Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आणविक क्षमता विस्तार गर्न किमको निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

सोल । उत्तर कोरियाली नेता किम जोङ उनले विभिन्न सैन्य प्रयोजनका लागि आणविक हतियार प्रयोग गर्न सक्ने क्षमता विस्तार गर्न निर्देशन दिएका छन् । किमले बुधबार आणविक हतियार अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा यस्तो निर्देशन दिएका हुन् । आणविक हतियार त्याग्न नसकिने बताउँदै आएको प्योङयाङले आफ्नो आणविक नीति थप सुदृढ बनाउने संकेत गरिरहेको छ । सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार किमले आधुनिक युद्धमा सामरिक आणविक हतियारको महत्त्व र शत्रु राष्ट्रसँग सीमा जोडिएको अवस्थालाई ध्यानमा राख्दै विभिन्न सैन्य प्रयोजनमा तिनको प्रयोग गर्न सकिने क्षमता विकास गर्नुपर्ने बताए । किमले आणविक नीतिलाई राज्यको सार्वभौमिकताको प्रमुख आधार बताएका छन् । उनले आफ्नो देशको आणविक क्षमता वास्तविकता बनिसकेको उल्लेख गरे । अमेरिकाले दक्षिण कोरियालाई आणविक शक्तिबाट चल्ने पनडुब्बी प्राप्त गर्न प्रोत्साहित गरिरहेको आरोप पनि उनले लगाए । किमको पछिल्लो अभिव्यक्तिले अमेरिकासँगको आणविक वार्तामा उत्तर कोरियाको दृष्टिकोण परिवर्तन भएको क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले बताए ।उनका अनुसार प्योङयाङले आणविक निःशस्त्रीकरणको सट्टा पारस्परिक आणविक खतरा र हतियार नियन्त्रणमा वार्ता सीमित गर्न खोजेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा उत्तर कोरियासँग ५७ वटा आणविक हतियार रहेको बताएका थिए । दक्षिण कोरियाको अनुमानमा प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार छन् । सन् २०१९ मा हनोई शिखर सम्मेलन कुनै सम्झौताबिना समाप्त भएपछि अमेरिका र उत्तर कोरियाबीचको आणविक वार्ता अवरुद्ध छ । ट्रम्पले किमसँग चौथो भेट गर्ने इच्छा बारम्बार व्यक्त गर्दै आएका छन् । रासस/एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
Latest NewsJust now

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको... ...

रातोपाटी
‘६५ प्रतिशत वाचा पूरा गरेँ, अधुरा योजना सक्न फेरि चुनाव लड्छु’
Latest NewsJust now

‘६५ प्रतिशत वाचा पूरा गरेँ, अधुरा योजना सक्न फेरि चुनाव लड्छु’

विराटनगर । नेपालको ऐतिहासिक, औद्योगिक र राजनीतिक चेतनाको केन्द्र मानिने विराटनगर महानगरपालिकाको नेतृत्व सम्हालेको झन्डै पाँच वर्ष पूरा हुन लाग्दा नगर प्रमुख (मेयर) नागेश कोइरालाको कार्यकालको समीक्षा भइरहेको छ। २०७९ को स्थानीय... ...

रातोपाटी
ट्रान्जिट गन्तव्य बन्दै इटहरी, होटल व्यवसायमा लगानी विस्तार
Latest NewsJust now

ट्रान्जिट गन्तव्य बन्दै इटहरी, होटल व्यवसायमा लगानी विस्तार

सुनसरी, मङ्सिर ११ गते । पूर्वी पहाडी जिल्लाको आवागमन होस वा पूर्व–पश्चिम यात्रा, इटहरी धेरैका लागि विश्राम र बासको सहज गन्तव्य बन्दै गएको छ । यातायातको सहज पहुँच, बढ्दो व्यापारिक ग... ...

गोरखापत्र
एउटा रोचक केस स्टडी : सर्वोच्चले भन्यो- भिडियोबाटै बयान लिनू, दूतावासले जवाफ फर्कायो- सक्दैनौँ; अब के हुन्छ ?
Latest NewsJust now

एउटा रोचक केस स्टडी : सर्वोच्चले भन्यो- भिडियोबाटै बयान लिनू, दूतावासले जवाफ फर्कायो- सक्दैनौँ; अब के हुन्छ ?

सर्वोच्चको आदेशपछि अस्ट्रेलियास्थित दूतावासलाई बयान लिन भनिए पनि आवश्यक पूर्वाधार र कानुनी–कूटनीतिक जटिलताले प्रक्रिया रोकिएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement