Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । दक्षिण एसियाका जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो । बंगलादेशको ढाकामा शनिबार आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख वित्तीय अधिकृत (सिएफओ) जगत बहादुर बोहरा तथा जोखिम तथा अनुपालन विभाग प्रमुख त्रिलोचन रावतले संंयूक्तरुपमा अवार्ड ग्रहण गर्नुभएको थियो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नवौें वार्षिक प्रतिवेदनका लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा प्रदान गरिने उक्त अवार्ड प्राप्त गरेको हो । साफाले प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाका वार्षिक प्रतिवेदन मूल्याङ्कन गरी उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने संस्थालाई सम्मान गर्दै आएको छ । वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका मापदण्ड पालना गरेको भन्दै साफाले आइएमई लाइफलाई उक्त सम्मान प्रदान गरेको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले यो सम्मान वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनप्रति कम्पनीले राख्दै आएको प्रतिबद्धताकोे मान्यता भएको बताए । कम्पनीले वार्षिक प्रतिवेदनमार्फत आफ्नो वित्तीय अवस्था र कार्यसम्पादनका साथै व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, संस्थागत सुशासन तथा सामाजिक उत्तरदायित्वका गतिविधि पारदर्शी रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ । सरोकारवालालाई कम्पनीका गतिविधि, उपलब्धि र भावी प्राथमिकताबारे विश्वसनीय जानकारी उपलब्ध गराउने उद्देश्यले प्रतिवेदनको गुणस्तर, विश्वसनीयता र प्रस्तुतिमा निरन्तर सुधार गर्दै आएको कम्पनीको भनाइ छ । यसअघि कम्पनीले सोही वार्षिक प्रतिवेदनका आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदनतर्फ तेस्रो पुरस्कार (कांस्य अवार्ड) प्राप्त गरेको थियो । उक्त सम्मानपछि दक्षिण एसियामा पनि सम्मानित हुनुले कम्पनीको प्रतिवेदनको गुणस्तर र पारदर्शितामा अपनाउँदै आएको अभ्यासलाई थप मान्यता दिएको छ । आइएमई समूहअन्तर्गतको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सन् २०१७ देखि जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । Ensuring Future को मर्मअनुरूप देशभरका शाखामार्फत ग्राहकलाई विश्वसनीय बीमा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले पारदर्शिता, सुशासन र जवाफदेहिता कायम राख्दै ग्राहक तथा सरोकारवालाको विश्वास अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । The post आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इरानमा गुणस्तरहीन मदिरा सेवनबाट ३२ जनाको मृत्यु
Latest NewsJust now

इरानमा गुणस्तरहीन मदिरा सेवनबाट ३२ जनाको मृत्यु

इरान। इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि गुणस्तरहीन पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको र सयौँ जना बिरामी परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका जनसम्पर्क प्रमुख होसेन केरमानपोरले शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस अवधिमा देशभरका स्वास्थ्य केन्द्रमा विषालुपनका लक्षणसहित ८६५ जना उपचारका लागि आएको जानकारी दिएका छन्। तीमध्ये ७४६ पुरुष र ११९ महिला छन्। उनका अनुसार ...

नेपालन्युज
चीनका ग्रामीण बस्तीमा एआई प्रतिभा केन्द्र बनाउने पहल
Latest NewsJust now

चीनका ग्रामीण बस्तीमा एआई प्रतिभा केन्द्र बनाउने पहल

चीन। चीनका स्थानीय अधिकारीहरूले कम जनसङ्ख्या भएका ग्रामीण बस्तीलाई कृत्रिम बौद्धिकता (एआई) प्रतिभा केन्द्रका रूपमा विकास गर्न थालेका छन्। सहरको व्यस्त जीवनबाट टाढा शान्त वातावरणमा काम गर्न चाहने प्रविधि क्षेत्रका कर्मचारीलाई आकर्षित गर्ने उद्देश्यले यस्तो पहल गरिएको हो। साङ्घाईको मध्य भागबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको काओजिङ सहरले गत अप्रिलदेखि साना एआई उद्यमलाई अनुदान, निःशुल्क कार्यालय र आवास सुविधा उपलब्ध गराउन ...

नेपालन्युज
हसिनाद्वारा बङ्गलादेश सरकारको आलोचना
Latest NewsJust now

हसिनाद्वारा बङ्गलादेश सरकारको आलोचना

नयाँदिल्ली। बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउँदै सरकारको आलोचना गरेकी छन्। सन् १९७१ मा स्वतन्त्रता प्राप्त नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने उनको भनाइ छ। अवामी लिगको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै हसिनाले हिरासतमा रहेका व्यक्तिलाई यातना दिइएको, उपचारबाट वञ्चित गरिएको र परिवारलाई जानकारी नदिई हत्या ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement