Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

आईपीओको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको रेटिङ घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईपीओको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको रेटिङ घट्यो
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको क्रेडिट रेटिङ घटेको छ । इक्रा नेपालले कम्पनीको इश्युअर रेटिङ ‘आईसीआरए एनपी आईआर बीबी’ बाट घटाएर ‘आईसीआरए एनपी आईआर बीबी माइनस’ कायम गरेको हो ।

कम्पनीको कमजोर पुँजीकरण अवस्था, घट्दो लगानी प्रतिफल र सञ्चालन नाफामा देखिएको चुनौतीका कारण रेटिङ घटेकाे हो ।

कम्पनीको सोल्भेन्सी अनुपात सन् २०२५ जुलाई मध्यसम्म १.५५ गुणा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १.८३ गुणा थियो । यद्यपि, कम्पनीको सोल्भेन्सी अनुपात नियामकीय न्यूनतम् सीमा १.५ गुणाभन्दा माथि रहेको छ । प्रस्तावित २५ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन (आईपीओ) कम्पनीको पूँजीगत अवस्था सुधारका लागि महत्त्वपूर्ण हुने इक्राले जनाएको छ ।

कम्पनीको लगानीबाट प्राप्त प्रतिफल समेत घट्दै गएको छ । आर्थिक वर्ष २०८२/८३ मा लगानी प्रतिफल ५.७ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो प्रतिफल ८.२ प्रतिशत थियो । बैंकको मुद्दती निक्षेपको ब्याजदर घट्नु र लगानीका विकल्प सीमित हुनु कम्पनीको नाफामा दबाब सिर्जना गर्ने प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, कम्पनीको सञ्चालन इतिहास छोटो हुनु र लघु निर्जीवन बीमा क्षेत्रमा प्रतिस्पर्धा बढ्नु पनि चुनौतीका रूपमा औँल्याइएको छ । कम्पनी सन् २०२३ अप्रिलदेखि सञ्चालनमा आएको हो ।

कम्पनीको व्यवसाय मोटर बीमामा बढी केन्द्रित रहेको र विपद्जन्य जोखिम विरुद्ध पर्याप्त पुनर्बीमा सुरक्षा नरहेको विषयलाई पनि इक्राले रेटिङका लागि चुनौती मानेको छ ।

देशभर कम्पनीका २७ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा आर्थिक वर्ष २०८२/८३ मा यस्तो नाफा बढेर करिब ६० लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको कुल सम्पत्ति ७९ करोड ६० लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

इक्राका अनुसार कम्पनीको रेटिङमा सुधार आउन पुनर्बीमा व्यवस्था सुदृढ हुनु, लगानी प्रतिफल बढ्नु, व्यवसायको आकार विस्तार हुनु र पर्याप्त सोल्भेन्सी तथा पुँजीकरण कायम राख्नु आवश्यक छ । अर्कोतर्फ, लगानी प्रतिफल निरन्तर घट्नु वा सोल्भेन्सी अनुपात कमजोर हुनु कम्पनीको रेटिङमा थप दबाब सिर्जना गर्ने जोखिमका रूपमा रहेको छ ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको मुख्य कार्यालय कैलालीको धनगढीमा रहेको छ । कम्पनीले सर्वसाधारणका लागि २५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डमाआवेदन दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आशुतोष इनर्जीले भोलिदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै
Economy & BusinessJust now

आशुतोष इनर्जीले भोलिदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै

काठमाडौं- आशुतोष इनर्जी लिमिटेडले भोलि मंसिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दैछ। कम्पनीले कुल ६ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो। जसमध्ये स्थानीय बासिन्दाका लागि ६ लाख र वैदेशिक रोजगारीमा रहेका ...

आजको अर्थ
सूचनाको हकमार्फत सामाजिक न्याय र जवाफदेहिताको अभियान बनाउन सागर जोशीको माग
Economy & BusinessJust now

सूचनाको हकमार्फत सामाजिक न्याय र जवाफदेहिताको अभियान बनाउन सागर जोशीको माग

काठमाडौँ /सूचनाको हकको प्रभावकारी प्रयोगमार्फत सुशासन, पारदर्शिता र सार्वजनिक जवाफदेहिता स्थापित गर्न अभियान्ता सागर जोशीले सामाजिक अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको ...

अर्थडबली
पावरलिफ्टर मनोज श्रेष्ठलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि शिवम् सिमेन्टको सहयोग
Economy & BusinessJust now

पावरलिफ्टर मनोज श्रेष्ठलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि शिवम् सिमेन्टको सहयोग

काठमाडौं । नेपाली पावरलिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ । पावरलिफ्टिङ क्षेत्रमा सन् २०१७ देखि सक्रिय रहँदै आएका श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । उनको निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणलाई सम्मान ग… ...

आर्थिक न्यूज
पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको सहकार्य
Economy & BusinessJust now

पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको सहकार्य

काठमाण्डु– नेपाली पावरलिफ्टर मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ । सन् २०१७ देखि पावरलिफ्टिङ क्षेत्रमा सक्रिय श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । उनले सन् २०२५ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । त्यस्तै, NYFC […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement