Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

आज तिहारको मुख्य दिन भाइटीका, कति बजे छ उत्तम साइत ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज तिहारको मुख्य दिन भाइटीका, कति बजे छ उत्तम साइत ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । आज तिहारको मुख्य दिन भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिने चलन छ। दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय विश्वाससमेत रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको टीका आज दिनभर लगाउन सकिने भए पनि शुभ साइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको अभिजित् मुहूर्त उत्तम रहेको छ। यस वर्ष टीका लगाइदिने व्यक्ति पूर्व र लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। सामान्यतया सप्तरङ्गी टीका लगाउने प्रचलन भए पनि शास्त्रीय मान्यतामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका उल्लेख गरिएको छ । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायतका परिकार दिने गर्छन्। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई कपडा, उपहार र दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ । यसरी धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयतालाई अझ प्रगाढ बनाउँदै पारिवारिक सम्बन्धलाई जीवन्त राख्ने सन्देश दिन्छ। आखिर कसरी सुरु भयो त भाइटीका ? यो पनि जिज्ञासा होला । एउटा पौराणिक कथा छ, मृत्युका राजा यमराज र यमुनाको । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वी लोकमा बस्थिन्। परापूर्व कालमा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएका थिए। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमराज यमुनाको घरमा बसे। यसपछि यमराज खुसी भएर वरदान माग भन्दा यमुनाले संसारका सबै दिदीबहिनीले दाजुभाइलाई टीका लगाऊन् भनेर मागिन् । यसैले तिहारमा आफ्ना दाजुभाइ दीर्घजीवी होऊन् भनेर दुवोको पानी र तेलले घेरेर ओखर फोर्दै सप्तरंगी टीका लगाइदिने चलन छ । यही पौराणिक कथनले भाइटीकाको थालनी भएको देखिन्छ । यसबाहेक विभिन्न स्थान विशेषमा भाइटीका कसरी सुरु भयो भन्ने आ-आफ्नै कथा छ । दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
Latest NewsJust now

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

• आज यमपञ्चकको अन्तिम दिन भाइटीका पर्व मनाइँदै, दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएका छन्। • भाइटीका पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र समृद्धिको कामना गर्दै परम्पराअनुसार टीका, माला र मिठाई प्रदान गर्ने चलन छ। • चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने भएकाले शुभ साइतमा टीका लगाउन बिहान ११ः०७ बजेको समय उत्तम मानिएको छ। ...

नेपालबहस
आजको मौसम पूर्वानुमान : मधेश तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

आजको मौसम पूर्वानुमान : मधेश तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

• मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ, जबकि बाँकी भू-भागमा मौसम सफा रहनेछ। • कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। ...

नेपालबहस
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
Latest NewsJust now

थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

तनहुँ। भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर पछिल्लो समय धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ। अग्लो डाँडाको थुम्कोमा अवस्थित मन्दिरमा पूजा, आराधना र भाकल गर्न तनहुँसहित देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । विशेषगरी वर्षका निश्चित महिनाका मङ्गलबार यहाँ लाग्ने भक्तजनको भीड, फूलको डोली र पञ्चैबाजाको गुञ्जनले बसन्तपुर क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने गरेको छ । थानीमाई मन्दिरमा भक्तजनको आकर्षण ...

नेपालन्युज
भाइटीकाको दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
Latest NewsJust now

भाइटीकाको दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

आज तिहारको मुख्य दिन भाइटीकामा देशका अधिकांश स्थानको मौसम अनुकूल रहने देखिएको छ। मौसम पूर्वानुमानअनुसार दिउँसो तराईका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। ती प्रदेशका केही हिमाली स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, लुम्बिनी, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play