Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

असोजमा भित्रियो २ खर्ब ६७ अर्ब रेमिट्यान्स, बन्यो नयाँ रेकर्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
असोजमा भित्रियो २ खर्ब ६७ अर्ब रेमिट्यान्स, बन्यो नयाँ रेकर्ड
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको हालसम्मकै सबैभन्दा ठूलो रेमिट्यान्स रकम हो । यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । असोजमा चाडपर्वका कारण विदेशमा रहेका नेपालीले स्वदेशमा बढी रकम पठाएको र रसुवामा आएको बाढीले समेत रेमिट्यान्स आप्रवाह बढाउन भूमिका खेलेको बताइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । गत भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो आर्थिक वर्षको असोजमा भने २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो । यस वर्षको असोजमा मात्रै गत वर्षको सोही महिनाको तुलनामा रेमिट्यान्स आप्रवाह उल्लेख्य बढेको देखिन्छ । अमेरिकी डलरमा हिसाब गर्दा चालु आर्थिक वर्षको असोजसम्म रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । यसैबीच, चालु आर्थिक वर्षको असोजसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८ सय ७९ रहेको छ । यसमा संस्थागत तथा व्यक्तिगत दुवै माध्यमबाट नयाँ श्रम स्वीकृति लिनेहरू समावेश छन् । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३ सय ६९ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार ४ सय ५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २ सय ५७ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओली, देउवा र दाहालभन्दा कति फरक छ बालेनको भारत भ्रमण ?
Latest NewsJust now

ओली, देउवा र दाहालभन्दा कति फरक छ बालेनको भारत भ्रमण ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाँदैछन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा छिमेकी मुलकको राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री शाहको भ्रमण योभन्दा... ...

रातोपाटी
मधेसलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाएका छौँ : मन्त्री लम्साल
Latest NewsJust now

मधेसलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाएका छौँ : मन्त्री लम्साल

जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधाममा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अन्य प्रदेशको तुलनामा मधेसमा बढी बजेट विनियोजन गरिएको जानकारी […] ...

लोकपथ
केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छ : अध्यक्ष याङ्ग वानमिङ्ग
Latest NewsJust now

केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छ : अध्यक्ष याङ्ग वानमिङ्ग

भक्तपुर । छिमेकी मित्रराष्ट्र चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको... ...

रातोपाटी
सुदन किरातीले बालेनलाई भने- सरकार बलियो भएर के गर्नु देश हार्दैछ
Latest NewsJust now

सुदन किरातीले बालेनलाई भने- सरकार बलियो भएर के गर्नु देश हार्दैछ

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले वाालेन्द्र शाह नेतृत्वको सरकार बलियो भएपनि देश कमजोर हुँदै गएको टिप्पणी गरेका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका बालेनले देशलाई कमजोर बनाएर शक्तिशाली सरकार चलाइरहेको किरातीको भनाइ छ।  धनकुटाको साँगुरीगढी गाउँकमिटीले आयोजना गरेको हातेमालो कार्यक्रममा बोल्दै उनले यसअघिका प्रधानमन्त्र... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play