Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

आफ्नो ‘सुपर नेटवर्क’ मा कुन मोबाइल नेटवर्क जोडिएका छन् भन्नेबारे गुगल मौन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आफ्नो ‘सुपर नेटवर्क’ मा कुन मोबाइल नेटवर्क जोडिएका छन् भन्नेबारे गुगल मौन
Photo / Coverage: टेक्नोलोजी खबर

गुगल फाइ वायरलेसले आफ्ना धेरै ग्राहकले अब दुईवटा मोबाइल नेटवर्कबीच स्विच गर्न सक्ने सुविधालाई प्रमुखताका साथ प्रचार गरिरहेको छ। तर, ती नेटवर्क कुन कम्पनीका हुन् भन्ने जानकारी दिन भने गुगलले आनाकानी गरेको छ। अमेरिकाको मोबाइल भर्चुअल नेटवर्क अपरेटर (एमभीएनओ) गुगल फाइ वायरलेसले यसै साता आफ्नो नयाँ ‘सुपर नेटवर्क’ सेवा सुरु गरेको घोषणा गरेको छ। यस सेवाले प्रयोगकर्तालाई दुईवटा घरेलु 5G मोबाइल नेटवर्क र असंख्य वाइफाइ नेटवर्कबीच स्वतः स्विच गर्न सुविधा दिन्छ। विशेषगरी पिक्सेल ९ वा त्यसपछिका स्मार्टफोन प्रयोग गर्ने सबै योजनाका ग्राहकले आवश्यकताअनुसार वास्तविक समयमै एउटा मोबाइल नेटवर्कबाट अर्कोमा स्विच गर्न सक्नेछन्। गुगल फाइले भनेको छ, “यदि तपाईंको मुख्य कनेक्सन बन्द भयो भने गुगल फाइले तपाईंलाई दोस्रो डेटा कनेक्सनमा सार्छ, जसले गर्दा तपाईंले बलियो र भरपर्दो नेटवर्क सिग्नल पाउन सक्नुहुन्छ। यसले राजमार्ग, ग्रामीण सडक तथा अन्य स्थानमा नेटवर्क नपुग्ने समस्या कम गर्छ।” त्यसैगरी ‘वाइफाइ अटो कनेक्ट प्लस’ सुविधामार्फत प्रयोगकर्ताले उत्तर अमेरिकाका विभिन्न स्थान र अन्य क्षेत्रहरूमा पनि सहज रूपमा वाइफाइमा जोडिन सक्नेछन्। यसका लागि सेटिङ मिलाउने वा पटक-पटक लगइन गर्नुपर्ने छैन। यो सुविधा सबै पिक्सेल प्रयोगकर्ताका लागि उपलब्ध छ भने छिट्टै केही सामसङ र मोटोरोला उपकरणमा पनि उपलब्ध गराइनेछ। टेलिकम्स डटकमका अनुसार यी सबै सुविधा गुगल फाइका ग्राहकका लागि आकर्षक देखिन्छन्। तर, यस सेवासँग सम्बन्धित केही महत्त्वपूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन। विशेषगरी, यसमा जोडिएका मोबाइल नेटवर्क प्रदायक कम्पनीहरूको पहिचान खुलाइएको छैन। सन् २०१५ मा गुगलले ‘प्रोजेक्ट फाइ’ नामबाट यो सेवा सुरु गरेको थियो। पछि यसको नाम गुगल फाइ र त्यसपछि गुगल फाइ वायरलेस राखिएको थियो। सुरुवातमा गुगलले यसलाई भरपर्दो कनेक्टिभिटीका लागि नयाँ समाधानका रूपमा प्रस्तुत गरेको थियो। प्रयोगकर्ताको स्थानमा उपलब्ध सबैभन्दा तीव्र नेटवर्क, चाहे त्यो फोरजी एलटीई होस् वा वाइफाइ, त्यसमा स्वतः जोडिने क्षमतालाई कम्पनीले प्रमुख विशेषताका रूपमा प्रचार गरेको थियो। त्यतिबेला गुगलका दुई नेटवर्क साझेदार थिए– टी-मोबाइल यूएस र स्प्रिन्ट। सेवा सुरु गर्ने घोषणामै गुगलले ती कम्पनीको नाम सार्वजनिक गरेको थियो। सन् २०२० मा स्प्रिन्ट टी-मोबाइल यूएसमा गाभिएपछि टी-मोबाइल गुगल फाइको एकमात्र नेटवर्क साझेदार बनेको थियो। तर, अहिले गुगल फाइसँग अर्को नेटवर्क साझेदार पनि थपिएको स्पष्ट देखिन्छ। गुगलले भेरिजोन वा एटी एन्ड टीमध्ये कुनै एकलाई आफ्नो नेटवर्कमा समावेश गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ। तर, सार्वजनिक रूपमा उपलब्ध जानकारी खोज्दा पनि कुन कम्पनी जोडिएको हो भन्ने स्पष्ट हुन सकेको छैन। ‘आर्स टेक्निका’ ले पनि यही प्रश्नसहित गुगलसँग सम्पर्क गरेको थियो। तर, कम्पनीका प्रवक्ताले यसको जवाफ दिन अस्वीकार गरे। उक्त सञ्चारमाध्यमले नेटवर्क कभरेज नक्साका आधारमा गुगल फाइको नयाँ साझेदार भेरिजोन हुन सक्ने अनुमान गरेको छ। तर, यसको पुष्टि हुन सकेको छैन। अर्कोतर्फ, गुगल फाइले टी-मोबाइल यूएसको नाम उल्लेख गर्न पनि छाडेको देखिन्छ। यी दुई कम्पनीबीचको साझेदारी गोप्य रूपमा अन्त्य भएको सम्भावना कम देखिए पनि यसको पूर्ण पुष्टि हुन सकेको छैन। गुगल फाइले आफ्नो सेवाको प्रचार गर्दा नेटवर्क प्रदायक कम्पनीको नामभन्दा आफ्नै ब्रान्डलाई अगाडि राख्न खोजेको हुन सक्ने अनुमान गरिएको छ। कम्पनीले ग्राहकमाझ सेवा सञ्चालन गर्ने प्रमुख ब्रान्डका रूपमा आफूलाई स्थापित गर्न चाहेको देखिन्छ। गुगलले यो सेवासम्बन्धी अन्य विवरण पनि सार्वजनिक गर्ने गरेको छैन। कम्पनीले आफ्ना ग्राहकको संख्या सार्वजनिक गरेको छैन। यद्यपि, इन्टरनेटमा उपलब्ध विभिन्न जानकारीका आधारमा यसको प्रयोगकर्ता संख्या केही लाखभन्दा बढी अर्थात् केही मिलियनको हाराहारीमा हुन सक्ने अनुमान गरिएको छ। प्रयोगकर्ता संख्या जे भए पनि गुगल आफ्नो ग्राहक आधार विस्तार गर्न चाहन्छ। नयाँ ग्राहकलाई आकर्षित गर्न कम्पनीले आफ्ना उच्च मूल्यका स्मार्टफोनमा ठूलो छुट उपलब्ध गराइरहेको छ। पिक्सेल स्मार्टफोन प्रयोग गरिरहेका तर गुगल फाइका ग्राहक नभएकाहरूलाई पनि सेवा प्रयोग गर्दा हुने बचतबारे प्रचार गरिरहेको छ। आधारभूत मोबाइल नेटवर्क प्रदायक कम्पनीहरूको पहिचान ग्राहकका लागि महत्त्वपूर्ण नभएको अवस्थामा अमेरिकी प्रयोगकर्ताले यस सेवाबाट राम्रो सुविधा र लाभ पाउन सक्ने देखिन्छ। The post आफ्नो ‘सुपर नेटवर्क’ मा कुन मोबाइल नेटवर्क जोडिएका छन् भन्नेबारे गुगल मौन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार
TechnologyJust now

तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले समुद्र तटका तस्बिर विश्लेषण गरी सम्भावित रिप करेन्ट (समुद्रको पानी तीव्र गतिमा समुद्रतर्फ फर्कने धार) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल उपकरण विकास गरेका छन्। अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सले बुधबार जारी गरेको विज्ञप्तिअनुसार, ‘रिप आय’ नामक उक्त परियोजनाअन्तर्गत विकसित उपकरणले समुद्रको सतह र छालको अवस्थासम्बन्धी तस्बिर विश्लेषण गरी केही सेकेन्डमै सम्भावित खतरनाक धार पहिचान ...

टेक्नोलोजी खबर
एनभिडियाका सीईओसँग जोडिएको विवादमा अमेरिकी अनुसन्धानलाई सहयोग गर्ने मेगास्पिडको प्रतिबद्धता
TechnologyJust now

एनभिडियाका सीईओसँग जोडिएको विवादमा अमेरिकी अनुसन्धानलाई सहयोग गर्ने मेगास्पिडको प्रतिबद्धता

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएको विवादको केन्द्रमा रहेको सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी ‘मेगास्पिड’ले अमेरिकी राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमबारे भइरहेको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। एनभिडियाका सीईओ हुआङले चीनकी एक महिलासँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेपछि मेगास्पिड इन्टरनेसनलले बिहीबार पहिलो पटक यस विषयमा सार्वजनिक धारणा व्यक्त गरेको हो। ती महिला कम्पनीकी पूर्व उच्च ...

टेक्नोलोजी खबर
आईफोन डुओका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज गरिएको एप्पलको भनाइ
TechnologyJust now

आईफोन डुओका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज गरिएको एप्पलको भनाइ

एप्पलको फोल्डेबल स्मार्टफोन आईफोन डुओ बजारमा आएको करिब दुई साता भएको छ। यस अवधिमा उक्त फोनका लागि एपको उपलब्धता चर्चाको विषय बनेको छ। एप्पलले अहिले एप स्टोरमा आईफोन डुओका लागि एक लाखभन्दा बढी एप तयार भइसकेको जनाएको छ। कम्पनीका अनुसार प्रत्येक दिन हजारौँ नयाँ अप्टिमाइज गरिएका एप थपिँदै छन्। एप्पलकी विश्वव्यापी डेभलपर सम्बन्ध विभागकी उपाध्यक्ष सुसान प्रेस्कटले डेभलपरहरूले नयाँ फोनलाई तीव्र ...

टेक्नोलोजी खबर
१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित नयाँ बजेट फोन ‘भिभो भिभो वाई६के’ सार्वजनिक
TechnologyJust now

१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित नयाँ बजेट फोन ‘भिभो भिभो वाई६के’ सार्वजनिक

भिभोले आफ्नो पछिल्लो स्मार्टफोनको रूपमा ‘भिभो वाई६के’ सार्वजनिक गरेको छ। यस डिभाइसमा १२० हर्जको डिस्प्ले र ६५०० एमएएचको ब्याट्री दिइएको छ। यो मिडियाटेक डाइमेन्सिटी ६३०० चिपसेटद्वारा सञ्चालित छ र यसमा एन्ड्रोइड १६ प्रि-इन्स्टल गरिएको छ। फोनमा १३ मेगापिक्सेलको क्यामरा छ र यसले फास्ट चार्जिङलाई समर्थन गर्छ। यसलाई कम्पनीको बजेट स्मार्टफोन श्रेणी अन्तर्गत ल्याइएको हो। भिभो वाई६के (Vivo Y6k) कम्पनीको घरेलु बजारमा सार्वजनिक ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play