Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी अदालतमा नरेशको बयान– छोरी जन्मिएपछि ममताको व्यवहार बदलिएको थियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी अदालतमा नरेशको बयान– छोरी जन्मिएपछि ममताको व्यवहार बदलिएको थियो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या गरेको अभियोग लागेका उनका श्रीमान् नरेश भट्टले अदालतमा बयान दिँदै छोरी जन्मिएपछि ममताको व्यवहार परिवर्तन भएको दाबी गरेका छन् । उनले आफूले घरायसी कामको अधिकांश जिम्मेवारी सम्हाल्ने गरेको र ममताले आफूलाई नियन्त्रण गर्ने गरेको आरोपसमेत लगाएका छन् । ३९ वर्षीय नरेशमाथि २८ वर्षीया श्रीमती ममताको हत्या तथा शवको अपमान गरेको अभियोग छ । सरकारी वकिलका अनुसार ममताको सन् २०२४ जुलाई ३० आसपास हत्या भएको विश्वास गरिएको छ । तर, उनी बेपत्ता भएको औपचारिक जानकारी सहकर्मीहरूले चिन्ता व्यक्त गरेपछि केही दिन बितेर मात्रै प्रहरीलाई दिइएको थियो । नोभेम्बर ४ मा अदालतमा बयान दिएका नरेशले आफ्नो बाल्यकाल भारत र नेपालमा कठिन परिस्थितिमा बितेको बताएका छन् । अमेरिका पुगेपछि अंग्रेजी भाषा सिक्न आफूले अनावश्यक फोन कल गर्नेहरूसँग समेत कुराकानी गर्ने गरेको उनले सुनाए । अमेरिका पुगेपछि अमेरिकी सेनामा भर्ती भएका नरेशले सेनामा आबद्ध भएपछि अमेरिकी नागरिकता पाएको बताए । आधारभूत सैन्य तालिम पूरा गरेपछि आफू रिजर्भ फोर्समा गएको उनको भनाइ थियो । नरेशका अनुसार सन् २०१९ को अन्त्य वा २०२० को सुरुवाततिर सामाजिक सञ्जालमार्फत ममतासँग उनको चिनजान भएको थियो । त्यतिबेला आफू अर्कै महिलासँग विवाह गर्ने तयारीमा रहेको उनले अदालतमा बताए । उक्त सम्बन्ध टुटेपछि ममतासँग प्रेम सम्बन्ध अघि बढाएको र पहिलो कुराकानी भएको एक–दुई सातामै विवाहको योजना बनाएको उनको भनाइ थियो । विवाहपछि ममता अमेरिका पुगेकी थिइन् । त्यसपछि पनि घरायसी कामको अधिकांश जिम्मेवारी आफूले नै सम्हाल्ने गरेको नरेशले बताए । घर सफा गर्ने, भान्साबाहेकका काम गर्ने, लुगा धुने तथा घरको बिमा र कागजी प्रक्रिया मिलाउने काम आफूले गर्ने गरेको उनको दाबी छ । नरेशका वकिल ट्रेसी लेनोक्सले घरमा ममताको जिम्मेवारी के थियो भनेर सोध्दा उनले ‘मलाई नियन्त्रण गर्नु’ भन्ने जवाफ दिएका थिए । त्यसपछि ममताले खाना पकाउने गरेको पनि उनले बताए । सन् २०२३ अगस्टमा छोरी जन्मिएपछि ममताको व्यवहारमा परिवर्तन आएको नरेशको दाबी छ । पहिले रमाइलो मान्ने कुरामा पनि उनी हाँस्न छाडेको र सामान्य विषयमा समेत रिसाउने गरेको उनले बताए । बत्ती छिटो बाल्दा वा आफूले ठूलो स्वरमा खोक्दा समेत ममताले विवाद गर्ने गरेको उनको भनाइ थियो । वैवाहिक सम्बन्धमा तनाव र झगडा बढ्दै गएको स्वीकार गरे पनि नरेशले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरे । ‘हाम्रो पारिवारिक संस्कारमा त्यस्तो छैन । मैले परिवारमा कसैले शारीरिक हिंसा गरेको देखेको छैन । म त्यस्तो व्यक्ति होइन,’ उनले अदालतमा भने । ममता बेपत्ता हुनुअघिका महिनामा उनको मानसिक स्वास्थ्यमा समस्या रहेको हुन सक्ने नरेशले बताएका छन् । त्यसबेला आफूले उनको अवस्थाबारे गहिरिएर ध्यान दिन नसकेको पनि उनले स्वीकार गरेका छन् । ‘त्यतिबेला के भइरहेको थियो भन्ने कुरामा मैले गहिरिएर ध्यान दिइनँ । अहिले पछाडि फर्केर हेर्दा मैले ती क्षणमा केही परिवर्तन गर्नुपर्ने रहेछ भन्ने बुझ्छु,’ उनले भने । सरकारी वकिलले सोमबार आफ्नो पक्षको प्रमाण प्रस्तुत गर्ने काम पूरा गरेका थिए । १३ दिनसम्म चलेको सुनुवाइका क्रममा ममता अन्तिमपटक जीवित देखिएको समयपछि नरेशले पञ्जा, एयर फ्रेसनर र सरसफाइका सामग्री खरिद गरेको सीसीटीभी फुटेज अदालतमा प्रस्तुत गरिएको थियो । ममताको शव अहिलेसम्म फेला परेको छैन । तर, उनको बेपत्तापछि नरेशले एक ल्यान्डस्केपिङ कामदारलाई दिएको रेसिप्रोकेटिङ स (काट्ने उपकरण) को भित्री भागमा ममताको डीएनए भेटिएको सरकारी वकिलले बताएका छन् । अभियोजन पक्षले उक्त उपकरण शव टुक्र्याएर व्यवस्थापन गर्न प्रयोग गरिएको हुन सक्ने दाबी गरेको छ । नरेशले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । अदालतमा सुनुवाइ जारी छ र मुद्दाको अन्तिम फैसला आउन बाँकी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

• रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा आर्थिक सहयोग जुटिरहेको छ। • आज बिहान ९ः०० बजेसम्म कोषका विभिन्न खातामा १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँको मौज्दात रहेको छ। • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ रुपैयाँ र डलर खातामा ...

नेपालबहस
सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध परेका १३ उजुरी खोल्दै सुनुवाइ समिति
Latest NewsJust now

सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध परेका १३ उजुरी खोल्दै सुनुवाइ समिति

• संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका चार न्यायधीशविरुद्धको उजुरीको अनुसन्धान सुरु गर्ने निर्णय गरेको छ। • समितिको बैठक बिहीबार आयोजना हुनेछ, जहाँ उजुरीहरू खोल्ने र वितरण गर्ने कार्य हुनेछ। • उजुरीहरू सामूहिक र व्यक्तिगत दुवै प्रकारका छन्, जुन कात्तिक ९ गते आह्वान गरिएको थियो। ...

नेपालबहस
सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार
Latest NewsJust now

सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार

शेरबहादुर सार्कीबाजुरा, कात्तिक १९ गते । बाजुरामा स्वास्थ्यमा जटिल समस्या देखिएकी एक सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।जिल्ला प्रशासन कार्यालय बाजुराको... ...

गोरखापत्र
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ट्रक चालक फरार
Latest NewsJust now

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ट्रक चालक फरार

सिराहामा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।   सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा बिहीबार बिहान १० बजेतिर ना.१ घ.५५३ नम्बरको ट्रकले स.९ प.७६५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।  मृतक दुवैको पहिचान खुलेको छैन।  चौहर्वाबाट सिरहातर्फ जाँदै गर... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play