काठमाडौं । इजरायलमा विपक्षी नेता गादी आइजेनकोट इजरायलको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ। राष्ट्रपति इसाक हर्जोगले अर्को सरकार गठनका लागि उनलाई रोजेका हुन्। आइजेनकोटलाई सरकार गठन गर्न ६ हप्ताको समय हुनेछ। यस अवधिमा उनले अन्य दलसँग मिलेर संसद्मा बहुमत प्रमाणित गर्नुपर्नेछ। सरकार गठन गर्न ६१ सांसदको समर्थन चाहिन्छ। गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन छ। प्रधानमन्त्री बेन्जामिन नेतुन्याहुलाई केवल ४६ सांसदको समर्थन छ, जुन बहुमतभन्दा धेरै कम हो। त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठन गर्ने पहिलो मौका दिएनन्। आइजेनकोटलाई चार यहुदी दल र दुई अरब दलसहित ६ पार्टीका ६७ सांसदको समर्थन छ। चार यहुदी दलसँग कुल ४८ सिट छन् भने दुई अरब दलसँग १९ सिट छन्। सबैभन्दा ठुलो चुनौती के हो भने यी ६ पार्टीमध्ये ३ यहुदी दल अरब दलसँग मिलेर सरकार बनाउन इच्छुक छैनन्। आइजेनकोटले पनि चुनावअघि अरब दललाई सरकारमा समावेश गर्न अस्वीकार गरेका थिए। यद्यपि अरब दलहरूले नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटलाई समर्थन गरिएको बताएका छन्।
इजरायलमा नेतन्याहुलाई पन्छाएर विपक्षी आइजेनकोटलाई प्रधानमन्त्री बन्ने अनुमति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



(1).jpg)


