काठमाडौं । इनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले इनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई अनुमति दिएको हो । इनमसँग सम्बन्ध देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए । इनमविरुद्ध प्रहरीले राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । त्यस्तै, महेश श्रेष्ठ र सुशील भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






