Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रकरणको सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग उठाउन पार्टीको संसदीय दललाई निर्देशन दिएका छन्। सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सहभागी हुँदै महामन्त्री पौडेलले उक्त प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्न दललाई निर्देशन दिएका हुन्। ‘अदालतमा भइरहेको बिचौलिया प्रकरणको छानबिन गर्न संसदीय समिति माग गर्न दललाई पार्टीले निर्देशन दिएको छ,’ पौडेलले भने, ‘पार्टीका तर्फबाट दलको बैठकमा मैले त्यस्तो निर्देशन दिएको हुँ।’ महामन्त्री पौडेलले मिडिया हाउसमा पुगेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिने तथा कर्मचारीलाई पक्राउ गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्‍याउने घटनाबारे पनि संसद्मा छलफल हुनुपर्ने बताएका छन्। उनले अदालतको बिचौलिया प्रकरणसहित पछिल्ला घटनाक्रमबारे छलफल गर्न तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्नसमेत संसदीय दललाई निर्देशन दिएको जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा
Latest NewsJust now

यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा

काठमाडौँ, कात्तिक १६ गते । पुरुष यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेक... ...

गोरखापत्र
ट्रयाक खुलेको २६ वर्षपछि सिंधुवा–आहाले चार किलोमिटर कालोपत्र हुँदै
Latest NewsJust now

ट्रयाक खुलेको २६ वर्षपछि सिंधुवा–आहाले चार किलोमिटर कालोपत्र हुँदै

धनकुटाको सिंधुवाबाट महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर जोड्ने १२ किलोमिटर सडकमध्ये चार किलोमिटर खण्डका लागि ११ करोड ९ लाख रुपैयाँको ठेक्का लागेको छ। ...

कान्तिपुर
काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै
Latest NewsJust now

काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर कर्णाली याक्सलाई ब्याटिङका लागि बोलाएका हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play