Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ पर्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ पर्व
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ। गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । महोत्तरीसहितका तराई मधेशमा सूर्योदय हुनासाथ बर्तालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्। यसअघि बर्तालुले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदा सूर्यलाई पहिलो अर्ध्य दिएका थिए। अहिले सूर्य उपासनाको पर्व सम्पन्न भएसँगै व्रतालुले छठी घाटबाट घर फर्केका छन्। यसअघि चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत सङ्कल्प गरेर ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुले पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए। कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन यो पर्व विभिन्न विधि साथ मनाइन्छ। अस्ताउँदा सूर्यदेवलाई पहिलो अघ्र्य दिइने षष्ठी तिथिको साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ। यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएर पर्व सम्पन्न गरिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिएको छ । पर्व सम्पन्न गरेर घर फर्केपछि बर्तालुले दीनदुःखी र आशामुखीहरुलाई अन्न, वस्त्र दान गरी प्रसाद ग्रहण गर्छन्। यससँगै पर्वका प्रसाद खाने ख्वाउने क्रम सुरु हुन्छ। यस पर्वमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार तथा केरा र अन्य फलफूल एवं माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइएका बस्तु प्रसाद हुन्छन्। मिथिलामा छठको प्रसाद खाने ख्वाउने क्रम महिना दिनसम्म चलिरहन्छ। खासगरी छोरीचेली, फुपू, मित र अन्य इष्टमित्रकहाँ छठको प्रसादको ‘भार’ (सोली) नै पठाउने मैथिल चलन छ। छठ व्रतको प्रभावले सुखसन्तोष प्राप्त हुने विश्वास रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निजी क्षेत्र फस्टाए रोजगारी फस्टाउँछ
Latest NewsJust now

निजी क्षेत्र फस्टाए रोजगारी फस्टाउँछ

जुन देशमा निजी क्षेत्र फस्टाएका छन्, त्यहाँ रोजगारीका अवसर सिर्जना भएका छन् नै, देशले पनि आर्थिक विकासमा फड्को मारेको छ । आर्थिक विकाससँगै लगानीको क्षमता बढेको छ र रोजगारीको अवसर पनि बढेको छ । ...

कान्तिपुर
एनपीएलको प्लेअफ खेलतालिका सार्वजनिक
Latest NewsJust now

एनपीएलको प्लेअफ खेलतालिका सार्वजनिक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको प्लेअफ चरणमा पहिलो क्वालिफायर, दोस्रो क्वालिफायर र एलिमिनेटर खेल हुनेछन्। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल मंगलबार साँझ ५ बजे हुनेछ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ। एलिमिनेटर खेल बुधबार साँझ ५ बजे काठमान्डु गोर्खाज र चितवन राइनोजबीच हुनेछ। एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। दोस्रो ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play