Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ । अमेरिकी यातायात मन्त्रीका अनुसार दुर्घटना पाम बीच काउन्टीको धनी आवासीय क्षेत्र क्रेस्टहेभननजिकै स्थानीय समयअनुसार दिउँसो करिब १२ः५० बजे भएको हो । यो स्थान राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट मार–ए–लागोबाट करिब १४ किलोमिटर टाढा पर्छ । दुर्घटनास्थलका तस्बिरमा आवासीय सडकमा ठूलो खाल्डो परेको र त्यहाँ आगोको ज्वालासँगै लियरजेट ६० विमानका टुक्रा छरिएको देखिन्छ । अमरिकाको संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार उक्त विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको अपुष्ट भिडियोमा उपनगरीय आवासीय सडकमा गाडीहरू गुडिरहेका बेला विमान लगभग ठाडो रूपमा जमिनमा खसेर ठूलो आगोको गोलामा परिणत भएको देखिन्छ । फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले दुर्घटनापछि आयोजित पत्रकार सम्मेलनमा दृश्य निकै भयावह रहेको बताए । विमानमा को–को सवार थिए भन्ने अझै स्पष्ट भएको छैन । दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्ति हताहत भएको विवरण प्राप्त नभएको गभर्नर डिसान्टिसले बताए । यातायात मन्त्री शोन डफीले घटनालाई भयावह त्रासदी भन्दै एफएएले राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)को अनुसन्धानमा सहयोग गर्न टोली दुर्घटनास्थल पठाउन लागेको जानकारी दिए । बीबीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित
Latest NewsJust now

दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित

काठमाडौं । दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) सम्पन्न भएको छ । अक्टोबर ३० देखि काठमाडौंस्थित रुसी हाउसमा आयोजित महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना... ...

रातोपाटी
स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)
Latest NewsJust now

स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)

हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फ... ...

गोरखापत्र
धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ
Latest NewsJust now

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी, कात्तिक १६ गते । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play