Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अब ‘स्वस्थ मासु’ छापबिना मासु बेच्न नपाइने, उपत्यकामा आजदेखि नयाँ नियम लागू

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब ‘स्वस्थ मासु’ छापबिना मासु बेच्न नपाइने, उपत्यकामा आजदेखि नयाँ नियम लागू
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौं उपत्यकामा अब पशु स्वास्थ्य परीक्षण र गुणस्तर प्रमाणीकरणबिना मासु बिक्री गर्न नपाइने भएको छ । लामो समयदेखि कार्यान्वयनमा आउन नसकेको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ आजदेखि उपत्यकाका २१ वटै स्थानीय तहमा लागू भएको छ । ऐन जारी भएको २८ वर्षपछि सरकारले पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरका दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिकामा यसको कार्यान्वयन सुरु गरेको हो । नयाँ व्यवस्थाअनुसार अब पशु वध गर्नुअघि अनिवार्य रूपमा पशु चिकित्सक वा प्राविधिकबाट स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । स्वास्थ्य परीक्षणबाट खानयोग्य प्रमाणित भएका पशुपन्छीको मासुमा निरीक्षकले ‘स्वस्थ मासु’ लेखिएको आधिकारिक छाप लगाएपछि मात्रै बजारमा बिक्री गर्न पाइनेछ । स्वास्थ्य परीक्षण नगरिएको वा आधिकारिक छाप नलगाइएको मासु बिक्री तथा वितरण गर्न प्रतिबन्ध लगाइएको छ । ऐनले रोगी तथा मरेका खसी, बोका, भेडा, च्याङ्ग्रा, सुँगुर, बंगुर, भैंसी, बँदेल, खरायो, कुखुरा र हाँसलगायत पशुपन्छीको मासु बिक्रीमा समेत रोक लगाएको छ । त्यसैगरी, एउटा प्रजातिको मासुमा अर्को प्रजातिको मासु मिसाउन तथा मासुको प्राकृतिक गुण, स्वाद र तौल परिवर्तन गर्ने रसायन वा अन्य पदार्थ प्रयोग गर्न पनि पाइने छैन । मासु पसल तथा वधशाला सञ्चालन गर्न चाहने व्यवसायीले सम्बन्धित सरकारी निकायबाट अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । २४० मासु निरीक्षक परिचालन ऐन कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा प्रशासनिक तथा प्राविधिक संयन्त्र परिचालन गरेको छ । पशु सेवा विभागका अनुसार उपत्यकामा २४० जना दक्ष मासु निरीक्षक खटाइएको छ भने अनुगमन तथा प्राविधिक सहजीकरणका लागि १२ वटा विशेष कार्यदल गठन गरिएको छ । अनुगमन र नियमनका लागि काठमाडौं र ललितपुरमा तीन–तीन जना तथा भक्तपुरमा दुई जना सहसचिवस्तरका अधिकारी परिचालन गरिएको छ । त्यस्तै, २१ वटै स्थानीय तहमा उपसचिवको नेतृत्वमा दुई जना पशु चिकित्सकसहितको कार्यदल गठन गरिएको छ । ती कार्यदलले मासु व्यवसायीलाई नयाँ कानुनी व्यवस्थाबारे जानकारी तथा अभिमुखीकरणसमेत गराएका छन् । मंगलबार काठमाडौंको भ्याली कोल्डस्टोर र भक्तपुरको वधशालाबाट मासुमा ‘स्वस्थ’ छाप लगाउने कार्यको औपचारिक सुरुवात गरिएको छ । नियम उल्लंघन गरे तीन महिनासम्म कैद नयाँ व्यवस्था उल्लंघन गरी इजाजतपत्रबिना वधशाला सञ्चालन गर्ने, अस्वस्थ मासु बिक्री गर्ने वा आधिकारिक छापबिना मासु बेच्ने व्यवसायीलाई पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना, एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । यसैबीच सरकारले कानुनी सजाय थप कडा बनाउन ‘पशु वधशाला तथा मासु जाँच (पहिलो संशोधन) विधेयक, २०८२’ अघि बढाएको छ । प्रस्तावित संशोधनमा जरिवाना १० गुणासम्म बढाउने र माछालाई समेत कानुनी दायरामा समेट्ने व्यवस्था प्रस्ताव गरिएको छ । तीन चरणमा देशभर लागू हुँदै सरकारले गत भदौ १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनको तीन चरणको कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिकाअनुसार पहिलो चरणमा २०८३ मंसिर १ गतेदेखि काठमाडौं उपत्यकाका २१ वटै स्थानीय तहमा ऐन लागू भएको हो । दोस्रो चरणमा २०८३ माघ १ गतेदेखि उपत्यकाबाहिरका सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा लागू गरिनेछ । तेस्रो चरणमा २०८४ साउन १ गतेदेखि देशभरका गाउँपालिकामा समेत कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ । आधुनिक वधशाला तथा आवश्यक पूर्वाधारको अभावलाई ऐन कार्यान्वयनको प्रमुख चुनौतीका रूपमा हेरिएको छ । यद्यपि, आधुनिक वधशाला निर्माण नभएसम्म मासु सुपरिवेक्षकले तोकेको स्थानमा पशु वध गर्ने व्यवस्था मिलाएर भए पनि ऐन कार्यान्वयन गरिने पशु सेवा विभागले जनाएको छ । ऐन पूर्ण रूपमा कार्यान्वयनमा आएपछि पशु वधदेखि बजारमा मासु बिक्री हुने अवस्थासम्म स्वास्थ्य परीक्षण र गुणस्तर नियन्त्रण अनिवार्य हुनेछ । यसबाट उपभोक्ताले स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चलचित्र 'पच्चीस पच्चीस' को कलाकारको लाइनअप पूरा, छायांकनमा जाँदै
Latest NewsJust now

चलचित्र 'पच्चीस पच्चीस' को कलाकारको लाइनअप पूरा, छायांकनमा जाँदै

• चलचित्र 'पच्चीस पच्चीस' को कलाकारको लाइनअप पूरा भएको छ र छायांकन छिट्टै सुरु हुने तयारीमा छ। • दार्जिलिङका चर्चित कमेडियन 'भक्ते भाइ' यो चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन्। • चलचित्र सामाजिक-कमेडी विधामा हुनेछ र यसको निर्देशन सुब्रत आचार्यले गरेका छन्। ...

नेपालबहस
स्थानीय तह चुनावको मिति घोषणा नहुँदै मैदानमा प्रमुख दल
Latest NewsJust now

स्थानीय तह चुनावको मिति घोषणा नहुँदै मैदानमा प्रमुख दल

काठमाडौँ । निर्वाचन आयोगले आगामी चैतभित्रै ७५३ स्थानीय तहको निर्वाचन गर्ने गरी आन्तरिक तयारी अघि बढाएको छ । त्यसका लागि आयोगले मंसिर ४ गते राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेर... ...

रातोपाटी
एपेक सम्मेलनका लागि सेन्जेन तयार : सवारीसाधनको हर्नदेखि डेलिभरी ड्रोनसम्म प्रतिबन्धित
Latest NewsJust now

एपेक सम्मेलनका लागि सेन्जेन तयार : सवारीसाधनको हर्नदेखि डेलिभरी ड्रोनसम्म प्रतिबन्धित

कुनै समय सेन्जेन पिछडिएको कृषि क्षेत्र मानिन्थ्यो । तर अहिले उसले अत्याधुनिक टेक शहरका रुपमा आफ्नो रुपान्तरणलाई विश्वसामु प्रदर्शन गर्दैछ ...

कान्तिपुर
‘मोडस अपरेन्डी अफ बालेनिजम’
Latest NewsJust now

‘मोडस अपरेन्डी अफ बालेनिजम’

सरकार परिवर्तन हुनु र शासनको चरित्र परिवर्तन हुनु एउटै कुरा होइन । निर्वाचनले नयाँ नेतृत्वलाई सत्ता सुम्पन सक्छ, पुरानो राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्न सक्छ र राज्य सञ्चालनमा नयाँ गति... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play