघि मात्र भएको अमेजनका मालिक जेफ बेजोसले मंगलबार भनेका छन्। “हामीले एकदमै कडा प्रक्रिया चलायौं र हामीले शुक्रबार अन्तिम निर्णय गर्यौं,” अमेजनका संस्थापकले क्यालिफोर्नियाको मेन्लो पार्कमा सेमाफोरको सिलिकन भ्याली एण्ड द वर्ल्ड सम्मेलनमा मञ्चमा बोल्दै भनेको एपीन्यूजले रिपोर्ट गरेको छ। बेजोसले सिनेमाको सबैभन्दा प्रतिष्ठित भूमिकाहरू मध्ये एकलाई कास्ट गर्ने पर्दा पछाडिको ...

टेक्नोलोजी खबर
एसियन क्लियरिङ युनियनको सञ्चालक समितिको ५४औँ बैठक सम्पन्न
TechnologyJust now

एसियन क्लियरिङ युनियनको सञ्चालक समितिको ५४औँ बैठक सम्पन्न

नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयू) को स्थायी प्राविधिक समितिको बैठक र सञ्चालक समितिको ५४औं बैठक सम्पन्न भएको छ। अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण तथा नीतिगत सुधारका विविध विषयहरूमा छलफल गर्न उक्त बैठक बसेकाे हाे। सञ्चालक समितिको ५४औं बैठकले सन् २०२६/२७ का लागि एसीयूको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले एसीयूको उद्देश्यप्रति नेपाल ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play